लावण्य÷साँखु । यही आउँदो थिंलापून्हि (धान्य पूर्णिमा) अर्थात् मंसिर २६ गतेदेखि सुरु हुने तीन दिने मकवानपुर जिल्लाको पालुङको ईन्द्रायणी माई तीन वर्षे जात्राको अवसरमा जंगली राजकुरमा प्रधानद्वारा लिखित लावण्य सन्देश साप्ताहिकद्वारा प्रकाशित “पालुङ सहरको इन्द्रायणी माई उत्पत्तिबारे लिपी परिचय” पुस्तक बजारमा उपलब्ध भएको छ । यो पुस्तक प्रथम पटक २०७३ साल मंसिरमा प्रकाशन भएको थियो भने अहिले पुनः प्रकाशन गरिएको हो ।
सो पुस्तकबारे लेखक स्वयंको भनाई यही मंसिर २४ गते बिहान १० बजेदेखि ११ बजेसम्म उज्यालो एफएमको ९० मेगाहर्जमा सुन्न सकिने छ । लेखकले उज्यालो सहकर्मी कुमार रञ्जितसँग पालुङमा प्रत्येक तीन वर्षको एकचोटी हुने जात्राको बारेमा बताउनुभएको छ । सो जात्राको सुरुवात कसरी भयो, जात्राको किम्वदन्ती एवं जात्रामा गरिने पूजा आजा सम्बन्धी विविध विषयमा जानकारी गराउनुभएको छ ।
उहाँले पुस्तकमा पालुङका विभिन्न व्यक्तित्वहरुको अनुभवहरु पनि सँगाल्नुभएको छ ।
उहाँको पुस्तक साँखुमा पनि उपलब्ध रहेको छ । सो पुस्तकको खुद्रा मूल्य रु. ६०÷– र संस्थागत मूल्य रु. १००÷– मात्र तोकिएको छ ।
0 Comments
Thanks for your concerns