यौन चर्चा – प्रस्तुति– नविना राई

सम्भोगमा लुगा फुकाल्नुको सुख अद्वित्तिय पूर्णतया नग्न शरीरमा सभोग क्रिडा गर्दा यौनांग स्पर्शको असीम आनन्द प्राप्त हुने गरेको अवधारणा अधिकांश स्त्री पुरुषमा व्याप्त छ । तर, कहिलेकाहीं स्त्रीको विशिष्ट पहिरनका कारण पनि पुरुषले अतिरिक्त आनन्द महसूस गर्छन् । कतिपय पुरुषले स्त्रीले अंकमाल गरी उनको कम्मर स्तन तथा सांप्राहरु छुँदा–मसार्दा, स्त्रीको कोमल लुगाको स्पर्श पनि निकै उत्तेजक र सुखद् प्रतीत गर्छन । केही अति लज्जालु स्त्रीले पूर्ण रुपमा निर्वस्त्र भएर सम्भोग गर्न रुचाउँदिनन्, उनीहरुले यस्तो व्यवहारलाई उत्ताउलोपना मान्छन् । पुरुषले उनको यस लज्जा भावनाको कदर गर्र्नुपर्छ र विस्तारै उनका परिवर्तन ल्याउने प्रयास गर्नु पर्दछ । सम्भोगको यस विधाको एक भावनात्मक पक्ष अरु पनि रहेको छ । यो अत्यन्त विनोदपूर्ण तथा संवेदनशील छ । आलिंगन, चुम्बन र अन्य प्रेमक्रीडा गरिसकेपछि छेउमा पल्टिएकी स्त्रीको लुगा स्वयं नै फुकालिदिनुको आफ्नै छुट्टै महत्व छ । निश्चय नै स्त्रीका लुगाहरु पुरुषद्वारा फुकाल्न खोजेको क्रियाबाट दुवैको अंग अंगमा छुट्टै किसिमको सुमधुर उत्तेजना प्रवाहित हुने गर्दछ । यस क्रियाकलापलाई प्रेमक्रीडाको अन्तिम खुड्किलो मान्न सकिन्छ । चुम्बन, आलिंगन र स्तनको टुप्पो लगायत विभिन्न यौनांग सुम्सुम्याउनु तथा मुसार्नुले कामोत्तेजनालाई उत्तरोत्तर बृद्धि गर्छ । यस अवस्थापछि लुगा फुकाल्ने क्रिया आफैंमा कति अथाह प्रेमरसले भरिपूर्ण हुन्छ, भुक्तभोगी पुरुषले राम्ररी व्याख्या गर्न सक्छन् । यौनक्रिडाका समस्त क्रियाकलापद्वारा पुरुषले मात्र सारा सुख प्राप्त गर्दैन, स्त्रीले पनि समान रुपमा क्रमैसँग आनन्दको अनुभूति गर्छिन् । लुगा फुकाल्ने क्रियामा पनि स्त्रीले अनौठो सुखको लहर आफ्ना अंग अंगमा उर्लेको अनुभव गर्छिन् । पहिले नै स्त्री पुरुष निःर्वस्त्र भएको खण्डमा यौनक्रीडा पश्चात्को लुगा फुकाल्ने रोमान्स अनुभव गर्नबाट उनीहरु बञ्चित हुन पुग्छन् । तर सम्भोगक्रीडा व्यक्तिगत रुचिमा आधारित क्षेत्र भएको हुँदा प्रत्येक स्त्रीपुरुष लुगा फुकाल्ने क्रियाद्वारा समान रुपमा रोमान्स तथा आनन्द अनुभव गर्न सक्छन्् भन्न सकिंदैन । अनेकौं सम्भोग जोडीले निर्वस्त्र भएपछि नै यौनक्रीडामा पाइला टेक्नुलाई महत्व दिने गर्छन् । स्त्री पुरुषका लागि एक अर्काको नग्न शरीरमा स्पर्श वा अवलोकन निकै उत्तेजक हुने गरेकोमा कुनै विवाद छैन । तर स्त्रीको पेटीकोटको तुनाको गाँठो खोल्नु वा स्त्रीले पुरुषको पाइन्टको जिप खोल्नु वा पेन्टी तथा अण्डरवियर एकले अर्काको फुकालिदिंदा जे जस्तो अनौठो अनुभव हुन्छ त्यसलाई सूक्ष्म दृष्टिले नियाल्ने हो भने यो आफैमा आनन्ददायी छ । सुखद दाम्पत्य जीवनका लागि सुझाव अमेरिकाको युनभिर्सिटी अफ पिट्सवर्ग स्कुल अफ मेडिसिनका मनोवैज्ञानिकहरूका अनुसार जुन दिन श्रीमती राती मस्तले नसुती बिहान उठ्न बाध्य हुन्छिन्, त्यस