– क्रिस्टिना श्रेष्ठ – १३ फाल्गुन शनिवार लावण्य/साँखु । रोटरी क्लब अफ साँखु र क्यान्सर सोसाईटी काठमाडौँ शाखाको आयोजनामा यही फाल्गुन २० गते शनिवार हाकुज रेष्टुरेण्टमा पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम हुने भएको छ । सो कार्यक्रम पछि क्यान्सर रोगको संकेत देखिएकाहरुलाई फाल्गुन २७ गते शनिवार भाग्योदय माविमा हुने स्वास्थ्य शीविरमा परीक्षण गरेर आवश्यकता अनुसार पाठेघर क्यान्सरको उपचारको लागि समेत सिफारिश गरिनेछ ।
१ पौष २०७९, शुक्रवार लावण्य/साँखु । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । “कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
– जगदिश श्रेष्ठ– विश्व स्वास्थ्य संगठनले गत सेप्टेम्बर २१ मा प्रकाशित नसर्ने खालका रोगहरु ( NCD Non Communicable deases ) सम्बन्धी एक अध्ययन प्रतिवेदन अनुसार NCD (नसर्ने खालका रोगहरु), मुख्यतया मुटु र रक्तनली सम्बन्धी रोगहरु, क्यान्सर, डायविटिज, श्वास प्रश्वास सम्बन्धी दिर्घ रोगहरु र मानसिक रोगहरुले विश्वभरी प्रतिवर्ष ४ करोड १० लाख व्यक्तिरुको मृत्यु हुने उल्लेख गरिएको छ । NCD (नसर्ने खालका रोगहरु) जस्तै मुटु सम्बन्धी र स्ट्रोक, क्यान्सर, डायविटिज र श्वास प्रश्वास सम्बन्धी दिर्घ रोगहरुले गर्दा हुने मृत्युको संख्या संक्रामक रोगहरुले गर्दा हुन…
१४ असोज २०७९, शुक्रवार लावण्य/साँखु । “गरौ योग, रहौ निरोगी” भन्ने मूल नाराका साथ सुरु गरिएको पतञ्जली योग पिठ नेपालको तत्वावधानमा निशुल्क योग बिज्ञान शिविर रोटरी क्लब अफ साँखु, शंखरापुर नगरपालिका, चलाखुटोल सुधार समिति, सक्व स्काउट क्र्यु, रोट्रयाक्ट क्लब अफ साँखुको सहयोगमा सञ्चालन गरिएको शीविरको भोलि बिहान समापन हुने भएको छ । सो शीविर असोज ११ गते देखि शुरु भएको थियो । असोज १५ गते भोलि साँखुको चलाखु टोलमा बिहान ५ बजे देखि ७ बजे सम्म योग शीविर सञ्चालन गरिसकेपछि समापन कार्यक्रम गरिने भएको हो । सो शीविरमा प्रत्येक दिन सयौँको संख्यामा योगाभ्यास गर्…
१ असोज २०७९, शनिवार लावण्य/साँखु । रोटरी क्लब अफ साँखु तथा रोट्रयाक्ट क्लब अफ साँखुको आयोजना तथा पतञ्जली योग विज्ञान, शंखरापुर नगरपालिका, नेपाल स्काउट सक्व क्रयु र चलाखुटोल टोलसुधार समितिको सहयोगमा यहि असोज ११ गते देखि १५ गते सम्म निःशुल्क ५ दिने खुल्ला पतञ्जली योग विज्ञान शिविर सञ्चालन हुँदैछ । रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ का ए जि तथा योग गुरू गु्रवेन तौजलेज्यूको प्रत्यक्ष निर्देशनमा सञ्चालन हुने सो कार्यक्रम चलाखुटोलमा बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छ । सो शीविरमा भाग लिनको लागि ८० जनाको कोटा तोकिएको हुँदा तत्काल रोटरी क्लब लगायतका स…
१ असोज २०७९, शनिवार लावण्य/साँखु । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ शाखाबाट कोभिड –१९ विरुद्ध आवश्यक सामग्रीहरु नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखामार्फत् भगवती मावि, भाग्योदय मावि, पुखुलाछी स्वास्थ्य केन्द्र र साँखु स्वास्थ्य केन्द्र वडा नं. ७ मा उपलब्ध गराएको छ । त्यसैगरी डेंगी रोग नियन्त्रण सम्बन्धी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शंखरापुर नगरपालिकाको ९ वटै वडामा पोष्टर टाँस तथा प्रचार प्रसार कार्य सम्पन्न गरेकोछ । यही भाद्र २९ गते भगवती माविमा सोही विद्यालयका शिक्षक एवं नेरेसो काठमाडौँ जिल्ला शाखा तथा नेरेसो शंखरापुर उपशाखाका सल्लाहकार गणे…
३० भाद्र २०७९, बिहीवार लावण्य/साँखु । शंखरापुर नगरपालिकाले आफ्नो सिमाना जोडिएको नगरपालिका कागेश्वरी मनोहरा डेंगु प्रभावितमा रेड जोनमा परेसँगै आफ्नो सक्रियता देखाउन थालेको छ । डेंगुको राष्ट्रव्यापी संक्रमण फैलिएसँगै विभिन्न पालिकाहरुले आ–आफ्नै ढंगले कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैक्रममा शंखरापुर नगरपालिकाले साँखु बजारमा सचेतना ¥याली निकालेर जनतामा डेंगु सम्बन्धी जानकारी दिई सचेतना फैलाउने कार्य गरेको छ । नगरपालिका र नेपाल रेडक्रसको संयुक्त आयोजनामा पहिलो चरणको कार्यक्रम अन्तर्गत जनचेनता मुलक ¥याली सम्पन्न गरेको हो । नगरपालिकाको स्वास्थ्य श…
