२०७९ बैशाख २२ गते
– सहन श्रेष्ठ –
लावण्य/साँखु । नेपाली कांग्रेसले पोर्टीका बागी उमेदवारलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उमेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न सूचना दिदाँ पनि अटेरी गरेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिएका छन् ।
कांग्रेसले पार्टीका आधिकारिक उमेदवार तथा पार्टीले समर्थन गरेका उमेदवारविरुद्ध विद्रोही बनेर छुट्टै उमेदवारी दिएकाहरूलाई पार्टीबाट निष्कासन गरेको हो ।
बागी उमेदवारका प्रस्तावक र समर्थकलाई समेत कांग्रेसले पार्टीबाट निष्कासित गरेको छ । पार्टीको विधानअनुसार उनीहरू स्वतः निष्कासन भएको कांग्रेसले जनाएको छ ।
“विद्रोही बनेका तथा त्यस्ता विद्रोही उमेदवारका प्रस्तावक र समर्थक बेनेकाहरूको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासन भएका छन्,” पार्टीका मुख्यसचिव पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बागी उमेदवार र तिनका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उमेदवार र प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पार्टीको जिल्ला कार्यसमितिलाई निर्देशन समेत दिइएको छ ।
0 Comments
Thanks for your concerns