लावण्य/साँखु । आज चैत्र १४ गते शुक्रवार साँखु जेसीज र रोटरी क्लबको अगुवाईमा साँखु बजारमा डिसइन्फेक्सन स्पे्र गरियो । त्यसैगरी शंखरापुर नगरपालिका विपद् व्यवस्थापन समितिको निर्णय अनुसार भोलि (चैत्र १५ गते शनिवार) शंखरापुर नगरपालिकाभरी नै डिसइन्फेक्सन स्पे्र गर्ने जानकारी प्राप्त भएको छ ।
शुक्रवार बसेको शंखरापुर नगरपालिका विपद् व्यवस्थापन समितिले सो समन्धी निर्णय गरेको हो ।
भोलि पनि साँखु बजारका चोक चोक र गल्ली गल्लीहरुमा डिसइन्फेक्सन स्पे्र गर्ने कार्यक्रम रहेको रोटरीयन लकस श्रेष्ठले बताउनुभयो ।
0 Comments
Thanks for your concerns