३० भाद्र २०७९, बिहीवार लावण्य/साँखु । यही भाद्र २९ गते बुधवार साँखुका केही जागरुक युवाहरुको समूह रोटरी क्लब अफ साँखु, शंखरापुर स्काउट, सक्व क्रु, रोट्रयाक क्लब अफ साँखुका युवाहरुको एक समूहले विषादी छर्कने स्पे्रयर पम्पबाट डेंगु विरुद्ध साँखु बजारमा स्यानिटाईज गरेको छ । रोटरी क्लब अफ साँखुका अध्यक्ष लकस श्रेष्ठका अनुसार यो सुरुवात मात्रै भएको र अब शंखरापुर नगरका अन्य स्थानहरुमा समेत रोटरी क्लबका साथिहरुको सहायतामा डेंगु विरुद्ध स्यानिटाईज गर्ने भएको छ । सिमाना जोडिएको कागेश्वरी मनोहरा नगरपालिका डेंगु संक्रमणको लागि रेड जोनमा पर्दा शंखरापुरमा सम…
साँखुमा ओपन रेपिड बुद्धिचाल प्रतियोगिताको आयोजना हुने भएको छ । २८ भाद्र २०७९, मंगलवार लावण्य/साँखु । शंखरापुर युवा क्लबको आयोजनामा यही २०७९ साल असोज ८ र ९ गते शंखरापुर कप ओपन रेपिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । शंखरापुर युवा क्लबले सम्पूर्ण बुद्धिचाल पे्रमी खेलाडी महानुभावहरुलाई यही असोज ६ गते सम्ममा प्रतियोगितामा भाग लिनको लागि रजिष्टे«शन (नाम लेखाउन) गर्न अनुरोध गरेको छ । साथै खेलाडीहरु ८ गते ११ बजे सम्ममा खेल स्थलमा आउनुपर्ने समेत क्लबले जनाएको छ । रजिष्टे«शनको लागि ९८४३७८७१४७ मा ई–सेवा मार्फत् रजिष्टे«सन दस्तुर तिर्न अनुरोध गरेको छ ।…
१२ भाद्र २०७९, मंगलवार शंखरापुरका मेयर सुरु गरे स्वास्थ्य सेवामा निःशल्क अभियान : शंखरापुर नगरपालिका र सुष्मा कोइराला अस्पतालबीच सम्झौता भयो । लावण्य÷साँखु । शंखरापुर नगरपालिका र सुषमा कोईराला मेमोरियल अस्पताल साँखु बीच शंखरापुर नगरपालिका वडा नं १ देखि ९ सम्मका नगरबासीहरूलाई उक्त अस्पतालमा उपलब्ध सेवा मध्ये ७ वटा स्वास्थ्य सेवाहरू निःशुल्क र ११ वटा स्वास्थ्य सेवाहरू ३० देखि ६० प्रतिशत छूट हुनेगरि आपसी समझदारी पत्रमा यही मिति २०७९÷०५÷१२ गते आईतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नगरपालिकाको तर्फबाट मेयर रमेश नापित र अस्पत…
लावण्य/साँखु । पिपल्स लाईफ केयर अस्पतालको दशौँ वार्षिकोत्सव समारोह शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा नवनिर्वाचित जनप्रतिनिधिहरु तथा विभिन्न महानुभावहरुलाई सम्मान गरि मनाइएको छ । पिपल्स लाइफ केयर अस्पतालको दसौं वार्षिकोत्सव समग्रमा बीसौं (दश वर्ष क्लिनिक सेवा+दश वर्ष अस्पताल सेवा) पार गरेको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा मेयर नापितले भन्नुभयो– पिपल्स लाईफ केयर अस्पताललाई यस भेगका मानिसहरु लाईफ केयर भनेर मात्रै जान्दछन् । तर यो अस्पतालले दिईरहेको सेवा नीजि क्षेत्रबाट भ…
साउन १२, २०७९ साँखु/लावण्य । पछिल्लो २४ घण्टामा ७१० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ५४१ पीसीआर र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २१५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ। उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन्।
एजेन्सी । नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो । स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन् । यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ । यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ । दुई दर्जन जात र सयांै प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ । पुदीनालाई प्रयोग ग…
– राजु थापा, खुलालटार ए सरकार ! तिमीले यो के बनायौ ? सडक बनायौ कि खोला बनायौ ? कपनको भेल, जोरपाटी आउँदछ मोटरसाइकल र मोटर डुबाउँदछ । गाउँ मासेर त शहर बनायौ । न नहर बनायौ न लेन बनायौ तिमीले यो के बनायौ सडक बनायौ कि खोला बनायौ ?
