प्रत्युत्तर “बधाई छ बालेन तिमीलाई”





रामेश श्रेष्ठ, साँखु



नेपालभाषाका जनकबी #दुर्गालाल श्रेष्ठ# को कबिता “बधाई छ बालेन तिमिलाई“ माथी केही शब्द कबिता लेख्ने मेरो धृष्टता ....

गोला भित्र छिरी माहुरी आज यहाँ 

रानो नै बन्यौ आज तिमी जसरी

बधाई छ ! तिमिलाई माटाको भाडा

चरचर ! चिरा पार्न सक्यौ यसरी

मितछोराको गुण तिर्दै छौ

युगौ देखि हारेका सम्पदा हामी

किंचित तिमी मात्र को हौ र

गुणको बदला तिर्ने ऐ ! बैगुनि !

आश थियो धेरै प्रकाश बनी आयौ

मिठा चिल्ला कुरा घस्दै आयौ

अन्धकार चिर्छु भन्दै राँको बनी आयौ

लौरो बोक्दै टेका बन्छु भन्दै आयौ ।

बन्यौ होला तिमी बलशाली आज

रणमैदान का अहंकारी

सन्ड, मुन्डका दम्भले फुलेका आज

पिठ्युँमा छुरा रोप्ने आततायी ।

दुनियामा को छ जिउदो को छ महान

जनबलको अघि नझुक्ने को छ र !

बालेन ! तिमी पनि त निमेष मात्र न हो

उदाईन्छ एकदिन पाटपटिङ्गर सरी ।

Post a Comment

0 Comments