kabita

जून
– सूर्य भक्त जोशी, बुद्धनगर, काठमाडौँ
हे प्रभु कहाँ छौ तिम्रो, जताततै फैलिरहेछ तिमी
भेटुँ कहाँ कतै तिमी, कहाँ छौ लुकी लुकी तिमी ।।
मानव मानव आत्माभित्र, लुकिमारी सुन्दर प्राणिभित्र
प्रभू तिमी पवित्र आत्मा भित्र, खोजुँ कहाँ सागर भित्र ।।
जहाँ तहिँ खोजी खोजी हिडेँ, बाग बगैँचा घुमी घुमी हिँडेँ
जता खोजेँ जाल भित्र अड्किरहे, प्रभू कहाँ छौ रमि रहे ।।
जुन हो व्यापक फैलिरहने, धर्तिलाई झलमल्ल प्रकाश दिने
ईश्वर तिम्रो अपरम्पार छवि रहने, प्रभू कहाँ कतै लुकि लुकी रहने ।।
खोजेर कहिँ नभेट्ने, जहाँ तहिँ लुकी छिपी रहने
कतै कहिँ पाई रहने, महिमा तिम्रो अपरम्पार ।।

Post a Comment

0 Comments