– कृशु श्रेष्ठ – १४ फाल्गुन आईतवार लावण्य/साँखु । हलिं नेवाः गथिको केन्द्रिय अधिवेशनबाट विनोद महर्जनको अध्यक्षतामा नयाँ पदाधिकारीहरुको सर्वसम्मतिबाट चयन भएको छ । अधिवेशनबाट चयन भएका पदाधिकारी एवं सदस्यहरु यसप्रकार रहेको छ – अध्यक्षमा विनोद महर्जन, उपाध्यक्षमा सुरेश सैँजु, सचिवमा अमरकाजी श्रेष्ठ र सहसचिमा सत्यनारायण श्रेष्ठ, कोषाध्यक्षमा मीना गोपाली, सह कोषाध्यक्षमा सविता नकर्मी चुनिनुभएको छ भने सदस्यहरुमा भवानी प्रधान, गोपालकृष्ण नकर्मी, सुवर्ण मानन्धर, हरि महर्जन, सरल गोपाल महर्जन, देव श्रेष्ठ, सुर्यलक्ष्मी महर्जन, उमेश प्रकाश श्रेष्ठ, राजु …
फाल्गुन ६ शनिवार लावण्य/साँखु । यस वर्ष माघमा माधवनारायणको व्रत बसेका व्रतालुहरुले शिवरात्रिका दिन साँखुको ज्योतिर्लिङ्गेश्वर परिसरमा भगवान माधवनारायणको भजन किर्तन गाउँदै जाग्राम बसेर शिवरात्रि पर्व मनाएका छन् । परम्परा अनुसार शिवरात्रिका दिन राति जाग्राम बसेर भोलिपल्ट बिहान बज्रयोगिनीको दर्शन गरेपछि मात्रै माधवनारायण व्रतको फल मिल्ने बिश्वास यहाँका स्थानीयमा पाईन्छ । यस अघि साँझपख व्रत नाईके कजीको घरबाट सारुक्वलां (साधु स्मशान)मा पूजा गर्न गएको थियो । जुन पूजामा जलचर स्थलचर र उभयचरको बली दिने गरिन्छ । परम्परा अनुसार १ जोडी परेवा, एक जोडी माछा…
– कृशु श्रेष्ठ – २९ माघ आईतवार लावण्य/साँखु । यही माघ २८ गते शनिवार शालिनदी परीसरमा वृहत सरसफाई सम्पन्न गरिएको छ । सो कार्यक्रममा बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्ट, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति र डिभिजन वन कार्यालय काठमाडौँ अन्तर्गत साँखु सब डिभिजन वन कार्यालयको आयोजना एवम् शंखरापुर नगरपालिका, महानगरीय प्रहरी प्रभाग साँखु, सामुदायिक प्रहरी साँखु, ब्लु वेस्ट टु भ्याल्यु,…
लावण्य/साँखु । साँखुको शालिनदी तीरमा बसेर माधवनारायणको व्रत बस्ने व्रतालुहरु आजबाट घर फिर्ता हुने भएको छ । आज बिहानै व्रतालुहरु सबै ज्योतिर्लिङ्गेश्वर परिसर पुगेर बिहानको नित्य स्नान कजी, साँवागणसँगै गर्दछन् त्यसपछि माध गाउँदै देवी देवताहरुको पूजा आजा गर्दै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा पछि अजिमा (अजिद्यः) स्थानसम्म पुग्दछन् । त्यसपछि आफू साँखुको जुन टोलमा बसेको हो त्यो टोलको गणेश पूजा पछि शालिनदीमा व्रत वस्दा आफूले उपभोग गरेको मिगाःमा पूजा गरिसकेपछि व्रत समाप्त भएको मानिन्छ । पौष २१ गते साँखुको ब्रम्हपुर (बलंपुली) बाट सुरु गरिएको व्रत आज …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म करीब ३० लाख रकम संकलन भएको देखिएको छ। ४ पौष बुधवार लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज १३ औँ दिन हो । हिजोसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु ((२९ लाख ९९ हजार ७ सय १ रुपैयाँ संकलन भएको छ । पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ हजार १ सय ८०, पौष २९ गते २ लाख ८९ हजार २ सय ८०, पौष ३० गते २ लाख ६६ हजा…
