रविन्द्र मिश्रको फेसबुकबाट .........

साँखु÷गत बैशाखको भूकम्पमा ललितपुरको पिलाछें टोलका १०० भन्दा बढी घरहरू बस्न नहुने गरि चर्किएर भत्किए । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको उक्त टोलमा मूल घर भएका र आफ्नी आमाको नाममा परोपकारी संस्था ‘माया फाउण्डेशन’ स्थापना गरेर विविध सत्कार्य गर्दै आएका रमेश महर्जनलाई लाग्यो, अब पुनर्निर्माण गर्दा सबै समुदाय मिलेर काम गर्नुपर्छ र त्यसले पुरातात्विक, सांस्कृतिक सम्पदाको प्रवद्र्धन गरी स्थानीय जनताको सामाजिक, आर्थिक विकास एवं आय आर्जनमा प्रत्यक्ष योगदान पुर्याउनु पर्छ । सोही सोच अनुसार उनले यो चित्रमा देखिएको डिजाइन तयार पार्न लगाए र राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष तथा प्राधिकरणका तत्कालिन प्रमूख कार्यकारी डा गोविन्द पोखरेललाई सो डिजाइन देखाएर सहयोग गर्न आग्रह गरे । राम्रो कामलाई प्रवद्र्धन गर्ने पोखरेल पनि के कम ? उनी पिलाछें पुगिहाले । यसपटक उनले तिलगंगा आँखा अस्पतालका प्रतिष्ठित डाक्टर सन्दुक रूइतलाई पनि लिएर गए । राम्रो काम गर्ने र राम्रालाई सधैं प्रवद्र्धन गर्ने रूइत पनि के कम ? उनी सम्पूर्ण सोचबाट यति प्रभावित भए कि उनले तिलगंगाले सो योजनाका लागि रू ४ करोड जुटाइदिने बचन दिइहाले । त्यसपछि त के चाहियो ? रमेश महर्जनजी र पिलाछेंवासीको हर्षको सीमा नै रहेन । ८२ वटा घरहरू ‘पिलाछें पुननिर्माण तथा पर्यटन प्रबद्र्धन परियोजना’ जुटीहाले । आज त्यसैको परिणामस्वरूप सत्यमोहन जोशी, महजोडी, लिलामणी पौड्याल, धुर्मुस–सुन्तली लगायत अन्य कयौंले सरकारलाई पुननिर्माणमा साथ दिन नागरिक अभियान सुरू गर्दै पिलाछें पुननिर्माणको शिलान्यास गरे । इमान्दार सपना देख्ने हो र त्यसमा इमान्दारीपूर्वक लागेको लागेकै गर्ने हो भने, सपनालाई विपना बनाउन साथ दिनेहरू आइहाल्दो रहेछन् । रमेश महर्जनजी, तपाईंजस्ता दूरद्रष्टाहरू अहिले देशलाई टोल–टोलमा चाहिएको छ । पिलाछेंवासीहरू, तपाईंहरुको जस्तो एकता अहिले यो देशका लागि गहना भएको छ । अनि, पोखरेल तथा रूइतजी, तपाईंहरूजस्ताको साथ अहिले नेपाली समाजका लागि अत्यावश्यक बनेको छ । तपाईंहरु सबैको जय होस् ! रमेश महर्जनजीजस्ता १०० जना भैदिए, यो देश कस्तो हुन्थ्यो होला !

Post a Comment

0 Comments