साँखु क्षेत्रको अष्टमातृका पीठ परिचय

– प्रकाशमान श्रेष्ठ सक्व ...... याते कलीयुगे वर्षे शश्यकाशकरीमही ।। मासेच फाल्गुणे चैव तिथौ गौरीशिवे शुभै ।। सप्तग्राम समूहित्वा शंखपुरो भविष्यति ।। माथिको श्लोक अनुसार कलीयुग वर्ष शशी आकाश करी र मही सालमा फागुन सुदीन तृतियाको शूभ दिनमा सातगाउँहरु मिलाएर शंखरापुर नगर बनाईनेछ, भनिएको छ । संस्कृत भाषाको हस्तलिखित ग्रन्थमा उद्धृत उक्त श्लोक मणिशैल महावदानमा लेखिएको सयौँ वर्ष पुरानो भइसकेको छ । त्यसमा वर्णन गरिए अनुसार साँखुलाई शंखरापुर भनिएको छ भने दाहिने शंखको आकारमा निर्माण गरिनुपर्ने र त्यस नगरको प्रथम राजा पनि शंखदेव भनि किटान गरिएको पाईन्छ । नेपालको इतिहासिमा तीन जना शंखदेव राजाका नामहरु क्रमशः शंखरदेव, शंकरदेव भनि वर्णमालाको ख र क अक्षरमा लेखिएका छन् । साँखु शंखरापुरलाई पनि कुनै कुनै शिलापत्रमा शंखरापुर त कतै शंकरपट्टन भनि लेखिएको पाइन्छ । जे होस् हालको साँखु मणिशैल महावदानको उक्त श्लोकको आधारमा कलीगत सम्वत् १८०१ मा सातगाउँहरु क्रमशः शाशं, पावना, गुलिमा, गुदेख्वा, च्ववही, गागल, नागाचांलाई मिलाएर निर्माण गरिएको थियो । हालसम्म पनि शासं, पावना, गुदेख्वाः, गुलिमा, गागल र नागचां नामका स्थान विशेषहरु साँखु वरपर अस्तित्वमा रहेको भेटिएका छन् । जुन आज भन्दा तेत्तिससय वर्ष अगाडिका धरोहरहरु हुन् । साँखु निर्माणकर्ता जोगदेव बज्राचार्य बज्रयोगिनीका नवौ पुस्ताका पुजारी थिए जसले बज्रयोगिनीको आज्ञाबमोजिम नगरको भित्र बाहिर चारैतिर अष्टमातृका पीठ समेत स्थापना गरिएका थिए । जुन अहिलेसम्म पनि साँखुका बासिन्दाहरुले आ–आफ्नो टोल क्षेत्रमा परम्परागतरुपमा पूजामान्य गर्दै आइरहेका छन् । त्यस्तै साँखु नगरभन्दा बाहिर नदि किनार तथा डाँडोमा समेत अष्टमातृका पीठ देवी स्थानहरु पनि स्थापना गरिएका थिए । जुन स्थानमा साँखुका बासिन्दाहरुको विशेष पर्व र पूजा तथा मृत्यु संस्कार कार्य एवम् बज्रयोगिनी देवीको बाह्र वर्षे कलेवर फेर्ने पूजाआजामा महत्वपूर्ण गुप्तीपूजा, बलीपूजा आदि कार्यमा प्रयोग हुँदै आइरहेको छ । उक्त बज्रयोगिनी देवीको पूजाकार्यमा साँखुको परम्परागत बाह्र तीर्थ, नौ कुण्डलका पवित्र जलपूर्ण कलशहरुमा भर्दै अष्टमातृका शक्तिपीठहरुबाट अलौकिक शक्ति समेत लिएर बज्राचार्य पूजारीहरुले बज्रयोगिनीलाई पीठमाथिका देवीको रुपमा प्रतिस्थापन गर्ने कार्य समेत गर्दछन् । जुन विशेष तान्त्रिक पद्धतीमा आधारित शक्तिपूजाबाट कार्य सम्पन्न गर्न करीब नब्बे दिन लाग्दछ । यसवर्ष २०६८ साल बैशाख शुक्ल प्रतिपदा २१ गते देखि कार्य सुरु गरेको थियो र २०६८ आषाढ १५ मा सम्पन्न भएको थियो । यसरी धार्मिक, पौराणिक, सामाजिक महत्वको साँखु क्षेत्रको अष्टमातृका