काठमाडौं । दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन् । कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्। यस्तो सम्बन्धको नियत के हुन्छ ? देहसुख अर्थात् सेक्समात्र हो त ? श्रीमान् विदेशमा हुने, श्रीमानको माया नपाउने, असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ। पश्चिमा देशहरुमा पनि प्रचलन बढ्दै गएको छ केटाहरुले आफुभन्दा धेरैं वर्ष उमेरको केटासँग प्रेग गर्ने वा विवाह गर्ने चलन छ ।
उता तन्नेरीहरूका आफ्नै कथा छन्। उनीहरू “आन्टी”हरूसँग फस्नुका कारण अनेक छन्। कसैका लागि यो एकप्रकारको रोजगारी हो, कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि, कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द। यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमा रु अनि यसका जटिलता के–के हुन्रु अम्मर जिसीले केलाउन खोजेका छन् । यहाँ पस्तुत नामहरु सबैं काल्पिनक हुन कसैंको वास्तिवक जीवनमा मेल खान गएका संयोग मात्रैं हुनेछ ।

केस नं १ काठमाडौँका २३ वर्षीया जनम परिवारले बिहेको कुरा झिक्यो कि सुइँकुच्चा ठोक्छन्। अरू विषयका पारिवारिक छलफलमा उनी सहभागी हुन्छन्। तर, बिहे भन्नासाथ उनको सातो जान्छ। कारण, उनी आफूभन्दा झन्डै दोब्बर उमेरकी महिलासँगको प्रेममा फसेका छन्। एक प्रहरी निरीक्षककी ४२ वर्षीया श्रीमतीको मायाजालमा परेका जनमलाई अहिले यो सम्बन्ध निल्नु न ओकल्नु भइरहेको छ। भन्छन्, “पहिले बिहे भएको र दु–दुइटा छोराकी आमा हो भन्ने थाहै भएन। आँखा चिम्लेर लभ गरियो। अहिले उम्किनै गाह्रो भाछ।”
उनका श्रीमान् प्रायः घरबाहिर हुने र उनको खासै पर्वाह नगर्ने भएकाले उनी आफूसँग लहसिएकी जनम बताउँछन्। “मैले छुँदामात्रै पनि मक्ख पर्छिन्,” उनले भने,“मैले हेरेको, छोएको साह्रै मन पर्छ रे। मसँग टाँसिरहन खोज्छिन्। त्यसैले मैले पनि उनलाई छोड्न सकिरहेको छैन। मलाई पर्दा सहयोग पनि गर्छिन्। साढे तीन वर्षमा करिब सात लाख रुपैयाँ सहयोग पाइसकेँ।” केस नं २ शंखमूल, काठमाडौँका २४ वर्षीय विवेकको जिन्दगी ऐसआरामसाथ बितिरहेको छ। कामधन्दा, रोजगारी केही छैन। दिनभरि घरतिरै बरालिने वा साथीभाइसँग डुल्ने गर्छन
उनलाई आर्थिक संकट कहिल्यै पर्दैन । चितवनस्थित बा–आमालाई पनि गुहार्दैनन् उनी। “आयआर्जनको अर्कै स्रोत जुटाएको छु,” उनी भन्छन्, “एउटा सुड्डी–फ्रेन्ड छे मेरो। म भनेपछि हुरुक्कै हुन्छे। पैसाको बन्दोबस्त उसैले गर्दिन्छे। जति मागे पनि छैन भन्दिन, आनन्दै छ मलाई।” कमला नामकी ४६ वर्षीया महिलासँग उनको “चक्कर” छ। उनको घर विवेकको डेराछेउ छ। कमलासँग किरानापसलमा भेट भएको र एक महिनाको हाई–हेलोपछि सम्बन्ध सुरु भएको विवेकले बताए।
कमला एक छोरा र एक छोरीकी आमा हुन्। उनका श्रीमान् दुबईमा छन्। “छोराछोरी स्कुल पठाएपछि मलाई फोन गर्छे,” विवेकले आफ्नो “ड्युटीआवर” बारे सुनाए, “त्यसपछि म उसको घर जान्छु। र, ४ बजेसम्म उतै बस्छु प्रायः।” कमलाले विवेकका सम्पूर्ण आर्थिक समस्या टारिदिने गरेकी छन्। पेट्रोल खर्च, मोबाइल रिचार्ज, पकेटमनी सबैथोकको जोहो कमलाले नै गर्ने गरेको विवेकले बताए। “एसएफ ९सुड्डी फ्रेन्ड० को आवश्यकता मैले पूरा गर्दिन्छु, मेरो आवश्यकता उसले,” विवेकले भने, “मसँग हुँदा त बूढीमाउ फेरि टिनएजमा फर्केझैँ लाग्छ’ भन्छे।”
