आलु, गोलभेडा र अन्य वालीहरुमा लाग्ने ओइले रोग – प्रस्तुति– सत्यनारायण श्रेष्ठ

ओइले रोग ९ध्ष्ति या अभचभब िबलम खभनभतबदभिक अचयउक० रोगका लक्षण विभिन्न वालीहरुमा मुख्य गरि दुई कारणहरुबाट ओइले रोग लाग्दछन् । जीवाणुबाट ९द्यबअतभचष्ब० हुने रोग आलु, गोलभेडा, भण्टा, खुर्सानी र अन्य तरकारी वालीहरुमा लाग्छ । यसका लक्षणहरु निम्नानुसार हुन्छन् ः  खेतवारीमा चिस्यानको अभाव नभएको अवस्थामा पनि घा लागेको बेला बोटहरुका केही वा पूरै डाँठहरु ओइलाउँछन् तर विहान बेलुकी भने ठीकै देखिन्छन् । केही दिनपछि भने पूरै बोट वा केही डाँठ ओइलाएर मर्दछन् । बोटमा देखिने लक्षण आलु र गोलभेडा दुवैमा उस्तै हुन्छन् ।  बोटमा दाना लागिसकेपछि रोग लागेमा आलु खेतैमा र भण्डारमा कुहिन्छन् ।  मरिसकेका आलुका बोटका दानाहरु पनि रोगले ग्रस्त हुन्छन् र दाना काटेर हेर्दा खैरो गोलो चक्का स्पष्ट देखिन्छन् । उक्त दाना निचोरेमा खैरो चक्काबाट पिप बग्दछ ।  ओइलिएको कारण जीवाणुले गर्दा हो कि होइन भन्ने ठम्याउन गाह्रो भएमा डाँठलाई सफा पानी भएको काँचको गिलासमा डुबाएर हेर्न सकिन्छ । यसरी हेर्दा जीवाणुले गर्दा बोट ओइलिएको रहेछ भने डाँठको फेदबाट सेता जीवाणुहरु धागो जस्तो बनि पानीमा निस्केको देख्न सकिन्छ । फ्युजेरियम ९ँगकबचष्गm० जातको ढुसीबाट गोलभेडा र अन्य वालीहरु जस्तै अन्नवाली, तरकारी, कोसेवाली, फलफूल इत्यादिमा ओइलेरोग लाग्दछ र वालीलाई नोक्सान पु¥याउँदछ । यसका लक्षणहरु निम्नानुसार् देखिन्छन् ।  कलिलो पातमा नशाहरु प्रशस्त देखिने र हुर्केका पातहरुका भेट्ना निहुरिने हुन्छ ।  वेर्ना अवस्थामा रोग लागेमा बेर्ना ओइलाइ मर्दछन् ।  ठूलो बोटमा पनि पातको नशा प्रष्ट देखिनु, विरुवा पुड्को हुनु पात र कमला डाँठ ओइलाउने हुन्छ ।  जमिनमुनिका जरा नष्ट जमिनमाथि जरा पलाउने हुन्छ ।  सुरुमा लक्षणहरु केही हाँगामा मात्र सिमित हुन्छ । पछि बिस्तारै बढ्दै पूरै हाँगा सुक्ने हुन्छ ।  बिरुवा मरिसकेपछि सेतो ढुसी बाहिर देखापर्छ ।  रोगी डाँठ काटेर हेरेमा खैरा चक्का देखिन्छन् । रोगको जीवनचक्र ः जीवाणुबाट हुने रोगको जीवनचक्र ः रोगका जीवाणु बीउ आलु, नाभो आलु, माटो र झारपातमा बाँच्दछन् । जब ती आलुहरु उम्रिन्छन्, त्यसमा जीवाणुहरु पैmलिसकेका हुन्छन् । यी आलु फलेपछि फेरि अर्को वर्षका लागि पनि जीवाणूहरु दानाको माध्यमबाट पुनः सर्दछन् । ढुसीबाट हुने रोगको जीवनचक्र ः माटामा रहेका ढुसीका विभिन्न अंगहरु अंकुरण हुन्छन् र विरुवाको जरालाई आक्रमण गर्दछन् । ढुसीका कोशिकाहरु बीच–बीचमा फैलिँदै रेशाको जालो जस्तै बन्दै जान्छन् र शुरुमा विरुवा ओइलाउने र अन्तमा विरुवा मरी माटामा पुरिइन्छन् । मरेका विरुवामा भएका ढुसीका लैंगिक उत्पादन प्रक्रिया ९चभउचष्मथअतगष्द० द्वारा विभिन्न अंगहरु बन्दछन् । यी ढुसीका अंगहरु रोगको स्रोत भएर माटामा बस्दछन. ।

Post a Comment

0 Comments