Rashiphal

पौष २७ गतेदेखि माघ ३ गतेसम्मको राशीफल मेष ः साताको सुरुका दिन राम्रो रहेको हुँदा नयाँ कामको योजना छ भने सुरुका दिन प्रयोग गर्नु उपयुक्त रहनेछ । प्राविधिक काममा लाग्नु हुनेहरुका लागि साता राम्रो रहेको भन्न सकिनेछ । कृषि क्षेत्रका मानिसको लागि राम्रो साता भन्न नसकिएला । साता मध्यम । वृष ः पारिवारिक दृष्टिकोणले साता राम्रो रहेको भन्न सकिन्छ । विदेशसँग सम्बन्धित काममा लाभदायक सप्ताह रहेको अवस्था देखापरेको छ । अहँकारको कारणले बन्न लागेको काम पनि बिग्रन सक्ने हुनाले होस पु¥याउनु पर्ला । भगवानको कृपा तपाइँलाई प्राप्त हुनेछ । मिथुन ः मनले होइन दिमागले काम गर्नुपर्ने साता रहेको छ । सोचविचार पु¥याएर काम गर्नुपर्नेछ । नयाँ कामको सोच बन्ने देखिन्छ । लामो यात्राको योग रहेको छ । नोकरीमा पदोन्नतीको समय देखिन्छ । धनार्जन रामै्र होला । घाउचोट लाग्न सक्छ । विचार पु¥याउन पर्ला । कर्कट ः आँटेका काम पूरा गर्न धेरै मेहेनत खर्चर्नु पर्ने योग रहेको छ । पेटको समस्याले स्वास्थ्य गडबड हुन सक्ने भएकाले खानपानमा विचार पु¥याउनु पर्ला । पे्रम प्रसंगको कुरा गर्नुपर्दा साता राम्रो रहेको छ । शिक्षा क्षेत्रका सबैका लागि राम्रो साता रहला । सिंह ः स्वास्थ्यमा समस्या देखिन सक्ने हुँदा खानपानमा विचार पु¥याउनु पर्नेछ । साहित्यिक कार्यक्रममा वा सृजनामा मन जानेछ । निर्णय गर्ने क्षमतामा कमी आउन सक्नेछ । पे्रम प्रसंगको साता रहेको देखिन्छ । सन्तान सुख प्राप्त हुने देखिन्छ । व्यवसाय मध्यम चल्ने देखिन्छ । कन्या ः मध्यम साता रहेको छ । आफन्तको विछोडले मन खिन्न बनाउला । बिश्वास गरेको साथीबाटै धोकाको अनुभव गर्नुपर्ला । धनमाल चोरी हुन सक्ने हुँदा सुरक्षित रहनु पर्ला । सन्तान सुख राम्रो मिल्नेछ । नोकरीमा बढोन्नतीको योग देखिन्छ । आकस्मिक लाभ हुन सक्नेछ । तुला ः सुरुका दिनहरु राम्रो नभएपनि पछिका दिनहरु भने राम्रो बित्नेछ । पशुपालनमा राम्रो लाभ मिल्ने देखिन्छ । व्यापारमा घाटाको अवस्था देखिन्छ । बोल्दा विचार पु¥याउनु पर्नेछ । सामाजिक कार्यक्रममा सहभागी हुनुपर्नेछ । खानपानमा विचार पु¥याउनु उपयुक्त रहला । वृश्चिकः लगानीको प्रतिफल राम्रो मिल्नाले मन प्रसन्न बन्ने योग रहेको छ । वैवाहिक जीवनमा बाँधिईसक्नु भएको छ भने आरामदायक सप्ताह बन्नेछ । स्वास्थ्यमा उतारचढाव आउने देखिन्छन् । लामो यात्रा नगर्नु नै वेस होला । धार्मिक कार्यमा सहभागी हुनुहुनेछ । रातो रंगको प्रयोग उचित रहला । धनु ः धनार्जनको समय देखिन्छ । खेति किसानीमा समय बित्नेछ र राम्रो मूनाफा पनि कमाउन सकिनेछ । पे्रम सम्बन्ध प्रगाढ बन्ने देखिन्छ । यात्रामा समस्या । शिक्षा क्षेत्र सामान्य रहने देखिन्छ । घरायसी काममा लामो समय बिताउनुपर्ने देखिन्छ । साता रामै्र देखिन्छ । मकरः अनावश्यक खर्च हुनेछ । धन वा पैसा सम्बन्धी कारोबार यो साता नगर्नु नै तपाइँको लागि राम्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले मन अस्थिर बनाउला । तपाइँको कुरा सुन्ने कमै हुनेछन् । त्यसैले बोल्दा सोच विचार पु¥याउनु होला । कानको समस्या देखिन सक्नेछ । कुम्भ ः पराक्रम बढ्नेछ । स्वास्थ्य सुदृढ रहनेछ । बोलीको प्रभाव अरुमा पर्ने देखिन्छ । आँखाको समस्या देखिने हुँदा विचार पु¥याउनु पर्नेछ । यात्राको समयमा कूलदेवतालाई याद गरेर मात्र यात्रा गर्नुहोला । सानोतिनो दूर्घटना पर्न सक्नेछ । आकस्मिक धनागमको योग । मीनः मिश्रित साता रहेको देखिन्छ । पारिवारिक सम्बन्ध राम्रो बन्नेछ । लगानीमा हुने मूनाफाले आनन्दित तुल्याउला । आँखाको समस्या देखिन सक्नेछ । सन्तान सुख मिल्नेछ । माया पे्रमको राम्रो साता भन्न सकिन्छ । यात्रामा अनावश्यक झमेला र खर्च गर्नुपर्नेछ ।

Post a Comment

0 Comments