केस नं ३ काठमाडौँ, सुकेधाराका अविनाश प्रायः बागबजारमा भेटिन्छन्। “आन्टीले बोलाइरहन्छिन्,” बागबजार धाउनुको कारण सुनाउँछन् उनी, “आफू त आन्टीको सेवक न परियो। जहिले बोलायो, त्यही समयमा आइदिनुपर्छ ।” ४४ वर्षीया आन्टीलाई हरबखत सेवा दिन तत्पर अविनाश २१ वर्षका छन्। भन्छन्, “मेरो गर्लफ्रेन्ड छे, कलेजमा। बागबजारमा चाहिँ ओभरटाइम गरेको हुँ।” उनका अनुसार आन्टीका श्रीमान् बागलुङमा छन्। “वर्षमा एकदुई चोटिमात्र आउँछन् अंकल,” अविनाशले भने, “आन्टी धेरैजसो एक्लै हुन्छिन्। छोराछोरी पनि छैनन्। त्यसैले मलाई बोलाइरहन्छिन्।” यी दुईको चक्कर चलेको दुई वर्ष भयो।
केस नं ४ धरानका दीपेश यही अक्टोबरमा इजरायल उड्दै छन्। “उतै सेटल हुने गरी जाँदै छु,” उनले भने, “केटी मुसलमान भएकाले बिहे गर्न अलि समस्या भइरहेको छ। मैले धर्म परिवर्तन गर्नुपर्छ रे। त्यसका लागि कागजात पठाइसकेँ। अक्टोबरसम्ममा सबै काम बन्छ होला।” दीपेश टुरिस्ट गाइड हुन्। पर्यटक घुमाउने क्रममा उनको भेट इजरायलकी अथालियासँग भएको थियो। “त्यो बेला नै उसले मलाई खुब मन पराई,” दीपेश भन्छन्, “इजरायल पुगेपछि पनि फोन गरिराख्थी। मेरा लागि ल्यापटप, मोबाइल आदि पठाइदिन्थी। इजरायलको सरकारी कर्मचारी हो ऊ। पैसा टन्न कमाउँछे। एकदम गाँठवाली छे।”
तिनै ४९ वर्षीया अथालियाको पहलमा २५ वर्षीय दीपेश इजरायल जान लागेका हुन्। “खै, किन हो, लास्टै माया गर्छे मलाई,” दीपेश भन्छन्, “मैले पनि माया गरेजस्तो गर्दिन्छु। उता गएपछि राम्रो काममा लगाइदिन्छु भनेकी छे। जिन्दगी बन्छ भने किन नजानु र रु ” केही महिनाअघि पनि “टुरिस्ट भिसा” मा इजरायल डुलेर आएका दीपेशले आफूहरूका लागि दुइटा कोठा बुक्ड गरिसकेको बताए। “अस्ति जाँदा ऊसँगै बसेँ,” उनले भने, “अब त बिहे नै गर्दै छु। पाँचदश वर्ष त्यै बज्यै अथालियासँग उठबस गर्नुपर्ला। त्यसपछि आफ्नै देश फर्किन्छु।”
आफ्नै हातमा धनलक्ष्मी आफूभन्दा निकै जेठी महिलासँग हिमचिम बढाउने युवाका चर्तिकला हुन् यी। यस्ता क्रियाकलाप अचेल हाम्रो समाजमा देखिन थालेका छन्। पैसा र मोजमस्तीका लागि अनेक तिकडम अपनाइरहेकाहरू यसलाई पनि एउटा उपायका रूपमा लिइरहेका छन् । “काठमाडौँको महँगीमा टिक्न गाह्रो छ,” शंखमूलका विवेक भन्छन्,“भनेको बेला जागिर पाइँदैन। पेट पाल्नका लागि केही न केही त गर्नैपर्छ।” उच्च शिक्षाका लागि राजधानी आएका उनी भोकै बस्नुभन्दा “सुड्डी” पट्याएरै भए पनि आफ्नो समस्या टार्नु बेस ठान्छन्। “त्यसबापत हामीले पनि त सेवा दिएकै हुन्छौँ,” उनले भने, “लेनदेन दोहोरो छ भने धक मान्नुपर्दैन।”
हामीले भेटेका अधिकांश युवाले पैसाकै लागि पाको उमेरकी महिलासँग “रोमान्स” गरेको बताए। खासगरी उपत्यका बाहिरबाट आएका युवा यस्तो क्रियाकलापमा सरिक हुने गरेको पाइएको छ । घरबाट पैसा मागिरहनुभन्दा यतै केही व्यवस्था गर्ने निहुँमा उनीहरू आफूभन्दा दोब्बर जेठी महिलाको यौनचाहना मेटाउने काममा लागेका छन्। “अरूको यौन चाहना मेटाइदिँदैमा आफ्नो भलो हुन्छ भने त्यसो गर्नु नराम्रो होइन,” सुकेधाराका अविनाशको तर्क छ, “यसमा कसैको हानि–नोक्सानी हुँदैन। बरु, दुवै पार्टीलाई फाइदा हुन्छ।”
