१ पौष २०७९, शुक्रवार लावण्य/साँखु । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । “कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लावण्य/साँखु । अमेरिकाले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो । अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ ः ‘अमेरिकाले नेपाललाई २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्…
लावण्य/साँखु । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो । देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट भने सङ्क्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ …
file photo शालिनदीमा चौथो दिन दाता नानीहेरा महर्जनले १२ लाख ९१ हजार ५ सय दान गरे लावण्य/साँखु । कोभिड–१९ का त्रासका बीच सुरु भएको माधवनारायण व्रतमा चन्दा दाताहरुको ओइरो लागेको छ। यसै क्रममा चौथो दिन आज बिहान सखारै श्री माधवनारायण व्रत तथा शालिनदी सुधार समितिले काठमाडौँ ताहाचल निवासी दाता नानीहेरा महर्जनबाट श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई रु १२ लाख ९१ हजार ५ सय सहयोग गर्नु भएको छ । वहाँ र वहाँ का समस्त परिवारलाई भगवान श्री माधव नारायणले सदैब रक्षा गरून् भन्दै समितिले आभार व्यक्त गरेको छ । उहाँले गत वर्ष पनि ८ लाख ५० …
किशोर–किशोरीलाई फाइजर कति प्रभावकारी ? लावण्य/साँखु । नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दिन लागिएको छ । पहिलो चरणमा कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई सो खोप दिन लागिएको हो । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिन लागेको सरकारले दोस्रो चरणमा ५० लाख बालबालिकालाई सोही खोप दिने जनाएको छ । कस्तो हो फाइजर खोप ? अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २०२१ को २३ अगस्टमा यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले फाइजर…
लावण्य/साँखु । सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै, “नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ …
– कृशु श्रेष्ठ – काठमाण्डौमा आजदेखि मेला, महोत्सव तथा सभा जुलुस गर्न नपाइने २०७८ असोज १४ गते बिहीवार लावण्य÷साँखु । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड–१९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका …
मुलुककाेसमृद्धि पर्यटनबाट मात्र सम्भव छ । फुयाल लावण्य /साँखु । गोसाईकुण्ड युवा समाजकोे आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यव्रmम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल र शुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’ नाराका साथ मंगलबार कागेअष्टमीका दिन नेपालका ७५३ पालिकालाई नै समृद्ध बनाउने अभियानका साथ भएको कार्यक्रममा विशिष्ट अतिथि माननीय पूर्व प्रदेशमन्त्री रामेश्वर फुँयालले राष्ट्रिय समृद्धिको खुशी र सुखीको कार्य गर्नका लागि बहस पैरवी गर्नुपर्ने धारणा राखे । विश्वको अत्यन्त स…
महाधिवेशनको महासंग्राममा कांग्रेसः शुक्रबारबाट वडा अधिवेशन ६ हजार ७ सय ४३ वडामा नेतृत्व चुनिंदै – कृशु श्रेष्ठ – लावण्य/साँखु । नेपाली कांग्रेस १४औं महाधिवेशनको महासंग्राममा आज शुक्रबारबाट होमिंदैछ । कांग्रेसको विधान अनुसार तल्लो तहको अधिवेशन अन्तर्गत आजबाट देशभरका ६ हजार ७ सय ४३ वडामा नेतृत्व छान्न अधिवेशन शुरु हुँदैछ । तर सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्ला अनुसार नै फरक फरक हुने भएको छ । अर्थात आजबाट २३ गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चुन…
– कृशु श्रेष्ठ – लावण्य/साँखु । नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा गरिएको व्यवस्था सच्याएको छ । कांग्रेसले ‘महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने’ निणर्य गरेको हो । सो विषयमा आपत्ति जनाउँदै…
निषेधाज्ञा हटाएर ‘आदेश’ जारी सीसीएमसीको ‘स्मार्ट लकडाउन कार्यविधि’ अनुसार डीसीसीएमसीको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने जनस्वास्थ्यका मापदण्ड अपनाएर सिनेमा घर, जिमखानालगायत मनोरञ्जन क्षेत्रलाई पनि सञ्चालन गर्न दिइने लावण्य÷साँखु । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अवस्थाका आधारमा ठाउँअनुसार फरक–फरक प्रकृतिको ‘स्मार्ट लकडाउन’ गर्न सकिने निर्णय लिएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हटाइएको छ । यद्यपि, काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले ‘निषेधाज्ञा’ शब्द नराखी कोरोना संक्रमण रोकथामका लागि बुधबार …
