रियो दि जेनेरियो : कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहान भएको फाइनलमा घरेलु टिम ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो ।
योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना पूरा भएको छ ।
उनले बार्सिलोनाबाट दर्जनौँ पटक ट्रफी जिते पनि मुलुकलाई ठुलो उपाधि दिलाउन सकेका थिएनन् ।
समाचार स्रोत अन्नपूर्ण पोष्ट डटकमबाट
0 Comments
Thanks for your concerns