स्थानीय तहकोनिर्वांचन समयमै नगराए जनपरिचालन गरिने– ईश्वर पोखरेल



लावण्य/साँखु । स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा सरकारले निकट भविष्यमै निर्णय गर्ने भएको छ । तरपनि सरकारपक्ष र प्रमुख प्रतिपक्षबीच भने यही विषयमा जुहारी चलिरहेको छ ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माणलगायत कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाए ।
एमालेलाई समाप्त गर्ने बिषाक्त विचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दामा कुनै चासो नरहेको उनले बताए । पोखरेलले बर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे ।
एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताए । स्थानीय तहको चूनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानुन उलंघन गरेको उनको भनाइ छ । उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिए । पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताए ।
“सडकमा हो–हल्ला गरेकै भरमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुँदैन”
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सडकमा हो–हल्ला गरेकै भरमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा नहुने स्पष्ट पारेका छन् ।
शनिबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन र १५ शैयाको आधारभूत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले कसैको दबाबका आधारमा नभएर राज्यका ऐन नियम अनुसार स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताएका हुन् ।
उनले स्थानीय चुनावका विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको र छिटै मन्त्रिपरिषद्ले मिति तोक्ने बताए ।
मन्त्री खड्काले एमाले आफू सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको भन्दै संसदबाटै पारित गराउन लागिपरेको तर प्रतिपक्षीमा आएपछि अनाश्यक बिरोध गरेको टिप्पणी गरे । एमसीसी सबैको सहमतिमा मात्र पास हुने पनि उनले स्पष्ट पारे ।
१ फागुनदेखि रेल गुडाइने, चढ्न चाहिं नपाइने
धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फाुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन ।
नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । ‘हामी १ गतेदेखि नियमित दैनिक एक पटक रेल गुडाउन लागेका छौं,’ महाप्रबन्धक झाले भने, ‘रेलको कन्डिसन बुझ्न र बाटो क्लियर गराउनका लागि दिनमा एक पटक गुडाउन लागिएको हो ।’
रेल सञ्चालनमा आएपनि यात्रुलाई चढाउने योजना भने छैन । ‘रेलको अवस्था बुझ्न र रेलको ट्रयक क्लियर गराउनका लागि चलाउन लागेका हौं’ उनले भने ।
झाका अनुसार रेल्वे ट्रयाक धेरै ठाउँमा अतिक्रमणमा परेको छ, जसलाई हटाउन प्रशासनसँग समन्वय गरिने छ । २ असोज, २०७७ मा नेपाल ल्याइएको रेल इनर्वा स्टेशनमा राखिएको छ । यो रेललाई यसअघि २४ पुसमा पनि गुडाइएको थियो ।
फागुनको सुरुवाती दुई साता दिनमा एक पटक सञ्चालन गरेपछि रेल्वे सेवाको उद्घाटन गर्ने तयारी छ । । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा रेलको उद्घाटन गर्ने भन्दै उनले उद्घाटनको मिति अहिले तय भइनसकेको बताए ।

Post a Comment

0 Comments