Rochak Bishwo

बढी टिभी हेर्नु हानिकारक हुने टिभी हेर्न सबै रुचाउँछन् तर टिभी हेर्न बानी आवश्यकता भन्दा बढी हुंदा जीवनकै लागि खतरनाक हुन सक्छ । टिभी हेर्दा हरेक घण्टा तपाईंको उमेर २२ मिनेट कम हुंदै जान्छ । एउटा अध्ययनले उमेर र टिभी हेर्नुबीच यस्तो सम्बन्ध देखाएको हो । बोस्टनको हावर्ड स्कूल अफ पब्लिक हेल्थले यो अनुसन्धान गरेको थियो । अध्ययनमा औसत रुपमा दिनहुँ छ घण्टासम्म टिभी हेर्नेको उमेर पांच वर्ष कम हुने औंल्याएको छ । अनुसन्धानमा दावी गरिएको छ कि बढी समयसम्म टिभी अगाडि बस्नु स्वास्थ्यका लागि त्यति नै खतरनाक हो जति धूम्रपान र मोटोपनाले हुुन्छ । यसको कारण चाहिं टिभी अगाड व्यक्ति निष्क्रिय भएर बस्छन् र केही न केही खाइरहेका हुन्छन् भन्ने हो । यो अनुसन्धानमा २५ वर्ष उमेर समूहका ११ हजार व्यक्तिलाई सामेल गरिएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार एउटा चुरोटले व्यक्तिको जीवनलाई ११ मिनेट कम गर्छ, जुन आधा घण्टा टिमी हेर्नु बराबर हो । अनुसन्धानकर्ताहरूको बढी टिभी हेर्दा व्यक्तिलाई रोगले च्याप्ने र उसको उमेर अगावै मृत्यु हुने पनि औंल्याएको छ । निमोनियाबाट बच्न दैनिक टुथब्रस आफ्ना बच्चाहरूलाई सानैदेखि ब्रस गर्ने बानी बसाल्न सुरु गरिहाल्न चिकित्सकहरूले सुझाव दिएका छन् । दिनहुँ दाँत ब्रस गर्नाले र मुख सफा राख्नाले, गिंजाको रोग मात्र हैन, निमोनिया हुने सम्भावनासमेत कम हुने एउटा अनुसन्धानले पत्ता लगाएको छ । अमेरिकास्थित स्कुल अफ मेडिसिनको एउटा समूहले गरेको अनुसन्धानअनुसार निमोनियाको समय फोक्सोमा हुने समस्यासँगै मुखमा जीवाणुको संख्यामा समेत वृद्धि हुन्छ । त्यही मुखमा पाइने जीवाणु निमोनियाको कारक हुन्छ । अनुसन्धानको परिणामका आधारले मुखमा पाइने जीवाणुलाई नियन्त्रित गरेर निमोनियालाई धेरै हदसम्म रोक्न सकिन्छ । बेलायतमा ६ लाख २० हजार व्यक्ति निमोनियाका शिकार हुन्छन् र यसमध्ये ५ प्रतिशतको ज्यान जान्छ । तर ब्रिटिस डेन्टल फाउन्डेसनका अनुसार ब्रस गर्ने बच्चाहरूमा निमोनियाको संक्रमण कम देखिएको छ । गर्ने बच्चाहरूमा निमोनियाको संक्रमण कम देखिएको छ । गाजर स्तन क्यान्सरको लागि उपयोगी गाजर र सखरखण्ड (सुठुगी) को सेवन स्तन क्यान्सरको सुरुवाती चरणमा लाभप्रद हुन्छ । गाजर र सुठुनीमा रेटोनोइक अम्ल पाइन्छ । वैज्ञानिकहरुका अनुसार महिलाको स्तन क्यान्सरको कारक कोशिकामा हुने प्रारम्भिक परिवर्तनलाई यो अम्लले रोक्न सक्छ । यो अम्ल भिटामिन ‘ए’ सँगै निस्किन्छ । कोशिकाको विकास, विस्तार र जीवनलाई प्रभावित गर्ने रसायन हाम्रो छालालाई पुनः युवा बनाउनमा काम आउन सक्छ । यो रसायनको एउटा सानो मात्रा एन्टिरिकल (चाउरी हटाउने) क्रिममा समेत उपयोग हुन्छ । वैज्ञानिकहरुका अनुसार यो अनुसन्धानको लक्ष्य यो तथा यस्तै प्रकारका अन्य रसायनको सहयोगले क्यान्सरको उपचार खोज्नु हो । मुख्य वैज्ञानिक फिलाडेल्फियाका फाकस केस क्यानसर सेन्टरका डा. सेडूा फर्नान्डेसका अनुसार यदि क्यानसर बढी मात्रामा बृद्धि भएको छ भने रेटोनोइक अम्लको माध्यमले त्यसको विकास क्रमलाई परिवर्तन गर्न सकिंदैन । उनी के भन्छन् भने रेटोनोइक अम्ल क्यान्सरको प्रारम्भिक चरणमा सफल छ र यसले यो कोशिकाको बृद्धि हुने प्रक्रियालाई उल्ट्याउन सक्छ । पुरुषको स्तन पनि महिलाको जस्तै किन हुन्छ ? कुनै–कुनै पुरुषको स्तनको आकार ठ्याक्कै महिलाको जस्तो हुने गरेको पाइन्छ । यस्तो किन हुन्छ भन्ने सम्बन्धमा खोजकर्ताहरूले अनुसन्धान गरेका छन् । महिलाको जस्तै स्तन पुरुषमा हुनुलाई ‘गाइनिकोस्टिया’ भन्ने गरिन्छ । महिलाको स्तनको मुन्टो जस्तै पुरुषको भएर जाँदा पुरुषहरूमा अलि बढी लज्जाको स्वभाव हुने गरेको पाइएको छ । महिलाको स्तन जस्तै स्तनको आकार भएका पुरुषहरू छाती नाङ्गो बनाएर सार्वजनिक स्थलमा देखापर्न लजाउने गरेको पाइएको छ । खासगरी पौडी खेल्ने बेलामा त्यस्ता पुरुषहरू लजाउने गर्दछन्, यस्तो अवस्थालाई प्लाष्टिक सर्जरी वा उपचारबाट सामान्य अवस्थामा पु¥याउन सकिने चिकित्सकहरूको सुझाव पाइएको छ ।

Post a Comment

0 Comments