कार दूर्घटनामा प्रकाश पौडेलको निधन, लकस श्रेष्ठ घाइते

साँखु÷गत पौष ३० गते बिहानै झापा जान हिँडेको बा ६ च ८९५२ नं. को स्यान्ट्रो कार कुसाहा ९ स्थित जमुवा खोलाको पुलमा ठोक्किई दूर्घटना हुँदा एभरग्रीन उच्च माविका प्रिन्सिपल लकस श्रेष्ठ, शिक्षकहरु रवि सिलवाल र देवराज घिमिरे घाइते भएका छन् भने सोही स्कूलका शिक्षक प्रकाश कुमार पौडेलको घटनास्थलमै मृत्यु भएको दुःखद खबर प्राप्त भएको छ । उहाँहरु चारै जना एकदिन अगाडि झापा जान भनि साँखुबाट दिउँसो करिब ३ बजेतिर उतातिर प्रस्थान गरेका थिए । घाइतेहरुलाई पहिले जिल्ला अस्पताल सुनसरी पु¥याइएको थियो त्यसपछि विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइएको थियो । त्यहाँबाट पनि स्थिती नसुध्रिएपछि हेलिकप्टरबाट प्रिन्सिपल लकस श्रेष्ठ र शिक्षक देवराज घिमिरेलाई हेलिकप्टरद्वारा काठमाडौँ धापासीस्थित ग्राण्डी हस्पिटल पु¥याइएको थियो । लकस श्रेष्ठका दाजु एलपी श्रेष्ठले दिएको जानकारी अनुसार घाइते दुवै खतरामुक्त रहेका छन् । घाइते लकस श्रेष्ठ एमआईसीयुमा र देवराज घिमिरे आईसीयूमा उपचाररत छन् ।

Post a Comment

0 Comments