आफ्नै उमेरकी केटीभन्दा कामकाजी महिलासँग प्रेम गर्दा राम्रो हुने बताउँछन्, नयाँ बानेश्वरका विजय। भन्छन्, “आफ्ना उमेरका केटीहरू त आफूजस्तै कंगाल हुन्छन्। डेटिङ जाँदा पनि आफ्नै पैसा सखाप हुन्छ। आन्टीहरू पट्याउन सके पैसाको अभाव हुँदैन।” उनले पनि एउटा हस्पिटलकी एकाउन्टेन्ट आन्टी पट्याएको बताए। “पहिले–पहिले एक कप चिया खान पनि बाउसँग पैसा माग्नुपर्थ्यो,” उनी भन्छन्, “अहिले आफ्नै हातमा धनलक्ष्मी छिन्। केटाहरू सबैलाई ट्रिट दिने गर्याम छु। बाउसँग पनि सुको माग्नुपर्दैन। रिल्याक्स छ।”
अनुभवीसँग आनन्द २१ वर्षको केटोले ४८ वर्षकी महिलासँग “रमिता” गर्नुको एउटा कारण रमाइलो पनि हो। बागबजारका सुरेन्द्र भर्खरकी युवतीभन्दा अनुभवी महिलासँगको हिमचिम रमाइलो हुने बताउँछन्। “सिकारु त झ्याउ लाग्ने खालका हुन्छन्,” सुरेन्द्र भन्छन्, “सबैथोक आफैँले सिकाउनुपर्छ। त्यसमाथि लजाएर र्यााक गर्छन्। अनुभवी भए जसो–जसो भन्यो, उसो–उसो हुन्छ। साह्रै रमाइलो हुन्छ उनीहरूसँग।” पाको उमेरका महिला होशियार हुने र आफूलाई संकटमा पनि नपार्ने भएकाले सुरेन्द्रको साँठगाँठ उनीहरूसँगै हुने गरेको छ। “योङ केटीहरूसँग कहिल्यै लभ गरिएन,” उनले भने, “मोजमस्ती भनेको जान्नेबुझ्नेसँगै गर्नुपर्छ।” यद्यपि, बिहे चाहिँ उनी आफ्नै उमेरकी केटीसँग गर्नुपर्ने बताउँछन्। “बिहे भनेको अर्कै चिज हो,” भन्छन्,“यसलाई यस्तो हल्काफुल्का कुरासँग जोड्नु हुँदैन।”
जनमलाई भने आफ्नी पाको उमेरकी प्रेमिकाले आत्मीय साथ र माया दिएको भान हुन्छ। भन्छन्, “हामीले थुप्रै पटक शारीरिक सम्पर्क गरिसकेका छौँ। तर, मैले यौन सन्तुष्टि र पैसाका लागि उनलाई प्रयोग गरेको होइन। उनले गर्ने प्रेम अन्य केटीले गर्नेभन्दा परिपक्व छ। परिपक्व मायामा फसेको छु ।” उनी दुई छोराकी आमासँग बिहे गर्ने पक्षमा छैनन्। न त ती महिलाको नै विवेकसँग बिहे गर्ने सोच छ। “श्रीमानको साथ र देखभाल नपाएकाले उनी मसँग झ्याम्मिएकी हुन्,” जनमको बुझाइ छ, “म बिना कसरी बाँच्लिन् भन्ने पीर लाग्छ आजकल।”
करिअर १ कतिपय युवाले आफ्नो करिअर बनाउनका लागि पनि परस्त्रीसँग सम्बन्ध राख्ने गरेको पाइयो। धरानका दीपेश तिनैमध्ये पर्छन्। पाको उमेरकी महिलासँग बिहे नै गरेर उनी इजरायल उड्दै छन्। “पाँच देखि दश वर्ष मजाले कमाइयो भने जिन्दगी बन्छ,” उनी भन्छन्, “त्यतिञ्जेल सम्बन्ध टिक्छ नै भन्ने ग्यारेन्टी छैन। टिक्यो नै भने पनि मेरा कारण त्यो महिलाले दुःख पाउँदिन। बरु, सुख पाउँछे। त्यसपछि म आफ्नो बाटो लाग्छु, ऊ आफ्नै संसारमा रमाउँछे। यसमा कसैको हानि हुँदैन।”
यस्तो सम्बन्ध राख्ने केटाहरू आफूले कसैलाई जबर्जस्ती वा ललाई–फकाई सम्बन्ध नराख्ने भएकाले यो प्रवृत्ति गलत नभएको बताउँछन्। “महिलाहरू आफैँ हामीसँग टाँसिन आउँछन्,“ विवेक भन्छन्, “हामीले कसरी नाइँ भन्ने ?” सुकेधारका अविनाश भने महिलाहरू आफूजस्ता जवान र ह्यान्डसम केटाप्रति आकर्षित हुनु स्वाभाविक ठान्छन्। “राम्रामा त जसको पनि नजर गइहाल्छ नि,” उनी भन्छन्। साँच्चीकै प्रेम त्यसो त सबै युवाले आफ्नो स्वार्थपूर्तिका निम्ति मात्रै जेठीबाठी महिलासँग सम्बन्ध राख्ने गरेका छैनन्। कतिपयको त साँच्चै नै माया बस्ने गरेको पनि पाइयो। जनमकै उदाहरण लिऔँ। उनले प्रहरी निरीक्षककी श्रीमतीलाई मनैदेखि माया गरेको बताए ।via सत्य खबर
0 Comments
Thanks for your concerns