नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउन बिहिबार अप्टिकल फाइबर बिछ्याउने
काम सम्पन्न गरेको छ। एक वर्ष अघि नै चीनबाट इन्टरनेट ल्याउन काम सुरु भएतापनि
भूकम्पका कारण अड्किएर ढिला भएको थियो।टेलिकमले धादिङको गल्छीबाट रसुवागढीसम्म
इन्टरनेट ल्याउनका लागि अप्टिकल फाइभर जडान गरिसकेको छ। आगामी जेठ १८ गतेभित्र
चीनबाट ल्याइने इन्टरनेटको परीक्षण गरिने टेलिकमका सहायक प्रवक्ता डिल्लीराम
अधिकारीले बताए। विश्वव्यापी इन्टरनेट
कनेक्सनका लागि चीनसँग जोडिएको अप्टिकल फाइबरले सहयोग पुग्ने अधिकारीले बताए। यो
अप्टिकल फाइबरबाट नेपाललाई मात्रै नभई सार्क राष्ट्रहरुलाई नै हङकङको ट्राफिक हब
तथा डेटा सेन्टरसँग जोड्न सहयोग पुग्ने उनले बताए।अधिकारीले उपकरणको टेष्ट भएपछि मात्रै
यस सम्वन्धमा चाइना टेलिकमसँग व्यापारिक सम्झौता हुने बताए। 'चीनबाट ल्याउन लागिएको इन्टरनेट कत्तिको तीब्र गतिमा
चल्न भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा हुन्छ,' अधिकारीले भने 'तर भारतको भन्दा चाडो हुन्छ भन्ने हामीले अनुमान गरेका
छौं।' चीनबाट ल्याउने इन्टरनेटको
मूल्य निर्धारण भइनसकेकाले ब्रोडब्याण्ड वितरण गर्ने कि नगर्ने भन्नेपनि पछि थाहा
हुने अधिकारीले बताएहाल भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबर ल्याइएको
उनले बताए। नेपालले अहिले भारतको बिएसएनएल,भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ।
चीनसँगको इन्टरनेट
कनेक्सनबाट भारतसँगको परनिर्भरता हटनेछ। चीनलाई ट्रान्जिट बनाएर टेलिकमले इन्टरनेट ल्याउन लागेको इन्टरनेट सर्भिस
प्रोभाइडर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष बिनय बोहराले
बताए। बोहराले अहिले
भारतबाट मात्र इन्टरनेट ल्याइने गरेको र चीनबाट पनि आउन थालेपछि पक्कै सस्तो पर्ने
जानकारी दिए। पहिला स्याटलाइटबाट
इन्टरनेट लेराउथ्यौं,' बोहराले भने, 'त्यसपछि धान्न नसक्ने
भएपछि अप्टिकल फाइबरबाट ल्याउन सुरु गरेका हौं।' समयको माग अनुसार भारतबाहेक अन्य देशहरुबाट पनि इन्टरनेट
ल्याउनुपर्छ भन्ने आवाज उठिरहेका बेला चीनबाट इन्टरनेट ल्याउनु सकरात्मक पक्ष भएको
बोहराले बताए। चीनबाट अप्टिकल फाइबर जोडेर नेपाल ल्याउँदा इन्टरनेट भारतको भन्दा
सस्तो पर्ने इन्टरनेट प्रदायक कम्पनी इष्ट लिंक टेक्नोलोजी प्रालिका सिइओ पुरन
थापाले पनि बताउछन्। चीनले धेरै वेबसाइटहरु
सेन्सर गर्ने हुदाँ चीनबाट ल्याउने इन्टरनेटमा समस्या आउन सक्ने थापाले अनुमान
गरे। 'फेसबुक, गुगल लगायतका ब्राउजर र साइटहरु चीनमा ब्लक भएको हुदाँ
त्यहाँबाट ल्याउने इन्टरनेटमा नेपालमा पनि त्यो समस्या देखिन्छ कि देखिदैन भन्नेमा
प्रश्न छ,' उनले भने.चीनबाट इन्टरनेट ल्याउने भएपछि इन्टरनेट प्रदायक कम्पनीहरु पनि
भारतलाई छाडेर चीनबाटै ल्याउने कि भन्ने छलफलमा जुटेका छन्। इन्टरनेट प्रदायक
कम्पनीहरुले अहिले भारतबाट इन्टरनेट ल्याएका छन्। भारतले पनि सिंगापुरबाट इन्टरनेट
ल्याएर नेपाललाई दिइरहेको छ। चीनबाट इन्टरनेट ल्याएपछि बंगलादेशबाट पनि इन्टरनेट
ल्याउने तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ।बंगलादेशबाट ल्याइने इन्टरनेट निकै
फास्ट हुने टेलिकमले जनाएको छ। भारतबाट ल्याएको इन्टरनेटले याहु खोल्न २ सयभन्दा
बढी मिलिसेकेन्ड समय लाग्छ भने बंगलादेशबाट ल्याएको इन्टरनेटले १ सय मिलिसेकेन्डमा
नै याहु खुल्ने इन्टरनेट प्रदायक कम्पनीहरुले बताएका छन्। Via
setopati

0 Comments
Thanks for your concerns