– जगदिश श्रेष्ठ–
विश्व स्वास्थ्य संगठनले गत सेप्टेम्बर २१ मा प्रकाशित नसर्ने खालका रोगहरु (NCD Non Communicable deases) सम्बन्धी एक अध्ययन प्रतिवेदन अनुसार NCD (नसर्ने खालका रोगहरु), मुख्यतया मुटु र रक्तनली सम्बन्धी रोगहरु, क्यान्सर, डायविटिज, श्वास प्रश्वास सम्बन्धी दिर्घ रोगहरु र मानसिक रोगहरुले विश्वभरी प्रतिवर्ष ४ करोड १० लाख व्यक्तिरुको मृत्यु हुने उल्लेख गरिएको छ ।
NCD (नसर्ने खालका रोगहरु) जस्तै मुटु सम्बन्धी र स्ट्रोक, क्यान्सर, डायविटिज र श्वास प्रश्वास सम्बन्धी दिर्घ रोगहरुले गर्दा हुने मृत्युको संख्या संक्रामक रोगहरुले गर्दा हुने मृत्यु संख्या भन्दा बढी रहेको अध्ययनले देखाएको छ । त्यसैले NCD यो शताव्दीको सबैभन्दा ठूलो स्वास्थ्य र विकास सम्बन्धी चुनौतिको रुपमा देखा परेको छ ।
तथ्यहरु :
१) प्रत्येक दुई सेकेण्डमा ७० वर्ष भन्दा कम उमेर समूहका १ व्यक्तिको मृत्यु NCD अ(नसर्ने खालका रोगहरु) को कारण हुने गरेका छ । जसमध्य ८६ प्रतित मृत्युहरु कम र मध्यम आय भएका देशहरुमा हुने गर्छ ।
२) ल्ऋम् को प्रमुख कारणहरुमा धुम्रपान र सूर्ति सेवन, अस्वस्थकर खानपिन, रक्सीको सेवन, शारीरिक रुपमा निस्कृय बस्ने र वायु प्रदूषण पर्दछन् ।
यो स्वास्थ्य श्रृंखलामा क्रमशः विभिन्न खालका NCD (नसर्ने खालका रोगहरु) को बारेमा जानकारी दिने, यसको रोकथामका उपायहरु र यस्तो रोग लाग्दा यसलाई निढन्त्रण मा राखेर त्यसबाट हुने हानीहरुलाई न्यूनीकरण गर्न सकिन्छ भनेर यहाँहरुलाई यस लावण्य सन्देश पत्रिका मार्फत् क्रमशः प्रत्येक हप्ता जानकारी गराउनेछु ।
(लेखक : स्वास्थ्यकर्मी हुनुहुन्छ र उहाँ अन्तरास्ट्रीय मानबीय सस्था सग सम्बन्धित हुनुहुन्छ)

0 Comments
Thanks for your concerns