माघ मेलाभर सा“खु बसपार्क देखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा पौष ३० गते शनिवार लावण्य/साँखु । यस वर्ष देखि शालिनदी यातायात प्रालिले सार्वजनिक दायित्व अन्तर्गत साँखु बसपार्कबाट बज्रयोगिनी सम्म माघ मेला अवधिभर सार्वजनिक विदाको दिनहरुमा बिहान ८ बजे र बिहान ११ बजे गरी दुईवटा बस निःशुल्क रुपमा बज्रयोगिनी मन्दिर परिसरमा भक्तजनहरुलाई लगिदिने र पुनः फर्काईदिने व्यवस्था गरेको छ। यस सम्बन्धी राससको समाचार यस्तो छ । शालिनदी यातायातले माघ मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि मेला अवधिभर सार्वजनिक विदाका दिनहरुमा निःशुल्क बस…
\ माधवनारायण व्रतका क्रममा, शालिनदीमा के कति अर्थ संकलन भए ! २९ पौष शुक्रवार लावण्य/साँखु । शालिनदीमा मेला लागेकोृ हिजो सातौँ दिन हो । हिजोसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु १४ लाख ८२ हजार २ सय ३५ रुपैयाँ संकलन भएको छ । पहिलो दिन १ लाख ७७ हजार ९ सय ८०, दोस्रो दिन ३ लाख ७८ हजार ६ सय २५ रुपैयाँ, तेस्रो दिन १ लाख १० हजार २ सय ८५ रुपैयाँ, चौथो दिन २ लाख ३२ हजार ६० रुपैयाँ, पाँचौँ दिन १ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ र छैठौ दिन आज १ लाख ७२ हजार ६ सय ३० रुपैयाँ संकलन भएको थियो, सातौँ दिन २ लाख ५९ हजार १ सय ८० रुपैयाँ संकलन भएको थियो । …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा के कति अर्थ संकलन भए ! २७ पौष बुधवार लावण्य/साँखु । शालिनदीमा मेला लागेकोृ आज छैठौँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु १२ लाख २३ हजार ५५ रुपैयाँ संकलन भएको छ । पहिलो दिन १ लाख ७७ हजार ९ सय ८०, दोस्रो दिन ३ लाख ७८ हजार ६ सय २५ रुपैयाँ, तेस्रो दिन १ लाख १० हजार २ सय ८५ रुपैयाँ, चौथो दिन २ लाख ३२ हजार ६० रुपैयाँ, पाँचौँ दिन १ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ र छैठौ दिन आज १ लाख ७२ हजार ६ सय ३० रुपैयाँ संकलन भएको थियो ।
माधवनारायण मूल पूजारी सुदन राजोपाध्याय हिन्दू शास्त्र एवं किम्वदन्ति अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो । माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाईन् । सोही अनुरुप अहिलेसम्म गुरु श्रीश्रीश्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्तररुपमा…
– प्र.से. कृष्ण पण्डित (अ.प्रा.) माधवनारायण स्वस्थानी मेलामा सालिनदी स्नान गरौँ यो पुण्य भूमिमा पहाडको फेदीबाट बग्दै आईन् सालिनदी वर्षैपिच्छे मेला लाग्छ माघ महिना भरी घर घरै सबले भन्छन् स्वस्थानी कथा सालिनदी स्नान गरौँ बुझेर यस्को गाथा माधवनारायण स्वस्थानी मेलामा ..... विष्णुजीको सल्लाहमा पार्वती बसिन् स्वस्थानी व्रत पति पाईन् शिवजी त गणेश भए पुत्र सप्तऋषीको आग्रहमा गोमा व्रत बसिन् त्यही व्रतको प्रभावले राजमाता बनिन् माधवनारायण स्वस्थानी मेलामा ..... छोरा भए नवराज लावण्यको राजा स्वस्थानीको चमत्कारले कस्तो भयो मोज अप्सराले व्रत …
