(काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा “ख” मा नेकपा एमाले बाट उम्मेदवारी दिनुभएका पूर्व मेयर सुवर्ण श्रेष्ठ शालिन नेताका रुपमा चिनिन्छ । पूर्वी भेगमा श्रेष्ठलाई तनावकै अवस्थामा समेत रिस थाम्न सक्ने व्यक्तिका रुपमा लिने गरिन्छ । काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगको ऐतिहासिक एवं साँस्कृतिक नगरीमा जन्मनुभएका सुवर्ण श्रेष्ठ बुबा उत्तरबहादुर श्रेष्ठ र आमा दिलमाया श्रेष्ठको कोखबाट वि.सं. २०२१ सालमा सानागाउँमा जन्मिनुभएको हो । उहाँ २०३८ सालदेखि राजनैतिक रुपमा सक्रिय हुनुभएको हो । उहाँले कानुन विषय लिई प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएको छ । उहाँले नेकपा …
(काठमाडौँ क्षेत्र नं. २ मा आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) तर्फबाट उम्मेदवार बन्नुभएका कम्युनिष्ट नेता ओनसरी घर्ती मुलुकको राजनीतिको लागि नयाँ नाम होईन । उहाँ यस अघि पनि २०६४ को संविधानसभाको निर्वाचनमा समानुपातिकबाट र २०७० को संविधानसभाको निर्वाचनमा रोल्पाबाट विजय हासिल गरी संविधानसभाको गरिमामय सभामुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँले २०७२ देखि २०७४ सालसम्म सभामुखको जिम्मेवारीमा बसेर कार्य गर्नुभएको थियो । यस पल्ट वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका घर्ती आम जनसमुदायले आफूलाई मत हाल्…
आम नागरिकको लागि प्रति व्यक्ति १ लाख सम्मको बिमा निशुल्क गरिनेछ । मेयरको लागि प्रदान गरिएको गाडी सुविधा नलिने प्रतिवद्धता जाहेर गर्दै, मेयरको तलब भत्ता लगायतका सुविधाको आधा सामाजिक कार्यमा र आधा पार्टी निर्माणको लागि खर्च गरिने प्रतिवद्धता व्यक्त गर्दछु ।– एलपी श्रेष्ठ ( काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगकै शहरोन्मुख नगरपालिका शंखरापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट मेयर पदमा उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव एलपी श्रेष्ठ (लक्ष्मी प्रसाद श्रेष्ठ) बुबा लक्ष्मण श्रेष्ठ तथा आमा शिवमाया श्रेष्ठक…
मलाई लाग्छ युवाहरुकै मतले म विजयी हुन्छु । किनकी मैले युवाहरुसँग मिलेर काम गर्ने अवसर पाएको छु । उनीहरुको भावना बुझेर परिवर्तनका एजेण्डा बोकेको छु । “हामीलाई सेवा गर्ने मौका दिनोस् हामी समृद्ध कागेश्वरी मनहरा नगरपालिका दिन्छौँ । – कार्की (गत स्थानीय तह निर्वाचन २०७४ मा उम्मेदवार बन्दै गर्दा नेपाली काँगे्रसबाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरमा उम्मेदवारी दिनुभएका नेपाली काँगे्रसका नेता उपेन्द्र कार्कीसँग त्यत्तिबेला चुनाव अगाडि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । आम जनताले आफुले मतदान गरेका नेताले के गरे गरेनन् छुट्याउन सजिलो हुने अप…
मैले चुनाव जित्ने प्रमुख आधार भनेकै मेरो राजनैतिक सामाजिक भूमिका नै हो । म यस शंखरापुर नगरपालिकामा करिब ३० वर्षदेखि परिचित व्यक्ति हुँ । मैले राजनैतिक पदहरुमा रहँदा र नरहँदा पनि तथा सामाजिक भूमिकामा रहँदा पनि कोही कसैलाई लाखा पाखा नगरिएको र परिवर्तित राजनैतिक व्यवस्थाले मात्रै जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने मेरो ठहर भएको हो । –सुवेदी (गत स्थानीय चुनाव २०७४ मा उम्मेदवार बन्दै गर्दा नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका नेता कृष्णराज सुवेदीसँग त्यत्तिबेला चुनाव अगाडि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएक…
शंखरापुर नगरपालिकालाई सुन्दर, सफा, स्वच्छ, हराभरा बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नेछौं । वडा वडाका मुख्य सडकहरुलाई दुई वर्षभित्र स्तरोन्नति गरेर ब्यवस्थित बनाउने छौं । बर्षायाममा प्रयोग गर्न नसकिने सडकलाई बाह्रै महिना प्रयोग गर्न उपयुक्त हुने बनाउने छौं । कमसल सडक निर्माण गर्ने बेथितिको अन्त्य गर्नेछौं । – नापित काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको नगरी शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्पmबाट मेयर पदमा घोषित उम्मेदवार रमेश नापित आगामी बैशाख ३० गते हुने स्थान…
सामाजिक संजाल