शारदालक्ष्मीले १० वर्षमै १५ करोड निक्षेप संकलन गर्न सक्षम ...

साँखु÷गत शनिवार शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको दसौ वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिकद्वय भक्तिदेवी श्रेष्ठ र बेकुनारायण श्रेष्ठलाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि भाग्योदय क्याम्पसका क्याम्पस प्रमुख शमभुदास श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सतिश बज्राचार्य, सलोनी मल्ल, रमन श्रेष्ठ, रमेश घ्लान, संचिता श्रेष्ठ, सतिश बज्राचार्य, अनुजा कुँवर लाई एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याएकोमा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा बालबालिकाहरुलाई नृत्य गराईएको थियो । कार्यक्रममा जानकारी गराए अनुसार यो वर्ष सो सहकारीले १६ करोड ५७ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी तर्फ १० करोड ९८ लाख ६५ हजार रहेको छ । त्यसैगरी पुरानो ऋण असुलीमा ५ करोड ९९ हजार रुपैयाँ असुली गरेको जानकारी सो संस्थाका अध्यक्ष एवं प्रबन्धक श्रीभक्त श्रेष्ठले जानकारी गराउनुभएको हो । सो अवसरमा प्रमुख अतिथि शम्भुदास श्रेष्ठले उच्च शिक्षा मानव विकास एवं समाज विकासको आधार रहेको धारणा व्यक्त गर्दै, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा नेवार समाजमा रहेको तर्क गर्नुभएको थियो । उहाँले नेवार समाजमा ७७ वर्ष ७ महिना ७ दिनमा गरिने ज्या जन्को भीमरथारोहन, जन्मेदेखी १ हजार वटा चन्द्रमा देखिने दिन पूर्णिमाको दिनमा गरिने ज्या जन्कोलाई चन्द्र रथारोहन भनिने बताउँदै ८८ वर्ष ८ महिना ८ दिनमा गरिने ज्या जन्कोलाई देव रथारोहन, ९९ वर्ष ९ महिना ९ दिनमा गरिने जन्कोलाई दिव्य रथारोहन र १०८ वर्षमा गरिने जन्कोलाई महादिव्य रथारोहन भन्ने गरिएको जानकारी दिँदै नेवार समाजमा रहेको विशिष्ट संस्कृतिबारे चर्चा गर्नुभएको थियो ।

Post a Comment

0 Comments