प्रकाशमान सक्व साँखु शालिनदी स्वस्थानी साँगे पूर्णिमाका दिन सम्पूर्ण एक सय आठ पु¥याएर श्रीश्रीश्री माधव नारायण भगवानको मूर्तिको विधी न्यास पूजा गर्न अश्वमेघ यज्ञ गर्नु पर्ने प्रावधान रही आएको पाईन्छ । घोडालाई नियमानुसार पूजा गरी हज्जारौँ सशस्त्र सेना पछाडि पठाई छोडिने उक्त घोडा जहाँ जहाँ पुग्दछन् ती सबै जग्गा जमीन र राज्यका राजा, महाराजालाई परास्त गरी आफ्नै राज्यमा फर्केका सैनिकहरु र घोडालाई धुमधामले स्वागत गरी अन्तमा आफू छत्रपती महाराजधिराज भएको घोषणा गरी घोडालाई बली दिई घोडाको टाउको नै यज्ञमा होम गरी कार्य सम्पन्न गर्नुपर्नेलाई अश्वमेघ यज्ञ …
जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ । भाग–९ तीन वर्षे जात्रा विधि ः तीन वर्षे जात्राको नियम तान्त्रिक विधी विधान यस तीन वर्षे इन्द्रायणी माईको जात्रा ललितपुर पाटनबाट तान्त्रिक विशेषज्ञ कर्माचार्यहरु आएर नियम पूर्वक जात्रा सञ्चालन गर्दछन् । जात्रा हुने चार दिन अगाडि मंसिर शुक्ल द्वादशीको दिन देउला गाउँबाट खाली रथ पालुङ नेवार गाउँमा ल्याइन्छ, रथ गाउँ भित्र्याएपछि १६ द्वारको भोज र निमन्त्रणा पूजा सुरु हुन्छ । द्वादशीको दिनदेखि पहिलो निम्तो पूजा भगवती पूजारीबाट…
१४ पौष २०७९, बिहीवार लावण्य/साँखु । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने माघ मेला सुरु हुनै लाग्दा शंखरापुर नगरपालिकाले सरोकारवालाहरुसँग तयारी बैठक गरेको छ । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा हरेक बर्ष लाग्ने सालीनदी मेला व्यवस्थापनको तयारीमा नगरपालिका जुटेको हो । पुस २२ गतेदेखि शुरू हुने माधव नारायण व्रत एवं माघ मेला ब्यवस्थापनका लागि नगरपालिकाले विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको हो । छलफलमा नगरप्रमुख रमेश नापितले मेलालाई व्यवस्थि त बनाउनका लागि विभिन्न सरोकारवाला पक्षहरुलाई आफ्नो दायित्व र…
– क्रिस्टिना श्रेष्ठ – ८ पौष शुक्रवार लावण्य÷साँखु । कस्मस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, डिपार्टमेन्ट अफ आर्किटेक्चर टुटेपानी चापागाउँ ललितपुरमा अध्ययनरत २०२१ र २०२२ ब्याचका विद्यार्थीहरुको लागि साँखु बजारमा अध्ययन भ्रमण गराउन कलेजका असिस्टेन्ट प्रो. दिपा श्रेष्ठले पहलकदमी लिनुभएको छ । जुन भ्रमणमा कलेजका एड्भाईजर डिल्लीराम सापकोटा, हेड अफ डिपार्टमेन्ट सोनी पाण्डे, डेपुटी हेड अफ डिपार्टमेन्ट नृजना श्रेष्ठ, असिस्टेन्ट प्रोफेसरहरु कैलाश सुवाल, रोजी महर्जन, समिक्षा अधिकारी, सुमन ढकाल, नविन पराजुली र युना प्रजापति रहेका थिए । विद्यार्थीहरुल…
photos from fb. १० पौष आईतवार लावण्य/साँखु । यस वर्ष श्री माधवनारायण भगवानको व्रत सुरु हुने दिन छ्यालापुन्हिकै दिन साँखुमा भक्तपुरको नवदुर्गा भवानीको पनि आगमन हुने भएको छ । गत वर्षहरुमा भए नवदुर्गा भवानीको आगमन माघ मेला सुरु भएको करीब १०÷१५ दिन पछि हुने गर्दथ्यो । यस वर्ष भने माघ मेलाको पहिलो दिननै साँखुमा नवदुर्गा भवानीको आगमन हुने भएको हो । पौष २२ गते साँखु आईपुगेर नगर परिक्रमा पछि द्यःछेँमा विश्राम लिने कार्य हुन्छ भने दोस्रो दिन नगर परिक्रमा पछि साल्खाटोलमा बास बस्ने हुन्छ । उक्त दिन बिहान गणेश, कुमारी र ब्रम्हायणी र भैरवको आगमन सानागाउँमा…
