२१ मंसिर २०७९, बुधवार
लावण्य/साँखु । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गरेसँगै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार स्वीट्जरल्यान्डलाई हराएसँगै पोर्चुगल क्वार्टरफाइनल पुग्ने अन्तिम टिम बन्यो । त्यसअघि सन् २०१० को विजेता स्पेनलाई हराएर मोरोक्को जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने सातौं र एकमात्र अफ्रिकी राष्ट्र बनेको थियो ।
क्वार्टरफाइनलमा युरोपका पाँच टिमले स्थान बनाए । दक्षिण अमेरिकाबाट दुई र अफ्रिकाबाट एक टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अन्तिम–१६ मा एसियाका तीन राष्ट्रले स्थान बनाए पनि क्वार्टरफाइनलमा भने कुनै पनि टिम पुग्न सकेनन् ।
क्वार्टरफाइनल पुग्ने आठ टिम
जारी विश्वकपको २२औं संस्करणमा नेदरल्यान्ड्स, अर्जेन्टिना, क्रोएसिया, ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड, मोरोक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाए ।
नेदरल्यान्ड्सले अन्तिम–१६ को खेलमा अमेरिकालाई ३–१ ले र अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो ।
क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदा ब्राजिलले दक्षिण कोरियामाथि ४–१ को सहज जितसँगै क्वार्टरफाइनलको यात्रा तय गर्यो ।
0 Comments
Thanks for your concerns