ई. राजदास श्रेष्ठ मिखाईल गर्वाछ्योभको पूरा नाम मिखाईल सेर्गेईभिछ् गर्वाछ्योभ हो । उनी सन् १९३१ मार्च २ तारिखमा रुसको दक्षिण पश्चिम भागमा रहेको स्टाभरोपोल क्षेत्रमा प्रिभोल्नाय भन्ने ठाउँमा एक किसान परिवारमा जन्मेका थिए । र गत अगष्ट ३० तारिख २०२२ मा रुसी महासंघको राजधानी मस्को शहरमा उनको मृत्यु भएको थियो । दोस्रो विश्वयुद्धको समाप्तीपछि सन् १९४५ मा गर्वाछ्योभ सोभियत कम्युनिष्ट पार्टीको युवा दस्ता कस्सोभोलमा सामेल भएका थिए । र एक युवा सोभियत कम्युनिष्टको रुपमा आफु जन्मेको स्टाभ््रोपोल क्षेत्रमा ४ वर्ष सम्म एक बाली काट्ने मेशीन कम्वाईन चलाएर कृषि…
ई. राजदास श्रेष्ठ विश्व ईतिहासमा बहुचर्चित राजनीतिक नेताहरुमध्ये मिखाई सेर्गेई गर्वाछ्योभ पनि एक हो । विगत सोभियत संघका एक शक्तिशाली राष्ट्रपति मिखाईल गर्वाछ्योभको यही २०२२ अगष्ट ३० गते मृत्यु भएको थियो । सन् १९३१ मार्च २ तारिख जन्मनुभएका सोभियत नेता मिखाईल गर्वाछ्योभ सन् १९८५ देखि १९९१ सम्म तत्कालीन सोभियत संघका राष्ट्रपति भए । र उनी महान समाजवादी अक्टोवर क्रान्तिपछि स्थापना भएको विशाल सोभियत संघको अन्तिम राष्ट्रपति हुन पुगे । उनको कार्यकाल समाप्तिसँगै संसारमै सबभन्दा ठूलो र विश्वमा एक शक्तिशाली राष्ट्र सोभियत संघको पनि विघटन हुन गयो । जुन वा…
साँखु पालुवारीमा आयुर्वेदिक अस्पताल र रेकी ध्यान केन्द्र बन्ने ! रेकी ध्यान केन्द्र र उद्यानको लागि ई. श्रेष्ठले २० लाख दिने ! लावण्य/साँखु । यही असोज २१ गते शुक्रवार साँखुका समाजसेवी ई. राजदास श्रेष्ठले श्रीकृष्ण प्रणामी आश्रममा पुगेर श्री कृष्ण प्रणामी मन्दीर साँखुका संस्थापिका विदुषी माता सपना देवी श्रेष्ठ मार्फत् पालुवारी स्थित “किसान एग्रो फार्म”का संचालक धर्मराजलाई अग्रिम पेश्की हस्तान्तरण गर्नुका साथै उहाँ मार्फत् पहिलो सुन्तलाको बोट विदुषी माता सपना देवी श्रेष्ठलाई हस्तान्तरण गरियो । यो योजनाको विस्तृत जानकारी यस्तो रहेको छ – श्रीकृष्…
२०७९ जेष्ठ १४ गते लावण्य/साँखु । नेपाल भाषा साहित्यक्षेत्रमा यस वर्ष विभिन्न पुस्तकहरु प्रकाशन भएको छ । ती प्रकाशित कृतिहरुमध्येबाट “सम्वत सन्दर्भ छगू दुवाला” को लागि कुतः राजदास सिरपा दिईएको छ । सो पुरस्कार वितरण कार्यक्रमको आयोजना सूर्यविनायकको भक्तपुर पार्टी प्यालेस गपलीमा गरिएको थियो । पुरस्कारको राशी नगद ५० हजार र प्रमाणपत्र रहेको छ । पुरस्कार वितरण कार्यक्रमका सभापति एवं समाजसेवी एवं नेपाल भाषापे्रमी पञ्चवीरसिंह तुलाधरले सो पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा केमिकल ईञ्जिनिरयर राजदास श्रेष्ठले पुरस्कार स्थापना गर्नुको उद्देश्यबार…
– अमृतानन्द बज्राचार्य – नेपाल मण्डलको उत्पत्ति हुनुभन्दा अगाडि यस स्थान एक कालीनाग दहको रुपमा रहेको हामी विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाउँछौँ । यस दहलाई बोधिसत्व श्री महामञ्जुश्रीद्वारा आफ्नो खड्गहासको माध्यमबाट छेदन गरी यस क्षेत्रलाई मानव बसोबास योग्य बनाए र आफुसँगै ल्याएका शिष्य धर्मादित्यलाई राज्याभिषेक गरी आफु फेरी महाचीनतर्फ प्रस्थान भए भनेर विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको हामी पाउँछौँ । नेपाल मण्डलको प्राचिन नगर साँखुलाई स्थानीय नेपाल भाषामा “सक्व दे” भनिन्छ । जसको अर्थ “सँ देया क्वे” यानी ल्हासा मुनिको देश भनेर बुझिन्छ जुन…
