शंखरापुर नपाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

साँखु÷गत पौष २९ गते शंखरापुर नगरपालिकाले जहरसिंपौवामा एक कार्यक्रम गरि आ.व. २०७२÷७३ को संशोधित तथा २०७३÷७४ को लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम (पौष २४ गतेको परिषद्बाट पारित भएको) सार्वजनिक गरेको छ । उक्त सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं. २ का सभासद दीपक प्रसाद कुइँकेल प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा स्वागत मन्तव्य लेखा अधिकृत कपिल पौडेलले दिएका थिए भने कार्यक्रमको सभापतित्व कार्यकारी अधिकृत दुर्गानाथ गौतमले गरेका थिए । कार्यक्रममा लुथरन वल्र्ड फेडरेशनका रामशरण सेढाईले इन्द्रायणी, लप्से र नाङ्लेभारेमा गरि २०६ वटा घर पुनःनिर्माणको लागि सम्बन्धित स्थानका प्रकोप व्यवस्थापन समितिलाई आर्थिक सहायता उपलब्ध गराईसकिएको जानकारी दिएका थिए । सो कार्यक्रममा सूज्र्येबहादुर रञ्जित, माधवप्रसाद श्रेष्ठ, सुर्जनारायण श्रेष्ठ, भीमराज खड्का, दानबहादुर श्रेष्ठ, भागवत साह, गोपाल पोखरेल, मञ्जु खड्का, सुशील वैद्य, मिजेन्द्रकाजी श्रेष्ठ, दीपक केसी, कृष्णराज सुवेदी, सुवर्ण श्रेष्ठ, उपेन्द्र कार्की लगायतका वक्ताहरुले कार्यक्रमको सफलता एवं बजेट, नीति तथा कार्यक्रमबारे आ–आफ्नो धारणा राखेका थिए । उक्त सार्वजनिकीकरण कार्यक्रममै हतारमा बनाइएको पुस्तिकामा छुटफूट भएका एवं केही गल्तीहरु भएको विषयमा चर्चा परिचर्चा हुनुका साथै केही बुँदाहरुले भ्रम समेत सिर्जना हुन सक्ने भएकोले उक्त गल्ती एवं छुटफूट भएका विषयमा सच्याउने गरि दलहरुबीच छलफल हुने बताइएको छ ।

Post a Comment

0 Comments