लावण्य/साँखु । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । सायद उ भारत, काशीको हुनुपर्छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ । परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । सबै भूमिमा खेती किसानी गर्न जन संख्या कम भएको कारणले असम्भब प्रायः थियो, त्यो बेला । वर्षभरी राज्यलाई अन्न संकटबाट बचाउन पनि यहाँका किसानहरुले जसरी भए यो काम गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाँइको बेला घरमा …
आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ । यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् । यो साइकलका दुई आ…
मिति २०७९ जेष्ठ २८ गते शनिबारका दिन आलापोट स्थित गणेश मन्दिर संगै रहेको पोखरीमा नेवारी परम्परागत पोशाक सहितको महिलाको सालिक कागेश्वरी मनोहरा न. पा. का मेयर उपेन्द्र कार्कीले अनावरण गर्नुभयो । फोटो ः राजेन्द्र श्रेष्ठ आलापोट
नेपाली नयाँ वर्षका दिन तागा लगाइँदै, तस्बिर : नेत्र शाही जुम्ला जुम्ला – जुम्लामा नेपाली नयाँ वर्षको अवसरमा तागे सङ्क्रन्ति मनाइने गरिएको छ । यहाँको संस्कृतिअनुसार नयाँ वर्षमा तागे सङ्क्रान्ति मनाइने गरिएको हो । घरघरमा पुगेर ब्राह्मणले यजमानलाई तागा र पाती दिएर यो सङ्क्रान्ति मनाइने गरिन्छ । विशेषगरी विवाहित महिलाले धागोबाट तयार गरिएको तागा लगाएर परिवारको रक्षाको निम्ति कामना गर्छन् । ब्राह्मणले दिएको धागोको तागा श्रीमानले श्रीमतीलाई हस्तान्तरण गर्ने चलन भएको जानकारहरू बताउँछन् । खस संस्कृतिका जानकार रमानन्द आचार्यले नयाँ वर्षमा मनाइने ताग…
रोचक जानकारी पानीमाथि पद्माशन गरेर नेपाली युवाले बनाए विश्व कीर्तिमान पानीमाथि पद्रुमाशनरु गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्रीले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे…
रोचक जानकारी यहाँ विगत सय वर्षदेखि कालगतिले कसैको मृत्यु भएको छैन त ? यस्तो छ वास्तविकता विश्वमा यस्ता विविध किसिमका ठाउँहरु छन्, जसको बारेमा थाहा पाएपछि हामीलाई पनि अचम्म लाग्छ । आज हामी तपाईलाई यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जुन ठाउँमा विगत ७० वर्षदेखि कोही कसैको मृत्यु भएको छैन । तपाईंलाई लाग्न सक्छ कि यहाँ कोही पनि बस्दैनन् भनेर । यो अचम्म लाग्दो ठाउँ नर्वेमा छ । यहाँ यस्ता सुन्दर ठाउँहरु छन्, जसका कारण विश्वका प्रसिद्ध पर्यटक स्थलमा समावेश भएको छ । नर्वेमा यो ठाउँको नाम हो लाङइयरबेन । यो स्थानमा कोही पनि कालगतीले मर्न पाएका छैनन्…
रोचक जानकारी बिरालोका कारण दक्षिण कोरियाका १ सय बढी घरमा आगलागी बच्चाबच्चीले आगो खेलेर वा ग्यास चुहावटका कारण घरमा आगलागी भएको घटनाहरू हामीले सुन्दै आएका छौँ । तर बिरालोको कारण आगलागी भयो भन्दा अचम्म लाग्न सक्छ । हो, यस्तै घटना दक्षिण कोरियामा भएको छ । त्यसैले त्यहाँ बिरालो पाल्नेहरूलाई बिरालोको पनि क्रियाकलापमा निगरानी गर्न चेतावनी नै दिइएको छ । विगत ३ वर्षको अवधिमा १०० घरमा बिरालोका कारण आगलागी भएको तथ्य सार्वजनिक भएपछि सोलका अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । सोल महानगर अग्नि तथा प्रकोप विभागले जारी गरेको विज्ञप्तिमा २०१९ को जनवरीदेख…
रोचक जानकारी यो देशका राजा प्रत्येक वर्ष कुमारी केटीसँग विवाह गर्छन्, कति पुगे पत्नी र छोराछोरी विवाहित श्रीमान र श्रीमतीमा विवाहपछि केही खोट भएमा वा समझदारी कायम हुन नसकेमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया चालिन्छ । चाहे त्यो श्रीमानमा होस् वा श्रीमतीमा । तर विश्वको यस्तो एउटा देशका राजा छन्, जो सम्बन्ध विच्छेद नै नगरी वर्षै पिच्छे एउटा विवाह गर्छन् । देशका राजामाथि कयौँ जिम्मेवारी हुुन्छन् जुन पालना गर्नैपर्छ । राजाले आफ्ना सन्तान मात्रै होइन सम्पूर्ण जनताको जिम्मेवारी लिनुपर्छ । उनले आफ्ना जनताको सबै दुुःख पीडा बुुझ्नुु पर्छ । विश्वका धेरै…
