साँखु जेसीजको अध्यक्षमा अमित प्रधान चुनिए

साँखु÷गत मंसिर १२ गते साँखुको ऐतिहासिक महत्व भएको क्षेत्र शालिनदी परिसरमा सम्पन साँखु जेसीजको १५ औँ साधारणसभाबाट साँखु जेसीजको सन् २०१६ को नेतृत्व गर्न भएको चुनावमा अध्यक्ष पदमा एकमात्र प्रत्यासी अमित प्रधान विजयी हुनुभएको छ । त्यसैगरी सो चुनावबाट कार्यकारी उपाध्यक्षद्वयमा धिरेन्द्र रञ्जित र सरोज कुइँकेल विजयी भएका छन् भने चार उपाध्यक्षमा क्रमशः न्ह्यलु श्रेष्ठ, अनिल श्रेष्ठ, श्रीजन श्रेष्ठ र जयराम श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सोही दिन अध्यक्षबाट हुने मनोनित पदहरुमध्ये कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, महासचिवमा सविन श्रेष्ठ, शाखा सम्पादकमा सुजन श्रेष्ठ, प्रोग्राम कोअर्डिनेटरमा जस्मिन श्रेष्ठ छानिएका छन् । जेसीज परम्परा अनुसार डिसेम्बर महिनामा नयाँ नेतृत्व चयन हुनेछ भने जनवरीमा नेतृत्व हस्तान्तरण गर्ने कार्य सम्पन्न हुनेछ । आउँदो जनवरीमा हालका अध्यक्ष नवराज श्रेष्ठको टिमले अमित प्रधान लगायतका सम्पूर्ण टिमलाई पद हस्तान्तरण गर्नेछ ।

Post a Comment

0 Comments