लावण्य/साँखु । जेसीज सप्ताह अन्तर्गत साँखु जेसीजको आयोजनामा यही असार ३२ गते साँखुको चलाखु टोलमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । रक्तदान कार्यक्रमका संयोजक आबिन श्रेष्ठ हुनुहुन्छ । जेसीज सप्ताहका मूल संयोजक अमन श्रेष्ठ रहनुभएको छ । यस अघि विभिन्न संघ संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम केही हप्ता अगाडि मात्रै भएको थियो । साँखु जेसीजले यस अघि रक्तदान कार्यक्रमको आयोजना गर्दा करीब ७० पिण्ट देखि १०० पिण्ट सम्म रगत संकलन गरेको रेकर्ड रहेको छ । रक्तदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने साँखु जेसीजका महासचिव गणेश दुलालले जानकारी दिनुभ…
कसरतले स्तन क्यान्सर निको पार्ने दिनहुँ व्यायाम गर्नु हुन्छ भने यसलाई संधै निरन्तरता दिइरहनुस् किनभने यसले तपाईलाई निकै फाईदा दिन्छ । महिलाको हकमा शुभ समाचार के पनि छ भने नियमित व्यायामले तन्दुरुस्त रहने महिलाले स्तन क्यान्सरको खतरालाई सजिलै पार गर्न सक्छ । युरोपियन जर्नल अफ क्यान्सर प्रिभेन्समा प्रकाशित एउटा नयां अनुसन्धानमा दावी गरिए अनुसार नियमित रुपमा व्यायाम गर्ने महिला स्तन क्यान्सरको शिकार भए पनि उनीहरु मध्ये करिव ४० प्रतिशत यो रोगका कारण मर्ने सम्भावना कम हुन्छ । नर्थ क्यारोलिना विश्वविद्यालय अध्ययन दलको एउटा समूहले किशोरावस्थादेखि नै …
२०७९ असार १८ गते लावण्य/साँखु । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा ल्यायम्ह पासा पुचः, लायन्स क्लब अफ काठमाडौँ मणिचुड, मदन भण्डारी फाउण्डेसन शंखरापुर, मणिचुड युवा क्लब र परोपकारी अचानक समूहको आयोजनामा शनिवार साँखुमा रक्तदान गरिएको छ । सो रक्तदानबाट ५० पिण्ट रगत संकलन भएको जानकारी प्राप्त भएको छ । रक्तदाताहरुलाई उप मेयर समिता श्रेष्ठ, पूर्व मेयर सुवर्ण श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
शंखरापुर नगरपालिकाको प्रायोजन तथा शंखरापुर कृषक समूहको आयोजनामा १९ औ“ राष्ट्रिय धान दिवस शंखरापुरमा मनाइयो । २०७९ असार १५ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकाको प्रायोजन तथा शंखरापुर कृषक समूहको आयोजनामा १९ औँ राष्ट्रिय धान दिवस शंखरापुरमा मनाइयो । धान दिवस कार्यक्रमका प्रमुख अतिथि वागमति प्रदेश सदस्य मणिराम फुयाल, विशेष अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विशेष अतिथि उप मेयर समिता श्रेष्ठ, अतिथि वडा नं. ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शंखरापुर नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । औपचारिक कार…
लावण्य/साँखु । काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले सो अस्पतालबाट पाइने स्वास्थ्यसेवा लिन सक…
– रत्नकाजी श्रेष्ठ धुँला त्वाः सक्व सुनाँ तल सुनाँ त्वन देय्कल सुनाँ ऐला ? न्यन्हु प्यन्हु थुखे उखे जिन्दगीया मेला । भति भति नय् त्वनेय् थ्व हे खः स्व बेला बुढा जुइ छु नइ त्वनि याइ सकस्याँ हेला । दुःख सुख मकंसे छु सुँक च्वनेय् फैला ? थ्व ती ल्वम्ह पासा छंत मेपिं सुँ दैला ? छग अंति स्वँग सलि याकचाँ लुनेय् फैला ? लुइगुसा लु याकचँ हे मेबलेय् मौका वइला ? कि पिया च्वनेय् घौछि सुनां ल्वसा हैला ? ल्वसानापँ चट्ट ऐला साक्क त्वनेय् दैला ? पासा साक्क त्वनेय् दैला ? (लेखकया थःगु नुगः ख“ ः यःक्व दँ न्हापा धुंला त्वालेय् नेपाल भाषा साहित्य सम्मेलन याय् …
सामाजिक संजाल