– प्रकाशमान सक्व – साँखु र भक्तपुरको बिस्काः जात्राको लिङ्गो र हलिंपताको तुलनात्मक विवरण ः साँखु भक्तपुर लिंगोको लम्बाई ३२ हात लिंगोको लम्बाई ५५ हात हलिंपताः यौटा मात्र ११ हात हलिंपताः दुईवटा ३५ हात घण्टी यौटा मात्र घण्टी धेरै छन् गणेश, महालक्ष्मी, रुद्रायणी पूजा, भैरव रथयात्रा प्रत्येक वर्ष मेष संक्रान्ति अर्थात् बैशाख १ गतेलाई स्वागत गर्न साँखुको चलाखु टोलको महालक्ष्मी अष्टमातृका पीठको सामुन्ने लिङ्गो ठड्याई भव्यताका साथ बिस्काः जात्रा मनाउने गर्दछन् । कालान्तरमा यःसिं…
लावण्य/साँखु । नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा यही बैशाख ३ गतेबाट सुरु हुने भएको छ । हुनतः चैत्र २६ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । नेवार परम्परा अनुसार सोही दिन देखि साँखु बजारमा छालाको जुत्ता निषेध गरिन्छ भने पानी पर्दा समेत छाता ओढ्न नपाईने, घोडा हात्ति चढ्न नपाईने, घर भत्काउन नपाईने नयाँ बनाउन नपाईने, छतमा चढेर काम गर्न नपाईने जस्ता नियमहरु लागु हुन्छन् । साथै झै–झगडा गर्न नपाईने, साहुले ऋणीलाई समात्न नपाईने यी र यस्ता नियमहरु नायखिं च्वयेकेगु अर्थात् उर्दी लाउने गरिन्छ । त…
प्रशिक्षार्थी पत्रकार दिपेश मानन्धर कान्तिपुर क्याम्पस २०७८ चैत्र १९ गते लावण्य/साँखु । ममता अजिमाको नामले प्रशिद्ध भाटभटेनी देवीको दुई तल्ले मन्दिर भाटभटेनी सुपर मार्केट नजिकै रहेको छ । यही देवीको नामले नै भाटभटेनी सुपरमार्केटको नाम राखिएको हो । यस देवीलाई नाम लिन नहुने देवीको रुपमा चिनिन्छ । यस देवीलाई टाढा रहनु भएको देवीको नामा पनि चिनिन्छ । आकाशमा उडिरहेकी यस देवीलाई झुण्ड्याइएर राखिन्छ भने कहिल्यै जमिनमा छुवाउन नहुने मान्यता पनि रहेको पाइन्छ । नेपाली शैलीमा बनेको दुई तल्ले प्यागोडा शैलीको मन्दिरभित्र “अजिमा” उनका श्रीमान् र बच्चा गरि तीन …
साँखु जेसीजको आयोजनामा शंखारापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । २०७८ चैत्र १९ गते लावण्य/साँखु । साँखु जेसीजको आयोजनामा भएको बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी कार्यक्रमको शुभारम्भ गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बज्रयोगिनी क्षेत्र शंखरापुर नगरपालिकाको प्रमुख सम्पदा रहेको र यसको विकासको लागि आफु तत्पर रहेको बताउनुभएको छ । उहाँले आवश्यक बजेटको कहिल्यै कमी नगरेको स्पष्ट पार्नुभएको छ । त्यसैगरी विशेष अतिथि उप प्रमुख शुक्रलक्ष्मी श्र…
