२०७८ पौष २९ गते
लावण्य/साँखु । शंखरापुर सम्पदा विकास समितिले एक विज्ञप्ती प्रकाशित गरी साँखुबाट बज्रयोगिनी जाने बाटोमा रहेको देगुबाहामा बाटो बनाउन लागिएकोमा विरोध गरेको छ ।
शंखरापुर सम्पदा विकास समितिको विज्ञप्तीमा भनिएको छ –
विश्व सम्पदा सूचीमा सूचिकृत प्रयासरत साँखु बज्रयोगिनी मन्दिर परिसर भित्रको देश–गुँ–विहार . देगुँबिहार . देगुँबाहा . देवाहा यानेकी गुँविहार (बज्रयोगिनी) र साँखु देश जोड्ने जक्सन विहार (हालसम्म पनि ऐतिहासिक÷पौराणिक महत्व बोकेको बौद्ध स्तुप÷चैत्य, पाटी÷सत्तल एवं विहार परिसर यथावत छ), पौराणिक÷प्राकृतिक बगैँचा, खोल्सा, नागाचा पाख÷परिसर लगायत सो स्थान वरपरको मूर्त÷अमूर्त भौतिक÷साँस्कृतिक÷प्राकृतिक सम्पदामा गम्भीर आँच आउने किसिमले सीमित व्यक्ति तथा समूहको स्वार्थका लागि गर्न खोजिएको सम्पदा विरोधी योजनाको यस शंखरापुर सम्पदा विकास समिति घोर आपत्ति जनाउँदै सो लगायतका योजना तथा कृयाकलाप तत्काल बन्द गर्न गराउन तथा दोषी उपर सख्त कार्यवाहीको जोडदार माग गर्दछौँ ।
रामकृष्ण सिं डंगोल
अध्यक्ष
शंखरापुर सम्पदा विकास समिति
बोधार्थ ः
१) शंखरापुर नगरपालिका
२) न्यायिक समिति (शंखरापुर नपा)
३) शंखरापुर नपा वडा नं. ६
४) शंखरापुर नपा वडा नं. ७
५) शंखरापुर नपा वडा नं. ८
६) ईलाका प्रशासन कार्यालय, साँखु
७) महानगरीय प्रहरी प्रभाग, साँखु
८) नापी कार्यालय, साँखु
९) मालपोत कार्यालय, साँखु
१०) सब डिभिजन वन कार्यालय, साँखु
0 Comments
Thanks for your concerns