२०७८ पौष १० गते

लावण्य/साँखु ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले हारेर पनि जितेको बताउनुभएको छ ।

शनिबार भएको कोइराला सेवा समाजको २६ औं बार्षिक साधारण सभामा उहाँले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको बताउनुभयो । आफूले सभापतिमा चुनाव हारेपनि आफ्नो एजेण्डा जितेको भन्दै कोइरालाले भने, ‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ । मैले हारेर पनि जितेको छु, मेरो एजेण्डाले जितेको छ । त्यसमा मलाई गर्व छ ।’

निर्वाचनमा हार जित हुनु स्वाभाविक भएको, तर हारबाट सिक्नुपर्ने उहाँले बताउनुभयो । आफूले पनि सिकेको भन्दै कोइरालाले भने, ‘परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने सत्य जस्तै लाग्यो ।’

Post a Comment

0 Comments