मचाराजा महर्जन नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक देश भएकाले यहाँ वर्षभरि कुनै न कुनै चाडपर्व, जात्रा, मेला र उत्सव परिरहेको छ । लोकतन्त्र स्थापनापछि त यस्ता चाडपर्वले विशेष महत्व पाउँदै आएका छन् । हाम्रो देश धर्मनिरपेक्ष घोषित भए पनि धार्मिक सहिष्णुता यहाँको विशेषता बनिसकेको छ । अहिले यो सबैका लागि सुखद् पक्ष बनेको छ । यस वर्ष होली चैत्र १३ र १४ गतेका दिन रंगीन पर्वका रुपमा परिचित फागुपूर्णिमा मनाउने तयारीमा सबै नेपालीले सोच बनाइसकेका छन् । हर्ष, उल्लास र उमङ्गको वातावरणमा मनाइने फागुलाई होली पनि भनिन्छ । फागुन महिनाको …
प्रस्तुत कर्ता – सिल्भिया श्रेष्ठ राजोपाध्याय (यो आलेख २०७५ साल २८ गतेको अंकमा प्रकाशित लेख हो । २०७५ साल माघ २३ गते नेवार श्रमजीवी पत्रकारहरुद्वारा गठित नेवाः पत्रकार कोषमा कोषका पदाधिकारीहरुको तर्फबाट एक लाख रुपैयाँको कोष स्थापना भएको थियो । कोषको मूल नारा “पत्रकारको लागि पत्रकार नै” थियो । “१९ हजार ५ सय रुपियाँ” नेपालको पत्रकारिताका क्षेत्रमा अहिले चर्चाको अंक भैरहेको संख्या हो । त्यसो त गएको दशैंताका २४ हजार ३ सय ७५ पनि चर्चाकै विषय बनेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि अहिलेलाई यो सख्यामा पूर्णविराम लगाएको छ । त्यसैले हालको लागि …
पाठक पत्र देगुँविहार (देवाचा) संरक्षण बारे शंखरापुर नगरपालिकाद्वारा विश्व सम्पदा सूचिमा सूचिकृत गर्न प्रयासरत साँखु, बज्रयोगिनी मन्दिर परिसर भित्रको देश–गुँ विहार . देगु विहार . देगुबाहा . देबाहा यानेकी गुँविहार (बज्रयोगिनी) र साँखु देश जोड्ने जक्सन विहार (हालसम्म पनि ऐतिहासिक÷पौराणिक महत्व बोकेको बौद्ध स्तुप÷चैत्य, पाटी÷सत्तल एवं विार परिसर यथावत छ), पौराणिक÷प्राकृतिक बगैँचा, खोल्सा, नागांचा पाख÷परिसर लगायत सो स्थान वरपरको मूर्त÷अमूर्त भौतिक÷साँस्कृतिक÷प्राकृतिक सम्पदामा (तपशिलमा उल्लेखित अवश्यम्भाव्य समस्याले) गम्भीर आँच आउने किसिमले सिमित व…
file photo शालिनदीमा चौथो दिन दाता नानीहेरा महर्जनले १२ लाख ९१ हजार ५ सय दान गरे लावण्य/साँखु । कोभिड–१९ का त्रासका बीच सुरु भएको माधवनारायण व्रतमा चन्दा दाताहरुको ओइरो लागेको छ। यसै क्रममा चौथो दिन आज बिहान सखारै श्री माधवनारायण व्रत तथा शालिनदी सुधार समितिले काठमाडौँ ताहाचल निवासी दाता नानीहेरा महर्जनबाट श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई रु १२ लाख ९१ हजार ५ सय सहयोग गर्नु भएको छ । वहाँ र वहाँ का समस्त परिवारलाई भगवान श्री माधव नारायणले सदैब रक्षा गरून् भन्दै समितिले आभार व्यक्त गरेको छ । उहाँले गत वर्ष पनि ८ लाख ५० …
यो मूर्ति २०३४ सालतिर चोरिएको स्थानीय बताउँछन् – क्रिस्टिना श्रेष्ठ – २०७८ पौष १४ गते लावण्य÷साँखु । नक्सालको सुवर्ण किर्ति बिहारमा रहेको पूर्णकदको करुणामयको मूर्ति २०३४ साल तिर चोरिएको थियो । सो मूर्ति चोरी गरिसकेपछि चोरहरुले बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भएपछि हनुमान ढोका प्रहरी परीसरमा पुग्यो । त्यत्तिबेला देखि सो मूर्ति बारे खासै सोधखोज भएनन् अथवा मूर्ति पुनस्र्थापित गर्ने कोशिस भएन । तर यस पटक भने सम्पदा अभियन्ता यादवलाल कायष्थको टोली सो मूर्ति पुनस्थापित गराउन कोशिस गरिरहेको छ । सो मूर्ति प्रहरी परीसरब…
