– २०७६ श्रावण १३ गते –
प्रशिक्षार्थी पत्रकार गंगा माझी
लावण्य÷साँखु । यही श्रावण ५ गते काठमाडौँ जिल्लाको “पूर्वी क्षेत्रिय संयुक्त विद्यालय समिति” द्वारा प्रदेश सांसद मणिराम फुयालको प्रमुख आतिथ्यतामा आफ्नो क्षेत्र अन्तर्गतका विद्यालयहरुबाट एसईई २०७५ मा उत्तिर्ण विद्यार्थीहरु र सेवानिवृत्त शिक्षक कर्मचारीहरुलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट जीपीए लिएर आउन सफल शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । यस भेगमा सी परिक्षामा ७ वटा विषयमा भगवती बिद्यालयले उत्कृष्ट जीपीए ल्याएको थियो । त्यसैगरी उग्रतारा माविले १ वटा विषयमा र चामुन्डा माविले १ वटा विषयमा उत्कृष्ट जीपीए प्राप्त गरेका थिए ।
कार्यक्रममा ७ वटा विषयमा उत्कृष्ट जीपीए प्रात गरेकोमा भगवती माविलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
स्मरणरहोस् नेपालभरकै उत्कृष्ट १० प्लस टु पढाई हुने विद्यालयहरुको सूचीमा यस भेगको भगवती मावि २६ औँ स्थानमा र एभरग्रीन मावि १८ औँ स्थानमा परि उत्कृष्ट भएको थियो । यस सम्बन्धी खबर हिमाल खबर पत्रिकाले केही समय अगाडि प्रकाशित गरेको थियो ।
0 Comments
Thanks for your concerns