२०७८ असोज १२ गते
लावण्य/साँखु । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन देखि माघ शुक्ल पूर्णिमाको दिनसम्म एक महिना मेला लाग्ने स्थल साँखुको शालिनदीमा माधवनारायण व्रत सञ्चालन गरिने स्थानमा ३ करोड ५० लाखको लागतमा बन्न लागेको माधवनारायणको मूल मन्दिरको शिलान्यास यही असोज १४ गते बिहीवार हुने भएको छ ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाए अनुसार असोज १४ गते बिहान ८ बजे शिलान्यास कार्यक्रम रहेको छ । शिलान्यासमा प्रमुख अतिथिको रुपमा ३ वटा नगरपालिकाका प्रमुखहरुले संयुक्तरुपमा शिलान्यास गर्ने बुझिएको छ। शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले संयुक्त रुपमा माधवनारायण मन्दिरको शिलान्यास गर्ने भएको छ ।
सो कार्यक्रममा उपस्थितिको लागि समितिले भक्तजन एवम्् शुभचिन्तकहरुमा अनुरोध गरेको छ । साथै समाचार संकलनको लागि पत्रपत्रिका र अनलाईनका पत्रकारहरुलाई समेत विशेष अनुरोध गरेको छ ।
0 Comments
Thanks for your concerns