दिन दम्पत्तिबीच कचकच हुने सम्भावना बढी हुन्छ । पति चाहिं राम्ररी निदाउन नपाइ उठेको भए पनि यस्तो समस्या नहुने निष्कर्ष उनीहरूको छ । श्रीमतीलाई निद्रा नआउने समस्याले अर्काे दिन श्रीमानका लागि समस्या उत्पन्न गर्छ भने यसको प्रभाव तनावको लक्षणभन्दा फरक हुन्छ । यसअघिका अध्ययनहरूमा अनुसन्धानकर्ताहरूले के पाएका थिए भने यदि कुनै पनि महिलाले बेडमा आप्mना पति वा पाटर्नरको उपस्थिति निरन्तर पाउने गरे तिनलाई निद्रा पनि मीठो लाग्ने गर्छ । तर एसोसिएटेड प्रोफेसनल स्लिप सोसाइटीमा प्रस्तुत नयाँ अनुसन्धानमा प्रा.बेन्डी ट्रोक्सेलले सुत्ने समय र दिनहुँको वैवाहिक जीवनबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेका छन् । ट्रोक्सेल नेतृत्वको समूहले राम्रो वैवाहिक जीवन व्यतीत गरिरहेका र विगतमा कुनै शारीरिक र मानसिक समस्या नभएका ३५ दम्पतीमा यसबारे अध्ययन ग¥यो । एक्टिग्राफ उपकरणले ती दम्पतीहरूको १० रातको गतिविधिको आंकलन गरियो । कति जनाको अर्काे दिन सकारात्मक र कति जनाको नकारातमक रह्यो भन्ने जान्न त्यो परीक्षण गरिएको थियो । अध्ययन अनुसार, जुन महिला राम्ररी निदाउन सकेका थिएनन्, अर्काे दिन उनहिरूले पतिसँगको सम्बन्धमा समस्या भएको जनाए । नेपालमा पनि पोर्नोग्राफी एक सर्वेक्षणअनुसार एक सेकेन्डमा पोर्नाेग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ । एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नाेग्राफी हेरिरहेका हुन्छन् । एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोनोग्राफिक भिडियो बनिरहेको हुन्छ । सन् ८० को दशकदेखि फैलाएको भारतीय पोर्न फिल्म इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल गर्दै नेपालमा पनि पोर्न फिल्म बनेका हुन् । नेपालमा अहिलेसम्म कति पोर्न फिल्म बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि एक हजार भन्दा बढी नेपाली पोर्न फिल्म निर्माण भईसकेको आंकलन प्रहरीले गरिरहेको छ । नेपालमा बनेका पोर्न फिल्मका नायिकाहरुले पाँच सयदेखि बढीमा २५ हजार सम्म पाएको तथ्यांक छ । अश्लिल नायिकाहरुको एउटा पोर्न फिल्म खेलेवापत ६ हजार रुपैयाँ र सबैभन्दा महंगो नेपाली पोर्न फिल्म ६ लाखमा बनेको भनाई छ । नेपाली युवायुवतीको व्यवसायिक रुपमा ४० वटा अश्लिल चलचित्र र आठसय भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक भईसकेको छ । नेपालमा रेड एरिया तोक्नुपर्ने माग बिढिरहेको छ । छिमेकी मुलुक भारतमा धेरै ठाउँमा रेड एरिया तोकिएका छन् । थाइल्यान्डमा त सेक्स पर्यटनले अर्थतन्त्रमा ठूलो स्थान ओगटिरहेको छ । तर नेपालमा भने रेड एरिया नभएको हुनाले धेरै ठाउँमा अघोषित रुपमा वेश्यालयहरु सञ्चालनमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनीरुपमा मान्यता दिन पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ । (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments