वर्षमा तीन महिना अँध्यारो हुने गाउँ, जहाँ बनाइएको छ कृत्रिम सूर्य - रोचक जानकारी






रोचक जानकारी

वर्षमा तीन महिना अँध्यारो हुने गाउँ, जहाँ बनाइएको छ कृत्रिम सूर्य

पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् ।

डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले घेरिएको छ । चिसो मौसममा यो गाउँमा सूर्यको किरण पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म यो गाउँ झण्डै अँध्यारो जस्तै बन्दछ ।

यति लामो समयसम्म घाम देख्न नपाउँदा मानिसहरुमा विभिन्न खालका समस्या देखिन्थे । गाउँलेहरुमा अनिद्रा, तनाव, थकानलगायतका समस्याहरुका साथै चोरीलगायतका अपराधका घटनामा पनि वृद्धि भएको थियो । सोही समस्याबाट मुक्ति पाउनका लागि गाउँलेहरुले आफैले सूर्यको निर्माण गरेका छन् ।

उक्त गाउँमा सन् २००६ मा एक लाख युरो रकम खर्चिएर ४० वर्ग किलोमिटर ठूलो काँच खरिद गरेर ऐना बनाए । र, त्यसलाई पहाडको टुप्पोमा जडान गरे ।

ऐनालाई यसरी ठड्याएको छ कि सूर्यको किरण त्यसमा ठोक्किएर परावर्तन भई सिधै गाउँतर्फ जान्छ र गाउँमा उज्यालो हुन्छ । गाउँलेहरुले रत्तिभर घाम देख्न नपाउने समयमा पनि दिनको ६ घण्टासम्म घाम ताप्न पाउँदछन् ।

गाउँमा कृत्रिम सूर्य निर्माण गर्ने उक्त आइडिया गाउँलेहरुले कुनै विज्ञानका आधारमा नभई मानवीय सोच र अनुभवका आधारमा निकालेका थिए, जुन सफल भयो । मानिसहरु उज्यालो र घामको अभावमा निकै कष्ट बेहोर्नुपर्दा त्यस्तो आइडिया फुराएका उक्त गाउँका मेयरले बताएका छन् ।

श्रीलंकामा मापसे गरेर हात्तीमा चढ्न नपाइने !

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन नपाइने नियम त विश्वव्यापी नै हो । तर श्रीलंकाले चाहीँ एक कदम अगाडि बढ्दै मापसे गरेर हात्ती सवार गर्न पनि नपाइने नियम बनाएको छ ।

श्रीलंकाले घरपालुवा हात्तीहरुको बायोमेट्रिक परिचय पत्र जारी गर्न लागेको छ । नयाँ जनावर संरक्षण कानून अनुसार अब माउतेले हात्ती सवार गर्दा मदिरा सेवन गर्न पाउनेछैन ।

श्रीलंकामा धेरै धनाढ्यहरु, खासगरी बौद्ध भिक्षुहरुले आफ्नो सम्वृद्धि प्रदर्शन गर्नका लागि समेत हात्ती पालेका हुन्छन् । तथापि घरपालुवा हात्तीहरुमाथि भएको क्रूरता तथा दुर्व्यवहारका घटनाहरु निकै व्यापक रुपमा सार्वजनिक हुने गरेका छन् ।

नयाँ कानूनले जनावरको हितको संरक्षण गर्नुका साथै कामकाजी हात्तीका सम्बन्धमा कडा नियम अख्तियार गरेको छ ।अबदेखि हात्तीलाई दैनिक साढे २ घण्टा अनिवार्य रुपमा पानीमा नुहाउन तथा खेल्नका लागि लैजानुपर्नेछ ।

आधिकारिक तथ्यांक अनुसार श्रीलंकामा घरपालुवा हात्तीको संख्या करीब २ सय छ । त्यस्तै जंगली हात्तीको संख्या साढे ७ हजार जति छ । नयाँ कानून अनुसार अब घरमा हात्ती पाल्ने हरेक हात्तीधनीले डिएनए छापसहितको आफ्नो हात्तीको फोटोयुक्त परिचयपत्र सँगै राख्नुपर्नेछ ।

त्यस्तै बच्चा हात्तीलाई आफ्नो आमाबाट छुट्टाउन नपाइने र धार्मिक लगायतका कुनैपनि काममा लगाउन नपाइने नयाँ नियममा उल्लेख छ । त्यस्तै भारी बोक्ने काममा खटाइने हात्तीलाई दिनको ४ घण्टाभन्दा बढी काममा लगाउन नपाइने र रातको समयमा काम गराउनमा पनि बन्देज लगाइएको छ ।

त्यस्तै एउटा हात्तीमा ४ जनाभन्दा बढी चढ्न पाइनेछैन । त्यस्तै हात्तीको नांगो ढाडमा बस्न पाइने छैन र बस्नका लागि व्यवस्थित सिट हुनुपर्नेछ । त्यस्तै हात्तीलाई फिल्ममा खेलाउन पनि बन्देज लगाइएको छ । तथापि सरकारी उत्पादनका चलचित्रमा भने कडा नियम अख्तियार गरी हात्तीलाई खेलाउन पाइनेछ ।

राजपत्रमा बिहीबार प्रकाशित भएको उक्त नयाँ कानून अनुसार हरेक ६ महिनामा हात्तीको अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्नेछ ।कानून उल्लंघन गर्ने हात्तीपालकलाई कडा कारवाही गरिने र उनीहरुको हात्ती राज्यले नियन्त्रणमा लिने कानूनमा उल्लेख छ ।

साथै त्यस्ता हात्तीपालकलाई ३ महिनाको जेल सजायँ हुनेछ । स्मरण रहोस् श्रीलंकामा जंगली हात्ती समात्ने तथा मार्ने काम ठूलो अपराधको रुपमा मानिन्छ र त्यस्तो अपराधमा मृत्युदण्ड दिइने प्रावधान छ । जनावर अधिकारकर्मीहरुले पछिल्लो १५ वर्षमा श्रीलंकामा कम्तिमा ४० वटा हात्तीका छावा जंगलबाट चोरिएको दाबी गरेका छन् ।– एजेन्सीको सहयोगमा

Post a Comment

0 Comments