rochak bishwo

ब्याक्टेरियाका कारण रुघा नलाग्ने मौसम चिसो भयो कि नाक बग्ने र घाँटी खसखसाउने वा खोकी लाग्ने समस्याले मान्छेलाई सताउने गर्छ । घाँटी खसखसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको संक्रमण हुनसक्छ तर ब्याक्टेरियाको संक्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ । भाइरसको संक्रमण हो भने एन्टिबायोटिक्सले असर गर्दैन । त्यसैले भाइरसको संक्रमणले घाँटी खसखसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार गर्न सकिने एजेन्सीहरूले जनाएका छन् । नुन पानीले गार्गल गर्ने परम्परा शताब्दीयौंदेखि चल्दै आएको छ । यसले काम गर्छ । मनतातो पानीले गार्गल गरेमा झनै राम्रो । विभिन्न खालका चियाले पनि घाँटी खसखसाउने समस्या हटाउन मद्दत पुग्छ । अदुवा, कागती र दालचिनी हालेर बनाइएको चिया दुई÷तीन कप पिउने गरेमा फाइदा हुन्छ । यसैगरी अदुवामा कागती र मरिच हालेर पनि चिया बनाउन सकिन्छ । यसले घाँटबिाट कफ पनि बाहिर निकाल्छ । घाँटी खसखसाउने समस्या भएमा घाँटीभित्र सुख्खा हुन दिनु हुँदैन । पर्याप्त पानी र चिया पिउने गरेमा घाँटी सुख्खा हुन पाउँदैन । ब्यायामबिनै तौल घटाउने यस्तो काइदा पछिल्लो समय बढ्दो मोटोपन धेरैका लागि टाउको दुखाईको विषय बनेको छ । व्यस्तताले जिम जाने वा नियमित व्यायाम गर्ने समय पनि मिलाउन हम्मेहम्मे हुन्छ । तर, अब चिन्ता नलिनुस् । अब कार्यालयमा उभिएर काम गर्दा पनि तपाईको वजन घट्ने भएको छ । चेस्टर विश्वविद्यालयका कसर विशेषज्ञ जोन बकलेका अनुसार हरेक दिन तीन घण्टा उभिएर काम गर्दा ३.६ प्रतिशत किलोगा्रम वजन घट्छ । दिनभर अपिसमा बसेर काम गर्नेहरुले आ नो कुर्सीलाई थन्याएर उभिएर काम गर्नु पर्ने उनको भनाई छ । उनका अनुसार ३ घण्टा उभिएर काम गर्दा शरीरबाट १ सय ४४ क्यालारी कम हुन्छ । उनी आफैं पनि यस्तो मेचको प्रयोग गर्छन्, जसमा उभिएर काम गर्न सक्छन् । उनी भन्छन्, यति लामो समयसम्म बस्न आवश्यक छैन् । चचिर्त लेखक अर्नेस्ट हेमिङग्वे उभिएर लेख्न माहिर थिए । उनले सन् १९५० मा एक पत्रमा लेखेका थिए, लेख्दा वा यात्रा गर्दा तपाईको मोटोपन बढ्छ, दिमाग हैन । मलाई उभिएर लेख्न मनपर्छ । अर्का लेखक भ्यादिमिर नाबोकोव पनि उभिएर लेख्न रुचाउँथे । पछिल्लो रिपोर्टहरुका अनुसार कार्यालयमा लामो समयसम्म बसेर काम गर्ने तथा आवश्यकताभन्दा बढी आराम गर्नेहरुमा स्वास्थ्य सम्बन्धि समस्या बढ्छ । लामो समयसम्म बसेर काम गर्दा मधुमेहको खतरा बढ्छ । स्मरणशक्ति बढाउन ४० सेकेण्डको फर्मूला के तपाइँलाई