राप्रपाले पनि खाता खोल्यो वडा नं. ३ प्यानल सहित विजयी
२०७९ जेष्ठ २ गते
लावण्य/साँखु । गत २०७४ सालको स्थानीय तहको चुनावमा शंखरापुर ४ मा मात्रै जीत हासिल गरेको नेपाली काँगे्रसले यसपटक भने वडा नं. ९ बाट सहदेव श्रेष्ठको प्यानलले खाता खोल्दा वडा नं. २ मा रण बहादुर र वडा नं. ८ मा पनि जीत हासिल गरेको छ । वडा नं. ४, ५ र ६ को मत गन्न बाँकी रहेको छ भने वडा नं. ३ र वडा नं. ७ को गणना भईरहेको छ ।
त्यसैगरी वडा नं. १ मा ने माओवादीले खाता खोलेको छ । तर वडा अध्यक्ष बाहेक सबै सदस्यहरु नेकपा एकीकृत समाजवादीले जीत हासिल गरेको छ ।
त्यसैगरी वडा नं. ३ मा प्यानल सहित विजय हासिल गरेर राप्रपाले पनि शंखरापुरमा खाता खोलेको छ । यस अघि जितेका वडा नं. ६ र ७ मा पनि राप्रपाले नै जित्ने अनुमान गरिएको छ ।
अहिलेसम्ममा राप्रपाका रमेश नापितले २५५३ मत ल्याएका छन् भने वहाँलाई पछ्याउँदै नेकपा एकीकृत समाजवादीको एलपी श्रेष्ठले २५०५, नेकपा एमालेका कृष्णलाल बजगाइँले २३२८ र नेकपा माओवादी केन्द्रका निरज केसीले २००३ मत प्राप्त गरेका छन् ।
मेयरमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राप्रपा र नेकपा माओवादीबीच टक्कर चलिरहेको छ । उप मेयरतर्फ भने नेपाली काँगे्रसले आफ्नो सीट सुरक्षित ग¥यो भन्न सकिन्छ । उपमेयर तर्फ नेपाली काँगे्रसका समिता श्रेष्ठले ३१६२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी लक्ष्मी केसीले १६५४ मत प्राप्त गरेका छन् ।
0 Comments
Thanks for your concerns