janirakhaun

स्तनपान गराउँदा आमा पनि बलियो हुने ! एउटा नयाँ अनुसन्धानलाई आधार मान्ने हो भने आमाको दूधले शिशुलाई मात्र बलियो बनाउँदैन, स्तनपान गराउँदा आमालाई समेत शक्ति प्राप्त हुन्छ । अनुसन्धानबाट शिशुलाई बोतलको दूध खुवाउने आमाको दाँजोमा स्तनपान गराउनेहरू नवजात शिशु र आफ्नो बढी नै आक्रामक रुपले रक्षा गर्न सक्छन् । यो अध्ययन जर्नल साइत्रकोलजिकल साइन्समा प्रकाशित भएको हो । अनुसन्धान अनुसार स्तनपानले महिलालाई अतिरिक्त साहस दिन्छ । शरीरको विशिष्ट डर प्रतिक्रियालाई दवाउनका लागि उनीहरूलाई यो साहसको आवश्यकता हुन्छ । अन्य महिलाको दाँजोमा स्तनपान गराउने महिलाको रक्तचाप पनि नियन्त्रित हुने अनुसन्धानले दावी गरेको छ । क्यालिफोर्निया विश्वविद्यालयका प्रा. जेनिफर हानहोलब्रुकका अनुसार शिशुको स्वास्थ्य र प्रतिरोधकताका लागि स्तनपानको निकै फाइदाजनक छ, संंगै यसले आमालाई समेत फाइदा पु¥याउँछ । अनुसन्धान अनुसार आमा बन्ने बेलामा थुप्रै प्रकारको तनावहरु आई पर्न सक्छन् । स्तनपानका कारण यस प्रकारका तनावबाट उनीहरू सजिलै मुक्त हुन्छ । यस बाहेक आमालाई आफ्नो र बच्चाको सुरक्षाको आवश्यकता पर्दा उनीहरू स्तनपानले गर्दा बलियो मानसिक अवस्थामा हुन्छन्, सहजै प्रतिरोधात्मक रुपमा अघि बढ्न सक्छन् । स्तनपान गराउने आमालाई प्राप्त हुने यो साहसको समेत एउटा सीमा हुन्छ । अनुसन्धान अनुसार यदि उनीहरूको शिशुका लागि केही खतरा आइप¥यो भने स्तनपान गराउने आमा आक्रामक तरिकाले आफ्नो शिशुको रक्षा गर्न सक्छन् । स्तनधारीमा यो प्रक्रियालाई लेक्टेसन एग्रेसन वा मेटरनल डिफेन्स भनिन्छ । यौनको पनि उमेर हुन्छ ! कम उमेरमा यौन सम्बन्ध राख्ने किशोर किशोरीहरुको मानसिक विकास अवरुद्ध हुन्छ । ओहियो स्टेट विश्विद्यालय अन्तर्गत कलेज अफ मेडिसिन्सका वैज्ञानिकहरुका अनुसार किशोरावस्थामा तन्त्रिका प्रणाली विकासको प्रक्रियामा हुन्छ । सँगै किशोरीको प्रजनन अंग समेत विकासको अवस्थामा हुन्छ । यस्तो बेलामा यौनसम्बन्धको व्यापक नतिजा देखिन सक्छ । कम उमेरमा यौन सम्बन्ध राख्नाले डिपे्रशनको स्तरसमेत बढी हुन्छ । यसैले किशोर अवस्थामै यौन सम्बन्ध कायम गर्नुको सट्टा वर्ष पुगेपछि मात्रै गरिने यौन सम्बन्धले फाईदा पु¥याउँछ । यौन क्रियामा भारतीयहरु अगाडि यौन क्रियाका मामिलामा भारतीयहरुको रुची बढ्दो क्रममा रहेको छ । पछिल्लो अध्ययन अनुसार १९ प्रतिशत भारतीय दिनहुँ यौन समागमा सामेल हुन्छन् । सातामा तीन देखि पाँच पटकसम्म सहवासको इच्छा राख्ने भारतीयहरुको संख्यामा वृद्धि भइरहेको छ । २० प्रतिशत भारतीय यौनक्रियामा सक्रिय रहने सर्वेक्षणले देखाएको छ । त्यो सर्वेक्षणमा एक हजार व्यक्तिसँग उनीहरुको यौन जीवनबारे प्रश्न गरिएको थियो । २६ प्रतिशतले आफूहरुले सातामा दुईदेखि तीन पटकसम्म यौनानन्द उठाउने गरेको बताएका थिए । १५ प्रतिशतले एकदेखि दुई महिनासम्म दुईपटक मात्रै यौन सम्बन्ध राखेको बताएका छन् । महिलाले भन्दा पुरुषले बढी यौनका बारेमा सोच्छन् पुरुषहरुको मस्तिष्कमा प्रत्येक सात सेकेण्डमा यौनबारे कुरा खेल्छ भन्ने मान्यता गलत रहेको नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित नयाँ अध्ययन परिणाम अनुसार, पुरुषहरु एक दिनमा औसत १९ पटक रतिरागात्मक सोचाइमा समय व्यतीत गर्छन् । अर्थात्, प्रत्येक ५० मिनेटमा एकपटक । यौन चिन्तनमा पुरुषहरु महिलाको तुलनामा अगाडि रहेको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । महिलाहरु प्रतिदिन कम्तीमा १० पटक त्यस्तो सोचाइमा भुल्ने गर्छन् । महिलाहरु यौनभन्दा खानपिनबारे बढी सोचमग्न हुने गर्छन् । यसबारे अध्ययनमा २ सय ८३ कलेज विद्यार्थीरुलाई सामेल गरिएको थियो । छात्रा १ सय ६३ जना थिए भने छात्र १ सय २० जना । सबैको उमेर १८ वर्षदेखि २५ वर्षसम्मको थियो । उनीहरुलाई सोधिएको थियो दिनहुँ कतिपटक यौनबारे सोचाई आउने गरेको छ ? छात्रहरुको औसत उत्तर रह्यो १९ पटक । छात्राहरुले भने अनुसार उनीहरु औसतमा प्रतिदिन १० पटक यौन सोचाईमा रम्दा रहेछन् । अर्कोतर्फ उनीहरु दिनहुँ १५ पटक खानपिनबारे सोच्दा रहेछन् ।

Post a Comment

0 Comments