भक्तपुर–१(ख) मा गोसाई बाहेक सबै उमेदवारको जमानत जफत ८ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१(ख) को प्रदेश सभा सदस्यमा नेमकिपाका सुरेन्द्र राज गोसाईले २९ हजार ७०४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका पवन भुजुले ३ हजार १६१ मत प्राप्त गरेका छन् । गोसाईले निकटतम प्रतिद्वद्वि काँगे्रसका भुजुलाई २६ हजार ५४३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ गोसाईको विपक्षमा रहेका सबैको मत जोड्दा ८ हजार ४९२ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि गोसाईलाई हराउन २१ हजार २१२ मत आवश्यक हुन्छ । आयोगका अनुसार …
भक्तपुर–१ मा सत्ता गठबन्धनका उमेदवारको जमानत जफत ८ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत पाउँदा पाँचदलीय सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुनील गोठेको जमानत जफत भएको छ । उनले ५ हजार २८३ मत पाएका थिए । सुवालले निकटतम प्रतिद्वद्वि नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ सुवालको विपक्षमा रहेका सबैको मत जोड्दा २८ हजार ९४८ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि सुवाललाई हराउन १३ हजार ८१४ मत आवश्यक …
भक्तपुर १ मा नेमकिपाबाट प्रेम सुवाल, प्रदेश सभातर्फ सुरेन्द्रराज गोसाई र मीनबहादुर बाटाले दिए उम्मेदवारी २३ असोज २०७९, आईतवार लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं १ मा प्रेम सुवाललाई नै दोहो¥याएको छ । २०७४ सालको निर्वाचनमा विजयी सुवाललाई नै नेमकिपाले मंसिर ४ गते हुने निर्वाचनको टिकट दिएको हो । नेमकिपाका केन्द्रीय सचिव सुवालले आइतबार भक्तपुर दरबार क्षेत्रस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका छन् । नेमकिपाले उक्त क्षेत्रको क मा मीनबहादुर बाटा र ख मा सुरेन्द्रराज गोसाईंको उम्मेदवारी दर्ता गरे…
लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँकी जीवनसंगिनी शोभा प्रधान बिजुक्छे अब रहिनन् । उहाँका धर्मपत्नी शोभा प्रधानको उपचारका क्रममा असार ८ गते बुधवार अपरान्ह निधन भएको थियो । उहाँको अन्तिम सँस्कार यात्रामा भक्तपुर नगरभरी नै शोक छाएको थियो । शान्त भक्तपुर नगरीमा जब शोभाको शव यात्रा निक्लियो भक्तपुरबासी भावविव्हल भएर हेरिरहे । उहाँको दाहसँस्कार भक्तपुरको हनुमानघाटमा गरिएको थियो । त्यहाँका उहाँका कान्छा सुपुत्र सुवानले उहाँको पार्थिव शरीरमा दागवत्ति दिएका थिए । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधा…
२०७९ असार ९ गते लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ । उहाँका धर्मपत्नी शोभा प्रधानको उपचारका क्रममा असार ८ गते बुधवार अपरान्ह निधन भएको जानकारी भक्तपुर नगरपालिका–९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले दिनुभएको थियो । उहाँको श्रद्धाञ्जली कार्यक्रम भोलि असार १० गते शुक्रवार दिउँसो १ बजे भक्तपुरमा गरिने भएकोछ । उहाँको पार्थिव शरीर भक्तपुर क्यान्सर अस्पताल नजिकै भक्तपुर नगरपालिका वडा नं. १ स्थित इनागः (सिद्धपोखरी) बाट सुरु हुनेछ । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता…
२०७९ असार ८ गते लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ । उहाँका धर्मपत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपरान्ह निधन भएको जानकारी भक्तपुर नगरपालिका–९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले दिनुभएको छ । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो । सुवेग र सुवानगरी उनका दुई छोरा छन् । लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्…
२०७९ जेष्ठ १४ गते लावण्य/साँखु । नेपाल भाषा साहित्यक्षेत्रमा यस वर्ष विभिन्न पुस्तकहरु प्रकाशन भएको छ । ती प्रकाशित कृतिहरुमध्येबाट “सम्वत सन्दर्भ छगू दुवाला” को लागि कुतः राजदास सिरपा दिईएको छ । सो पुरस्कार वितरण कार्यक्रमको आयोजना सूर्यविनायकको भक्तपुर पार्टी प्यालेस गपलीमा गरिएको थियो । पुरस्कारको राशी नगद ५० हजार र प्रमाणपत्र रहेको छ । पुरस्कार वितरण कार्यक्रमका सभापति एवं समाजसेवी एवं नेपाल भाषापे्रमी पञ्चवीरसिंह तुलाधरले सो पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा केमिकल ईञ्जिनिरयर राजदास श्रेष्ठले पुरस्कार स्थापना गर्नुको उद्देश्यबार…