२२ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । २०३९ सालमा भर्खरै जनमत संग्रह सकिएर पहिलो राष्ट्रिय पञ्चायतको निर्वाचन र नगर पञ्चायत तथा गाउँ पञ्चायतको निर्वाचन भईसकेको थियो । त्यत्तिखेर सक्रिय राजतन्त्र थियो । त्यत्तिबेला हामीले करीब २२ रुपैयाँ महिनाको शुल्क विद्यालयलाई बुझाउनु पथ्र्यो । त्यो पैसा नभएर मुमा बुबाले वर्षको एक्कैचोटी धान बेच्ने बेलामा बुझाउनुहुन्थ्यो । त्यत्तिखेरको एउटा स्कुलमा भएको घटना याद आउँछ । पहिलो त्रैमासिक परीक्षा बैशाख मा हुन्थ्यो किनकी त्यत्तिबेला फाल्गुनमा भर्ना सुरु हुन्थ्यो । महिना फी तिर्न नसकेपनि परीक्षा दिन गएका विद्यार्थ…
– पवन लाल श्रेष्ठ – न्हापां नेपाल सम्वत् ११४३ न्हुदँया लसताय् सकिसितं भिन्तुना नि देछाय । नेपाल सम्वत् न्हु दँ मुक्कं नेवाःतसें हनावयाच्वंगु ला यक्व हे दत । नेपाल सम्वत्या पलिस्था याबलय् निसें हे झी नेवाःतसें न्हुदँ हनाः वया च्वंगु जुल । थ्व सम्वत् राष्ट्रिय मान्यता प्राप्त सम्बत खः । थ्व सम्बत् मल्ल कालय् व शाह कालय् तक्व नं दे या मू सम्बत खः । गथे थौँकन्हय् बिक्रम सम्बत् नालाकया च्वंगु दु अथे हे राणा कालय् तक्व नं थ्व सम्बत् दे या मू सम्बत् खः । अले जनजीवनय् नं तिथिमिति कथं हे ज्याझ्वः न्ह्याकिगु खः । गथे कि आ नं झीसं मोहनी, स्वन्ति, जात्रा,…
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको आगामी दुई वर्षे कार्यकालको लागि साल्खाटोलका प्रतिनिधि बालकृष्ण श्रेष्ठ निर्वाचित हुने भएको छ । १२ कार्तिक २०७९, शनिवार लावण्य/साँखु । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको आगामी दुई वर्षे कार्यकालको लागि साल्खाटोलका प्रतिनिधि बालकृष्ण श्रेष्ठ निर्वाचित हुने भएको छ । उहाँ यही कार्तिक १२ गते बलंपुली (ब्रम्हपुर)मा गरिएको टोल भेलाबाट छानिनुभएको हो । टोल भेलाको सो निर्णयमा अध्यक्षका प्रत्यासीहरु एनिस श्रेष्ठ र बालकृष्ण सिंको समर्थन रहेको छ भने रामकृष्ण सिं डंगोलले असहमति व…
रामेश श्रेष्ठ, साँखु नेपालभाषाका जनकबी # दुर्गालाल श्रेष्ठ # को कबिता “बधाई छ बालेन तिमिलाई“ माथी केही शब्द कबिता लेख्ने मेरो धृष्टता .... गोला भित्र छिरी माहुरी आज यहाँ रानो नै बन्यौ आज तिमी जसरी बधाई छ ! तिमिलाई माटाको भाडा चरचर ! चिरा पार्न सक्यौ यसरी मितछोराको गुण तिर्दै छौ युगौ देखि हारेका सम्पदा हामी किंचित तिमी मात्र को हौ र गुणको बदला तिर्ने ऐ ! बैगुनि ! आश थियो धेरै प्रकाश बनी आयौ मिठा चिल्ला कुरा घस्दै आयौ अन्धकार चिर्छु भन्दै राँको बनी आयौ लौरो बोक्दै टेका बन्छु भन्दै आयौ । बन्यौ होला तिमी बलशाली आज रणमैदान का अहंकारी …
सामाजिक संजाल