लावण्य÷साँखु । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ६१९ र तीन हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ। देश…
गत वर्ष कोभिड महामारीका कारण विशेषगरी नेवार समुदायले आफ्नो जात्रा मात्रा एवं पर्वहरु मनाउन पाएनन् । तर गत वर्ष माघ देखि भने साँखुको कुरा गर्ने हो भने दशौँ लाख भक्तजनलाई स्वागत गर्दै स्वास्थ्य मापदण्डको सक्दो पालना गर्दै माधवनारायण व्रत एवं माघ मेला सञ्चालन गरिसकेपछि भने विभिन्न जात्राहरु सुरु भए । सोही क्रममा साँखुको जात्रा, भक्तपुरको जात्रा, टोखाको जात्रा सञ्चालन भएपनि मछिन्द्रनाथको जात्रा सांकेतिकरुपमा मात्रै भयो भने बनेपा, पनौति लगायतका स्थानहरुमा जात्रा सञ्चालन भएनन् । त्यसपछि बिस्तारै कोरोनाको ग्राफ कतै उकालो कतै ओरालो लागेपनि खोप लगाउन थ…
– कृष्टिना श्रेष्ठ – लावण्य/साँखु । आज भाद्र १४ गते सोमवार साँखुमा परापूर्व कालदेखि चल्दै आईरहेको ऐतिहासिक रोपाइँ जात्रा सञ्चालन हुने भएको छ । गत वर्ष कोभिड १९ कारण यो जात्रा स्थगित गरिएको थियो । तर यस वर्ष साँखुमा अत्यधिक व्यक्तिहरुले कोरोनाको खोप लिईसकिएको र कोरोनाको ग्राफ पनि केही घटेको अवस्थामा स्वास्थ्य सावधानी अपनाउँदै परापूर्वकालदेखि चल्दै आईरहेको रोपाइँ जात्रा सञ्चालन गर्ने निर्णय श्रीकृष्ण गुठी परिवार ईपाटोलले गरेको हो । गुठीले सोमवार साँखुमा संचालन हुने रोपाईं जात्रा नेपाल सरकारले दिएको निर्देशन बमोजिम सामाजिक दुरी कायम गरी थोरै ब्यक…
– रिदेन महर्जन – २०७८ भाद्र १३ गते लावण्य/काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज २१ वडा नगर समितिको आयोजनामा शनिवार रक्तदान सम्पन्न भएको छ । कोभिड १९ विरुद्धको खोप तथा बर्षाले रक्तदानमा प्रभाव भएता पनि करिव ११ जना रक्तदाताले रक्त दान गरिएको सो संस्थाका अध्यक्ष सुमित रञ्जितले जानकारी गराए । उनले आगामी दिन यस्तै मानवीय सेवा निरन्तरता दिने जानकारी गराए । विश्वभर फैलिएको कोभिड १९ का महामारीले नेपालभर रक्त व्यवस्थापन नकारात्मक प्रभावलाई न्यूनिकरण गर्नका लागि गरिएको रक्तदानमा प्रमुख अतिथिका रुपमा दशमै सबै भन्दा बढि रक्तदान गरेका प्रेमसागर …
– क्रिस्टिना श्रेष्ठ – २०७८ भाद्र १३ गते लावण्य/साँखु । नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड १९को एन्टीबडी देखिएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेरसमुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशत कोभिड एन्टीबडी देखिएको हो। कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकोछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सातै प्रदेश, हिमाल,पहाड,तराई,गाउँ शहरका सबै लिंग, उमेर,पेशा तथा…
१३ भदौ, काठमाडौं । नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड-१९ एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभिलेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो । समाचार स्रोत अनलाईनखबर डटकमबाट
– कृस्टिना श्रेष्ठ – आइतबार, भदौ १३, २०७८ लावण्य/साँखु । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाभित्र निको हुनेको संख्या २२६० रहेको छ भने मृत्यु हुनेको संख्या २४ रहेको छ । मन्त्रालयका अनुसार यसबेला देशभर संक्रिय संक्रमितहरुको संख्या ३५ हजार ७ सय ९६ रहेको छ ।
– कृशु श्रेष्ठ – ऐतिहासिक नृसिंह जात्रा सम्पन्न लावण्य÷साँखु । साँखुमा करीब ५० वर्ष अघिदेखि सुरु गरिएको नृसिंह (पूजा) जात्रा यस वर्ष कोभिड १९ को प्रकोपलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गरी यही भाद्र १२ गते शनिवार सम्पन्न गरिएको छ । गत वर्ष कोभिड १९ का कारण स्थगित गरिएको नृसिह पूजा यस वर्ष भने सञ्चालन गरिएको थियो । नृसिंह पूजामा भक्तजनहरुको न्यून उपस्थिति गराई पूजा औपचारिकतामा सीमित गरी सम्पन्न गराईएको थियो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले साँखु बजार परिक्रमा गरेको …
लावण्य/साँखु । केही वर्ष अगाडि देखि साँखुमा पनि केही युवाहरुले बोलवम यात्रा सञ्चालनमा ल्याएको छ । बोलबम यात्रा सञ्चालन गर्दा देखि अहिलेसम्म सो समूहका युवाहरुले आफ्नो परिचयको लागि समेत खासै संगठनको रुप भने दिन सकेका छैनन् । साँखुमा बोलबम यात्रा २०७१ साल श्रावण २६ गतेबाट सुरु भएको हो । यस वर्ष पनि यही श्रावण ३२ गते बोलबम यात्रा सञ्चालन गरिएको थियो । सो यात्राका क्रममा करीब ५० जना युवा युवती र आमा बुबाहरुको सहभागिता रहेको थियो । बोलबममा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठको सहभागिता रहेको थियो । साथै स्वतः स्फूर्त रुपमा नारायणेश्व…
सामाजिक संजाल