मचाराजा महर्जन नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक देश भएकाले यहाँ वर्षभरि कुनै न कुनै चाडपर्व, जात्रा, मेला र उत्सव परिरहेको छ । लोकतन्त्र स्थापनापछि त यस्ता चाडपर्वले विशेष महत्व पाउँदै आएका छन् । हाम्रो देश धर्मनिरपेक्ष घोषित भए पनि धार्मिक सहिष्णुता यहाँको विशेषता बनिसकेको छ । अहिले यो सबैका लागि सुखद् पक्ष बनेको छ । यस वर्ष होली चैत्र १३ र १४ गतेका दिन रंगीन पर्वका रुपमा परिचित फागुपूर्णिमा मनाउने तयारीमा सबै नेपालीले सोच बनाइसकेका छन् । हर्ष, उल्लास र उमङ्गको वातावरणमा मनाइने फागुलाई होली पनि भनिन्छ । फागुन महिनाको …
एमसीसी विरुद्ध जुलुस, जसले हानेनन् प्रहरीमाथि ढुंगा, भाँचेनन् रेलिङ, बिगारेनन् फुटपाथ २०७८ फाल्गुन १२ गते लावण्य/साँखु । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा सदाबहार शालिन प्रतिपक्षी पार्टी नेपाल मजदुर किसान पार्टीले भद्र र शालिन जुलुस प्रदर्शन गरेको छ । एमसिसी सम्झौता खारेजीको माग तथा एमसिसी अनुमोदन गराउन लागिपरेका दल तथा दलका नेताहरुलाई खबरदारी गर्न पार्टीले निरन्तर रुपमा जुलुस गरिरहेको छ । सोही क्रममा बुधबार पनि सो पार्टीले कोटेश्वरदेखि बानेश्वरसम्म जुलुस गरेको छ । नेमकिपाको जुलुस भद्र र शालिन रहेको छ । जुलुसमा सहभागीहरुले उग्र …
लावण्य/साँखु । स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा सरकारले निकट भविष्यमै निर्णय गर्ने भएको छ । तरपनि सरकारपक्ष र प्रमुख प्रतिपक्षबीच भने यही विषयमा जुहारी चलिरहेको छ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माणलगायत कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाए । एमालेलाई समाप्त गर्ने बिषाक्त विचार …
लावण्य/साँखु । भक्तपुरमा शीतला एकादशीको अवसर पारेर माधव नारायणका व्रतालुले नगर परिक्रमा गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् । जाडोको बेलामा नांगो शरीरमै गर्नुपर्ने यो विधि कठोर मानिन्छ । पुरुष व्रतालुलाई जाडोमा राहत मिलोस् भनेर ठाउँ–ठाउँमा आगो बालेर स्थानीयले सघाएका थिए । भक्तपुरको हनुमानघाट प्रसिद्ध तीर्थस्थल हो । यहाँ साँखुको शालीनदीमा जस्तै माधव…
एमसीसीका मतियार खबरदार ! लावण्य÷साँखु । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेशसमेत नगर्न सरकार र सांसदहरुलाई दबाब दिँदै खवरदारी सभा गरेको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो । माइतिघर, पुरानो बानेश्वर, नयाँ बानेश्वरमा नारा र प्लेकार्डसहित नेपाल मजदुर किसान पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको हो । एमसीसीका मतियार खबरदार ! नेमकिपाद्वारा पुरानो बानेश्वर, नयाँ वानेश्वर र कोटेश्वरदेखि मीनभवनसम्म जुलुस गर्दै …
– कृशु श्रेष्ठ – २०७८ असोज २६ गते शुक्रवार लावण्य/साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन सकेको छ । भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभाग सदस्य जनकराज पाठकले रातोपाटीलाई जानकारी दिए । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोमा भक्तपुरमा भने कमल थापा र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी पक्षबीच भागबण्डा मिल्न नसक्दा तनावको अवस्था सिर्जना भएको हो । भक्तपुरमा वडा तहको अधिवेशन भएपनि क्षेत्र र जिल्लामा अधिवेशन हुन नसकेको राप्रपा…