कमिलाको अनौठो व्यवहार ः एक अर्काको मुखमा बान्ता गरेर मित्रता कायम ! यो विशाल पृथ्वीमा करोडौँ प्रकारका जीवजन्तु छन् । पर्यावरण सन्तुलन राख्नका लागि प्रकृतिले सबै जीवहरुलाई अहम जिम्मेवारी दिएको हुन्छ । कमिला पनि यस्तो जीव हो जुन पर्यावरणका लागि निकै महत्वपूर्ण हुन्छ । मानिसमा जस्तै कमिलाले पनि एक आपसमा मित्रता कायम गर्दछ र सामाजिक बन्धनमा रहन्छ । तपाइँलाई सुन्दैमा अनौठो लाग्न सक्दछ कि कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर मित्रता कायम गर्दछन् । कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर सामाजिक बन्धन कायम गर्ने र सूचनाको आदानप्रदान गर्ने गर्दछन् …
रोचक जानकारी विवाहमा नआउनेलाई पठाइयो खानाको बिल सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् । खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए । ४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए । कतिले विवाहमा कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन् । न…
बीबीसी । कम्पनी गुगल, हावामा प्रकाशको किरण मार्फत उच्च गतियुक्त ‘हाइ–स्पीड इन्टरनेट’ सेवा ल्याउनमा सफल भएको छ । यसबाट कङ्गो खोला पारि डाटा ट्रान्समिट गर्न सकिनेछ जसको अर्थ ब्राजाभिल र किनशाका १ करोड ७० लाख नागरिकहरुले सस्तो र तिव्र गतिमा इन्टरनेट चलाउन पाउनेछन् । प्रोजेक्ट तारा, गुगलको सहायक कम्पनी अल्फाबेटको अति महत्वकांक्षी परियोजना थियो । यो परियोजनाको उत्पति प्रोजेक्ट लुनबाट भएको थियो जसमा वायुमण्डलको ‘स्ट्राटोस्फियर’ तहमा बेलुनको प्रयोग गरिएको थियो । यो हालैको आविस्कारले विशेष रुपमा दुई अफ्रिकी शहरबीच ‘कनेक्टिभिटी ग्याप’ हटाएको छ । रिप…
रोचक जानकारी वर्षमा तीन महिना अँध्यारो हुने गाउँ, जहाँ बनाइएको छ कृत्रिम सूर्य पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् । डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले घेरिएको छ । चिसो मौसममा यो गाउँमा सूर्यको किरण पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म यो गाउँ झण्डै अँध्यारो जस्…
फेसबुकका कार्यालय जनवरीसम्म नखुल्ने फेसबुकले आफ्ना कर्मचारीहरुलाई अर्को वर्ष सन् २०२२ बाट मात्रै कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने भएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्टको फैलिँदो जोखिमका कारण अमेरिकाभरका आफ्ना कार्यालय भौतिक रुपमै पुनः खोल्ने फेसबुकको योजना आगामी वर्षसम्मका लागि धकेलिएको हो । आफूहरुको कार्यालय फिर्तीको विषय तिथिमितिले नभई तथ्यांकमा निर्भर गर्ने भन्दै फेसबुक प्रवक्ता कोल मेर भन्छिन्, ‘डेल्टा भेरियन्टमा आधारित कोभिड संक्रमणको तथ्यांक पछिल्लो समयमा वृद्धि हुँदै गएको अवस्थामा अमेरिकास्थित हाम्रो टिम आगामी जनवरी २०२२ सम्म कार…
बाडुली लाग्दा कसैले सम्झना गरेको, कसैले कुरा गरेको भन्ने मानिसको आमधारणा हुन्छ । तर, बाडुली बारम्बार लाग्न थालेपछि रोक्न निकै गाह्रो पनि पर्न सक्छ । बाडुली शरीरको तल्लो भागको डायाफ्रामबाट आउन सुरु हुन्छ । यो अंग फोक्सो र पेटको बीचमा रहेको गजुर आकारको मांसपेशी हो । सामान्यतया सास लिँदा डायाफ्राम तल्लो भागतिर खुम्चिन्छ भने सास फाल्दा फेरि सामान्य आकारमा परिवर्तन हुन्छ । डायाफ्रामले नियमित तालिकामा काम गर्छ तर जब यसमा समस्या आउँछ तब ऐठन हुन थाल्छ । जसको कारण सास घाँटीमा अचानक अड्किन्छ र आवाज निकाल्छ समस्या हुन्छ । भोकल कर्डमा अचानक आएको रोकावटका …
