कागेश्वरी मनोहरामा दैनिक बिहान १२ बजेसम्म मात्रै पसल खोल्न दिईने !


लावण्य÷साँखु । कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो नगर क्षेत्रमा बिहान १२ बजेसम्म मात्रै सामाजीक दूरी कायम हुने गरी पसल खोल्न दिने भएको छ ।
नगरपालिकाले जारी गरेको विज्ञप्ती अनुसार–
१) लकडाउनका कारणले हाल बन्द रहेका एग्रोभेट पसल, निर्माणकार्यमा प्रयोग हुने सामान विक्री वितरण गर्ने हार्डवेयर पसल, स्टेशनरी छापाखाना, दैनिक आवश्यकता पर्ने खाद्य वस्तुका पसल, तरकारी पसल, दुग्ध डेरी विक्री वितरण गर्ने पसल, फलफुल पसल र मासु पसल दैनिक बिहान १२ बजेसम्म सामाजिक दूरी कायम गरी संचालन गर्न पाउने । १२ बजेपछि औषधी पसल बाहेक कुनै पनि पसल खोलेको पाइएमा रु. १ हजार जरिवाना गराइनेछ । तरकारी तथा फलफुल विक्री वितरण गर्ने ठेलागाडाको हकमा दैनिक बिहान ९ बजे सम्म मात्र सञ्चालन गर्न पाउनेछ ।
२) स्थानीय विकास निर्माण तथा नगरवासीले आफ्नो घर निर्माणका लागि स्थानीय मजदूर प्रयोग गरी निर्माण कार्यलाई सामाजिक दूरी कायम गर्दै अन्य सुरक्षात्मक उपाय अपनाई काम गर्न पाउनेछ ।
३) अत्यावश्यक सेवामा नपर्ने, भीडभाड हुने होटेल लगायत अन्य व्यवसाय नेपाल सरकारको अर्को सूचना प्रकाशित नहुञ्जेल सम्म बन्द राख्ने ।
४) दैनिक मजदूरी गर्ने मजदूर र विपन्न वर्गलाई राहत स्वरुप खुवाउँदै आएको खाना यथाशक्य सुरक्षाका प्रबन्ध सहित प्रभावकारी ढंगले लकडाउनको समय २०७७ बैशाख २५ गते बेलुका सम्म सञ्चालन गर्ने ।

Post a Comment

0 Comments