डे–४ साँखुमा कोरोना सचेतना, नगरपालिकाको चासो



लावण्य÷साँखु । यही चैत्र १४ गते साँखु क्षेत्रमा विदेशबाट आएका शंखरापुरबासीहरुमा नगरपालिकाको सम्पर्कमा रहन मेयर सुवर्ण श्रेष्ठले आग्रह गर्नुभएको छ ।
सोही अवस्थामा बिहीबार केही भारतीय नागरिकहरु हप्तादिन अगाडिदेखि डेरामा बसिरहेको खबर पाएपछि उनीहरुको स्वास्थ्य जाँच गरि ज्वरो, रुघाखोकी छ छैन जाँच्ने व्यवस्था गर्दै उनीहरुलाई कोठा बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ ।
साथै घरबेटीलाई उनीहरुको वास्तविक परिचय सहितको कागजात नगरपालिकामा उपलब्ध गराउन निर्देशन दिइएको थियो ।
भारतीय नागरिकहरुमा हालसम्म सुरक्षित र ज्वरो, रुघाखोकीको लक्षण समेत देखिएको थिएन ।
उनीहरुको चेक जाँच गरिसकेपछि डा. राजन लुईटेलले उनीहरुलाई घरबाट ननिस्कन र सरसफाईमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।
सो अनुगमन टोलीमा वडा नं. ६ का राधाकृष्ण श्रेष्ठ, शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ, उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, डा. राजन लुईटेल, पत्रकार पवनलाल श्रेष्ठ, पे्रमकृष्ण श्रेष्ठ रहेका थिए ।
साथै नगरपालिकाले माईकिङ गरेर, पर्चा वितरण गरेर मास्क वितरण गरेर जनचेतना फैलाउने काम पनि सँगसँगै गर्दै आईरहेकोछ ।

Post a Comment

0 Comments