रोचक जानकारी टेलिग्राममा अब हजार जनासम्मले संयुक्त भिडियो संवाद गर्न मिल्ने म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिने भएको छ । भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढिरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो । कम्पनीले हालै घोषणा गरेको नयाँ सेवाअनुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो आउने बनाइएको छ । पटकपटकको प…
रोचक जानकारी - यौनरोग संक्रमण हुँदा चम्किने कण्डम १३–१४ वर्ष उमेरका किशोर विद्यार्थीहरुले दुनियामै अहिलेसम्म नभएको अनौठो आविष्कार गरेर सबैलाई अचम्ममा पारेका छन् । बेलायतको लण्डनस्थित आइज्याक न्युटन एकेडेमीमा अध्ययनरत तिनजना किशोरहरुले यस्तो कण्डमको विकाश गरेका छन् जो यौनरोगका जिवाणुहरु भेट्ने बित्तिकै चम्किन थाल्छ । दी एस टी आइ कण्डम नामको उक्त अनौठो कण्डम निर्माण गर्ने विद्यार्थीहरुमा १३ वर्षका मुआज नवाज, १४ वर्षका डानयाल अली र १४ वर्षका चिराज शाह रहेका छन् । उनीहरुको यो आविष्कार विश्वमा बढ्दो यौनरोगको संक्रमण विरुद्धको लडाइँमा कामयावी हुने …
रोचक जानकारी जहाँ पत्नीलाई लोग्नेको जुत्ताको पानी खुवाइन्छ अहिलेको डिजिटल युगमा महिलाहरु पुरुषसँग काँधमा काँध मिलाएर हिँडिरहेका छन् । पुरुषले गर्ने काम गर्न महिलाहरु सक्षम छन् । तर भारतमा एउटा यस्तो ठाउँ पनि छ जहाँ महिलाहरु नरकको जीवन भोग्न बाध्य छन् । अनि महिलाहरु केवल पुरुषको उपयोगिताको साधन बनिरहेका छन् । भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा महिलाहरुलाई उनीहरुका लोग्नेको जुत्ताको पानी खुवाइन्छ । गाउँमा रहेको बंक्याराणी माता मन्दिरमा महिलालाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर पिलाउने प्रथा रहेको छ । यसो गर्नाले शौभाग्य प्राप्त हुने र महिलाक…
यस्तो देश जहाँ का जनता कम बोछन् कम बोल्नु कोही मानिसको आदत हुनसक्छ । तर देशका सबै जनता नै कम बोल्छन् भने बुझ्नुपर्छ, दालमा कुछ काला हे । यो सुन्दैमा अनौठो लाग्न सक्दछ । युरोपेली मुलुक लातभिया यस्तो देश हो जसलाई कम बोल्ने जनता भएको देश भनिन्छ । कम बोल्नु त्यहाँको संस्कृतिको एक हिस्सा हो । यद्यपि, कतिपय लातभियन भने यो संस्कृतिको खुलेर आलोचना गर्दछन् । लातभियनहरु निकै सिर्जनशील हुन्छन् । मानिसहरु कम बोल्दै रचनात्मक सोचका साथ सम्बन्धको खोजी गर्दछन् । यसलाई देशको विशेषता मानिन्छ । हालै बेलायतको लण्डनमा भएको पुस्तक प्रदर्शनीमा लातभियन कमिक बुक चर्चा…
“विश्वको सबैभन्दा ठूलो परिवार” का घरमुलीको निधन विश्वको सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको निधन भएको बीबीसीले जनाएको छ । मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३६ जना नातिनातिनी छन् । उनीहरू सबै जना एक सय कोठा भएको चार तले घरमा बस्दै आएका छन् । यही परिवारका कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको बीबीसीले जनाएको छ । जियोना सिकर्मी हुनुहुन्थ्यो भने उहाँकी जेठी पत्नीले घरका सबै सदस्यको कामको बाँडफाँड…
रोचक जानकारी फेसबुकसँग किन नाता तोड्दैछन् अमेरिकी किशोर किशोरी ? सोसल मिडिया साइट फेसबुकसँग अमेरिकी किशोर किशोरीहरुको दूरी बढ्न थालेको छ । जसका कारण अमेरिकी किशोरवर्गमा फेसबुकका अलावा अन्य सोसल प्लेटफर्म लोकप्रिय हुँदैछन् । द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्ष उमेरका अमेरिकी किशोर किशोरीहरुमध्ये केवल ५१ प्रतिशतले मात्र फेसबुक चलाउँछन् । जबकी सन् २०१५ मा यो उमेर समूहका ७१ प्रतिशत किशोर किशोरीले फेसबुक प्रयोग गर्दथे । रिपोर्ट अनुसार अमेरिकी किशोर किशोरीहरुमा सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लेटफर्म युट्युब हो । ८५ प्रतिशत किशोर किशोरीले …
सामाजिक संजाल