पीठहरुको परिचय यसप्रकार छन् । १) कुमारी ः पुखुलाछी गाविस इल्लाटोलमा कुमारी मुख्य टोल गणेश सहित पूर्व उत्तरकुनामा मूर्तरुपमा रहेको छ । उक्त कुमारी देवीको पूजा अर्चना गर्नाले सौभाग्य सुख शान्ति तथा गृह स्थिर हुने कुरा शास्त्रमा लेखिएको छ भने कुमारको शक्तिको रुपमा रहने मयूर वाहनमा सवारी हुने गर्दछिन् । रातो वर्णको निधारमा समेत आँखा भएकी त्रिनेत्री सुन्दरीले आफ्नै पे्रमिका चण्डासूरलाई हत्या गरेकी कारण आजीवन कुमारी रहने प्रण गरेकी चण्डेश्वरी भगवती हुन् । कुमारी मन्दिरको पश्चिममा बज्रयोगिनी देवीको पाहुनाघर रहेको छ जहाँ चार वर्षको एक पटक साँखु जात्राका आठ दिन देवी देवताहरु राखिन्छन् । २) इन्द्रायणी ः पुखुलाछी गाविसको धुँल्लाटोलको टोलगणेश मन्दिरभित्रै रहेकी इन्द्रायणी अष्टमातृका पीठ हुन् । स्वर्गका राजा इन्द्रको शक्तिको रुपमा रहेका इन्द्रायणी नवदुर्गा देवीको एक गण देवीको रुपमा देवासुर संग्राममा विजय प्राप्त गरि फर्कन्दै गर्दा बाटोमै बास बस्दा भाले बास्ने बेला सम्मन सुतेका कारण पृथ्वीमै रहेकी जीवन्त देवी मानिन्छन् । ६ वटा हातमा विभिन्न आयुध धारणा गरेकी हात्तिमाथि यौटा खुट्टा राखि विरांगणाको रुपमा दर्शन गर्न योग्य देवी मानिन्छन् । टोलगणेश सहित इन्द्रायणी पीठको सत्तलमा चारवर्षको एकपटक बज्रयोगिनी जात्राका देवी देवताहरु आठ दिनसम्म राखिन्छन् । ३) ब्रम्हायणी ः बज्रयोगिनी गाविसको साल्खाटोल मूल बजारको टोलगणेश सँगै दक्षिण भागमा अवस्थित पाँचवटा नागमण्डल भित्रको अमूर्त अष्टमातृका श्वेतभैरव ब्रम्हायणी देवी हुन् । ब्रम्हाको शक्तिको रुपमा रहेकी सेती वर्णकी ब्रम्हायणीको बाहण हाँस हुन् । स्थानीय भाषामा भिँल्वहँ अर्थात् भैरव वा भीमसेनको रुपमा पूजा गर्ने मातृका गण हुन् । त्यहाँ सेती भैरव भएको कारण भक्तपुरबाट प्रत्येक माघ महिनामा ल्याईने नवदुर्गा जात्रामा सेतीभैरवबाट लखेटिने नाच प्रस्तुत गरिन्छन् । ४) चामुण्डा ः बज्रयोगिनी गाविसको ज्योतिर्लिङ्गेश्वर स्थानमा मन्दिर पछाडीको उमामहेश्वरको सानो मन्दिर पछाडिको अष्टमातृका नीलकाली चामुण्डादेवी हुन् । देवासुर संग्राममा चण्ड र मुण्डलाई वध गरेर किर्ती कमाएकी चामुण्डाको अमूर्त रुपको मूर्ति बीचमा स्थापना गरी दायाँ बायाँ अन्य नवदुर्गा भवानीका गण देवी देवताहरु पनि अमूर्त रुपमा स्थापना गरिएका छन् । दायाँ बायाँ सिंह दुईवटा द्वारपालको रुपमा राखिएका छन् । यस अष्टमातृका पीठको सामुन्ने ज्योतिर्लिङ्गेश्वर महादेव ढोका छन् जहाँबाट साँखुका बासिन्दाहरुको मृतक लाश श्मशानमा लैजान्छन् । ५) महालक्ष्मी ः बज्रयोगिनी गाविसको चलाखुटोलमा महालक्ष्मी अष्टमातृका पीठ देवी रहेको छ । उक्त पीठ मन्दिरको खम्बाहरु साँखुका अन्य मन्दिरका