कहिलेकाहिँ यस्तो महसुस हुन्छ की तपाइले पुराना कुराहरु भुल्दै जानुभएको छ ? यस्ता पूराना यादहरु चाहे जुनसुकै प्रकारका हुन सक्छन् । तर जब त्यसलाई सम्झिने कोसिस गर्नुहुन्छ तब केही कुरा यादमै आउन्नन् त केही यादहरु निकै धमिलो भएका हुन्छन् । हुनत सबै कुरा सम्झिन सकिँदैन । तर कहिलेकाहीँ जिवनका निकै महत्वपूर्ण घटनाक्रम वा सम्झिनै पर्ने कुराहरु पनि भुलिएको हुन्छ । तर तपाइँले आफ्नो स्मरण क्षमतालाई बढाउन सक्नुहुन्छ । निकै सामान्य तरिकाले, केवल ४० सेकेण्डको प्रयासमा । बेलायतको ससेक्स विश्वविद्यालयका क्रिस बर्डको अनुसन्धान अनुसार यदि केही सेकेण्ड समय निकालेर तपाइँ आफ्नो कल्पनाशीलताबाट केही काम लिनुभयो भने तपाइँको स्मरणमा निकै सुधार हुनेछ । बर्डले आफ्ना विद्यार्थीहरुलाई मस्तिष्क स्क्यानरको सामुन्ने सुत्न लगाए र उनीहरुलाई यु ट्युबका छोटा भिडियो क्लिप देखाए । त्यसमा केही यस्ता भिडियोहरु पनि थिए जहाँ छिमेकीहरु एक अर्कालाई जोक सुनाइरहेका थिए । यी भिडियोहरु देखाइसकेपछि विद्यार्थीहरुको एक समुहलाई ४० सेकेण्डको समय दिइयो ता की उनीहरुले भिडियोका दृश्यहरुलाई आफ्नो दिमागमा रिप्ले गरुन् र आफुले देखेका कुरा आफैलाई बताउन् । अर्को समुहलाई भने एक पछि अर्को भिडियो देखाउँदै गए । आफ्नो मस्तिष्कमा आफै भिडियोहरु दोहोराउने पहिलो समूहका मानिसहरु हप्ता, दुइ हप्तापछि पनि आफुले भिडियोमा देखेका दृश्यहरु सम्झिने क्षमता त्यसरी मनन गर्न नपाएका समुहका मानिसमा भन्दा दोब्बर बढि भएको पाइयो । यसबाट के प्रमाणित भयो भने कुनैपनि घटनालाई जब हामी मस्तिष्कमा दोहोराउँछौँ त्यसलाई सम्झिने सम्भावना दोब्बर हुन्छ । यो प्रयोग तपाइँ आफै पनि गर्न सक्नुहुन्छ । बर्डले आफ्नो प्रयोगमा यो पनि देखे की मस्तिष्क स्क्यानबाट प्राप्त प्रमाणले पनि यो विधिबाट मानिसको स्मरण क्षमता बढ्ने पुष्टि गर्दछ । जो विद्यार्थीहरुले भिडियोका दृश्य तथा घटनाहरुलाई आफ्ना अन्य स्मरणहरुसँग जोडे उनीहरुमा ती घटना तथा दृश्यलाई सम्झनामा राख्ने सम्भावना अझै बढेको पाइयो । अर्थात् यदि कुनै कुरालाई लामो समयसम्म याद राख्न चाहुनुहुन्छ भने एक मिनेट समय निकाल्नुहोस् र त्यसलाई मस्तिष्कमा फेरि दोहोराउनुहोस् । त्यो घटनाको आफै रोचक वर्णन गर्ने तथा अथ्र्याउने गर्नुहोस् जसबाट तपाइँले त्यसलाई स्मरण गर्ने सम्भावना झनै बढ्दछ । उनका अनुसार कुनैपनि घटना तब राम्रो सँग स्मरण हुन्छ जब घटनाको तुरुन्तै पछि त्यसको विवरण तपाइँले आफैलाई बताउनुहुन्छ । बीबीसी

Post a Comment

0 Comments