“ल्हासामा नेपालीले दाँतले चपाएर सुन चिन्थे” – प्रबिता श्रेष्ठ – (साँखुका राजभाई श्रेष्ठको अनुभवमा आधारित यो लेख काठमाण्डु पे्रस डटकमबाट साभार गरिएको हो । –सम्पादक) काठमाडौं, मंसिर १८ ः ‘ए छं नेवा भ्या सलाः’ राजा त्रिभुवनले नेपालभाषामा राजभाइलाई प्रश्न गरे– ‘तिमीलाई नेपालभाषा बोल्न आउँछ ? ‘राजा त्रिभुवनले नेपालभाषा बोलेको सुन्दा म छक्क परेँ,’ ८४ वर्षीय राजभाइ श्रेष्ठ (तीर्थबहादुर श्रेष्ठ) आश्चर्यभावमा भन्छन्, ‘नेपालभाषा हामीले भन्दा उहाँले राम्रो बोल्नुहुन्थ्यो ।’ २०१० सालमा तिब्बतीहरू डेलिगेसनसहित नेपाल आएका थिए, उनीहरूले वार्षिक बुझाउनुपर्ने…
२०७८ पौष ९ गते लावण्य/साँखु । प्रत्येक वर्ष साँखुमा सञ्चालन हुने माधवनारायण व्रतको लागि व्रत नाईके (कजी) को नियुक्ति भएको छ । साथै कजीले आफु अनुकूल सुन्टोलकै दिनेश श्रेष्ठलाई देवता बोक्ने (म्ह्याय्मचा) समेत चयन गरिसकेको छ । माधवनारायण व्रत परम्परा अनुसार भगवान माधवनारायणलाई पूजा सहित किसली चढाउने कार्य यही पौष ७ गते सम्पन्न भएको छ । कजीको चयनसँगै माधवनारायण व्रतको प्रक्रिया सुरु भएको मानिन्छ ।
२०७८ पौष १० गते लावण्य/साँखु । आजभन्दा करीब ३० वर्ष अगाडि चोरिएको ब्रम्हाको मूर्ति गौशाला प्रहरी परीसरमा अलपत्र अवस्थामा रहेको छ । सो मूर्ति छैठौँ शताव्दीको रहेको र सो मूर्ति राखिएको ब्रम्हाको मन्दिर पनि जीर्ण अवस्थामा रहेको सम्पदा अभियन्ता यादवलाल कायष्थ बताउनुहुन्छ । उक्त मूर्ती ३० वर्ष अगाडि चोरी भएको र विदेश लान प्रयास गर्दा नसकिएपछि चोरहरुले सो मूर्ति चोरहरु बेपत्ता भए । असाधारण ब्रम्हाको सो मूर्ति हाल अत्यन्तै लापरबाही तरिकाले बेवारिसे अवस्थामा गौशालास्थित प्रहरी चौकीमा राखिएको उहाँले सामाजिक सञ्चाजमा पोष्ट गरिएको भिडियोमा पनि हेर्न सकि…
लावण्यकर्मी, ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरियो । – कृशु श्रेष्ठ – २०७८ असोज २० गते बुधवार लावण्य÷साँखु । साँखुका ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई यस वर्षको कमलबहादुर विष्ट स्मृति पुरस्कार यही असोज १९ गते प्रदान गरिएको छ । उहाँलाई सो पुरस्कार यस भेगको ईतिहास ,पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति को जगेर्ना गर्नको लागि अथक प्रयास गरे वापत प्रदान गरिएको हो । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ । पुरस्कृत हुनुभएका प्रकाशमान श्रेष्ठ सक्व लावण्य सन्दे…
२०७८ असोज १२ गते लावण्य/साँखु । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन देखि माघ शुक्ल पूर्णिमाको दिनसम्म एक महिना मेला लाग्ने स्थल साँखुको शालिनदीमा माधवनारायण व्रत सञ्चालन गरिने स्थानमा ३ करोड ५० लाखको लागतमा बन्न लागेको माधवनारायणको मूल मन्दिरको शिलान्यास यही असो ज १४ गते बिहीवार हुने भएको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाए अनुसार असोज १४ गते बिहान ८ बजे शिलान्यास कार्यक्रम रहेको छ । शिलान्यासमा प्रमुख अतिथिको रुपमा ३ वटा नगरपालिकाका प्रमुखहरुले संयुक्तरुपमा शिलान्यास गर्ने बुझिएको छ। शंखरापुर नगरपालिकाका प्रम…
सामाजिक संजाल