खम्बाभन्दा मोटाईमा ठूलो मानिन्छन् । मन्दिरमा काष्ठपत्र पनि रहेको छ भने महालक्ष्मी पीठको बायाँ प्रत्येक वर्ष चैत्र मसान्तमा लिंगो ठड्याउने र बैशाख २ गते लिंगो ढाल्ने कार्य गर्दछन् । महालक्ष्मी देवी सौभाग्य र समृद्धिको सूचक देवी मानिन्छन् । टोल गणेशको दक्षिण भागमा अवस्थित महालक्ष्मी पीठमा साँखुको जीवित कुमारी पूजा कार्य सम्पन्न गर्न कुमारीपाठी बलिदिई भद्रकालीको रुपमा रात्रिपूजा गरिन्छन् । यस महालक्ष्मी पीठसँगैका पछाडि उत्तरमा अवस्थित न्हायकं सत्तलमा चार वर्षको एकचोटी बज्रयोगिनी जात्राका देवीदेवता राख्ने गरिन्छन् । ६) वैष्णवी ः सुन्टोल गाविसको दुगाहिती टोलको मल्ताचोकमा वैष्णवी अष्टमातृका पीठ रहेको छ । विष्णुको शक्तिको रुपमा रहेकी वैष्णवी माताको गरुड वाहन हुन् भने अमूर्तरुपमा रहेको वैष्णवी पीठमा गण देवी देवताहरुको पनि स्थापना गरेको देखिन्छ । दुगाहिती ढुंङ्गेधाराको परिसरभित्र गर्भनारायण, शिवपार्वतीको सौम्य मूर्ति, शिवलिङ्ग, भगवतीसहित शक सम्वतका् नेपालकै पुरानो शिलापत्र रहेको छ । ७) रुद्रायणी ः सुन्टोल गाविसको जयवलीमा नीलभैरव रुद्रायणी शक्ति पीठ रहेको छ । पाटी सँगै रहेको नील भैरव रुद्रायणी पीठ पछाडि पश्चिम क्षेत्रमा साँखुकै पुरानो नौवटा पूर्व फर्केका ढुंगेधारामध्ये एउटा पौराणिक र ऐतिहासिक ढुंगेधारा छ । हाल झाडीभित्र रहेको उक्त ढुंगेधारालाई बेरेर एउटा पीपलको रुख उमे्रको छ । सार्वजनिक जग्गामा रहेको उक्त ऐतिहासिक ढुंगेधारा परिसरमा हाल तरकारी बाली लगाइएको पाइएको छ । सार्वजनिक बाटो र कूलो समेत रहेको ऐतिहासिक धाराको संरक्षण गर्न गाविस र राजनैतिक पार्टीका कार्यकर्ताहरुले खोजीनिती गर्नु जरुरी भएको छ । अष्टमातृका पीठ रुद्रायणीको बाहन साँढे हुन् भने सँगैको पाटीमा दुईवटा काष्ठपत्रहरु रहेका छन् । यस अष्टमातृका पीठको उत्तरतिर छोरी अन्माउने परम्परागत कलात्मक ढोका रहेको छ । ८) वाराही ः पुखुलाछी गाविसको बसपार्क स्थित भगवती मन्दिर गणेश वाराही अष्टमातृका पीठ देवी हुन् । भौद्यः नामले प्रख्यात भगवती मन्दिर परिसरभित्र अन्य अमूर्त गण देवीदेवताहरु छन् भने पूर्वी पर्खालको कुनामा चन्द्रमाको प्रतिमा स्थापनागरि पूजा समेत गरिएको पाईन्छ । उक्त अष्टमातृका पीठ परिसरभित्र भक्तपुरबाट ल्याईने नवदुर्गा गणहरुले पोशाक गहना लगाउने गर्दछन् भने नयाँ दुलही साँखु नगरमा भित्र्याउँदा किस्ली(माटाको पालामा भरि चामल र एउटा भेटी पैसा र सिंगो सुपारी भएको) चढाउने गर्दछन् । हाल कसै कसैले दुलहीलाई पैसा ढोगाएर चढाउने गर्दछन् । गणेश वाराही पीठसँगै दुईवटा कलश पोखरीहरु सहित कलात्मक दुलही भित्र्याउने ढोका पनि रहेको छ । (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments