लावण्य/साँखु । यही पौष ५ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भक्तपुरको आयोजनामा शंखरापुरमा चलिरहेको आलु जानेको विषयमा जानकारीमूलक कार्यक्रम गरिएको छ ।
सो अवसरमा कृषि क्षेत्रमा पकेट, ब्लक, जोन, सुपर जोन सम्बन्धी जानकारी गराउनुका साथै शंखरापुर नगरपालिकामा लागू भएको आलु जोन सम्बन्धी यहाँका स्थानीय किसानहरुलाई जानकारी गराउन कार्यक्रममा आलु जोन सम्बन्धी प्रशिक्षणात्मक जानकारी गराइएको थियो ।
लकडाउन हुँदा पनि परियोजनाले ५०.०६ प्रतिशत प्रगति हासिल गरेको बताइएको छ । परियोजनाले प्रति वर्ष करीब २ करोड २३ लाख रुपैयाँ बराबरको काम गर्ने सो अवसरमा जानकारी गराईएको थियो ।
परियोजनाले किसानको लागि वीउवीजनमा ५० प्रतिशत सहुलियत, प्राविधिक शत प्रतिशत, प्रयोगशालाको लागि ८५ प्रतिशत छूट, कृषि औजासरमा ५० प्रतिशत, साना सिंचाई आयोजनामा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत अनुदान दिईने जानकारी गराइएको थियो ।
अहिलेसम्म परियोजनामा ५ वटा सहकारी, १९ वटा समूह, ३६ वटा फार्महरु आवद्ध रहेको जानकारी दिइएको थियो ।
कार्यक्रमको प्रमुख आतिथ्यता शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले गर्नुभएको थियो ।
0 Comments
Thanks for your concerns