२०७९ जेष्ठ ७ गते
लावण्य/साँखु । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली काँगे्रसका नेता उपेन्द्र कार्की निर्वाचित भएका छन् । उप मेयरमा भने नेकपा एमालेका शान्ति थापा निर्वाचित भएका छन् ।
मेयरमा कार्कीले ११ हजार ३२२ मत पाए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे । त्यसैगरी निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाले ३ हजार ५५६ मत पाए भने राप्रपाका राजु फुयालले १ हजार ४१८ मत पाएका छन् ।
उपमेयरमा एमालेकी थापाले ९ हजार ९७५ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हजार ४२२ मत मात्र प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका सरस्वती नेपालले २ हजार ६९३ मत प्राप्त गरे भने राप्रपाका सरीता बजगाई चापागाईले २ हजार २५८ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष तर्फ वडा नं. १ मा नेकपा एमालेका मुकुन्द प्रसाद गजुरेल (मत संख्या १७०७) विजयी भए, वडा नं. २ मा नेपाली काँगे्रसका सुरज खड्का (मत संख्या ९४५), वडा नं. ३ मा नेकपा एमालेका राममणी पुडासैनी (मत संख्या ८१४), वडा नं. ४ मा नेकपा एमालेका विजय श्रेष्ठ (धन) (मत संख्या १३९४), वडा नं. ५ मा नेपाली काँगे्रसका शंकर पाण्डे (मत संख्या ६५१), वडा नं. ६ मा नेकपा एकीकृत समाजवादीका प्रकाश फुयाल (मत संख्या ११२१), वडा नं. ७ मा नेपाली काँगे्रसका भीमसेन थापा ((मत संख्या १२३१), वडा नं. ८ मा नेपाली काँगे्रसका हरिभक्त पुडासैनी (मत संख्या १६०८), वडा नं. ९ मा नेपाली काँगे्रसका अनिल थापा (मत संख्या ११२१) विजयी भएका छन् ।
0 Comments
Thanks for your concerns