२०७८ असोज ३१ गते लावण्य÷साँखु । असोज ३१ गते भक्तपुरको दुई छुटाछुटै स्थानमा दुई वटा नेपाल भाषाका साहित्य सम्मेलनहरु सुरु भएका छन् । ४१ औ नेपाल भाषा साहित्य सम्मेलन (तःमुज्या) भक्तपुरको देकोचास्थित ख्वप कलेजको प्राङ्गणमा सुरु भएको छ भने ६६ औ विराट नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) अजिमा पार्टी महल बाराहीपीठ भक्तपुरमा सुरु भएको छ । दुवै साहित्य सम्मेलन दुई–दुई दिन चल्नेछन् । ४१ औ नेपाल भाषा साहित्य सम्मेलन (तःमुज्या)को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुभएको छ भने अर्कोतिर ६६ औ विराट नेपाल भाषा साहित्य…
देउवा–सिटौलाको अर्को टिम – सेतोपातिबाट– काठमाडौंमा नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा फरक खालको छ । यहाँ सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको जरैसम्म प्रभाव देखिन्न । काठमाडौंमा शनिबार हुने पालिका तहको अधिवेशनमा पनि यो दृश्य फरक देखिनेछ । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तहमा शनिबार पालिका तहको अधिवेशन हुँदैछ । सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ । किनभने यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ । काठमाडौंमा पछिल्लो समय पूर्…
२०७८ असोज १ गते लावण्य/साँखु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशन यतिबेला केन्द्रीय विवादको विषय बनेको छ । जिल्ला सभापति कर्ण मल्ल समूहद्वारा बहिस्कार गरिएको वडा अधिवेशनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । डडेल्धुरामा क्रियाशील सदस्यताका विषयमा उत्पन्न विवादको बिउ अन्य जिल्लामा पनि रोपिने खतरा देखिन्छ । ०७७ फागुनमा गठित रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अधिकांश जिल्लाको विवाद टुङ्ग्याएको थियो । समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,…
भाद्र १२ गते लावण्य÷साँखु । नेपाल मजदुर किासन पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र र पञ्चहरुबाट भएको ज्यादतीबारे नयाँ पुस्तालाई थाहा दिन र राजनीतिक पूर्वाग्रह राखी दमन गर्ने काम आगामी दिनहरुमा पनि हुन सक्ने विषयमा सचेत पार्न वर्षेनी भक्तपुर काण्डको विरोध र भत्र्सना कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले भक्तपुर काण्ड भक्तपुरबासीहरुलाई जातीय हिसाबले दमन गर्ने पञ्चा…
– सहन श्रेष्ठ – २०७७ साउन २० गते लावण्य/साँखु । वर्तमान विसंगतिका कारण हो अथवा अरु नै केही तर विपरीत धु्रबका राजनैतिक सहयोद्धाहरु यही साउन २० गते राप्रपा प्रवेश गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी समर्थक शंखरापुरका युवाहरु राप्रपा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुको नेतृत्व युवा संघका केन्द्रीय सदस्य विशाल लामा (दोर्जे लामा ) र नेकपा एमाले शंखरापुर नगर कमिटी सदस्य छेवाङ लामाले लिएका छन् । उनीहरु सहित शंखरापुर न.पा.वडा नं १ नाङ्लेभारेबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका २५ जना युवाहरू राप्रपामा प्रबेश गरेको हो । उक्त कार्यक्रमम…
– कृशु श्रेष्ठ साउन ५ गते लावण्य/साँखु । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा सोमबार भेटवार्ता भयो । भेटको क्रममा सांस्कृतिक नगर भक्तपुरमा प्रमुख प्रजापतिले मुख्यमन्त्री पौडेललाई पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गर्नुभयो । भेटमा मुख्यमन्त्री पौडेलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गर्नुहुँदै प्रदेश सरकारले प्रदेशका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामाग्री र आवश्यक सहयोग गर्दै आइरहेको बताउनुभयो …
साउन ५ गते लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भेट गर्नुभयो । भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेपाल मजदुर किसान पार्टीले निरन्तर जोड दिँदै आएको बताउनुहुँदै प्रदेश आफ्नो क्षेत्रको विकासको लागि स्पष्ट योजनासहित अघि बढ्नुपर्छ भन्नुभयो । प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन आफ्नै भरमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष बिजुक्छेँले स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्छ भन्नुभयो । भ्…
सामाजिक संजाल