यी हुन् पुदिनाका फाईदा



एजेन्सी । नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो । स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन् ।

यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ ।

यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ । दुई दर्जन जात र सयांै प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ ।

पाचन प्रक्रियामा सहयोगी

पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ । विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ ।

टाउको दुखाई निको पार्छ

पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ । पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। पुदीनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ ।

श्वासप्रश्वासको समस्या हुन दिँदैन

यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन । दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ । यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन् ।

दम निको पार्छ

पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ । तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न ।

दूध चुसाइरहेका महिलालाई उपयोगी

दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ । अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ ।

डिप्रेसन र थकान घटाउँछ

यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ । यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पु¥याउँछन् । सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ ।

छालाको हेरचाह

यो राम्रो एन्टिसेप्टिक पनि हो । यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ । यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ ।

स्मरणशक्ति बढाउँछ

हालै गरिएको एक अध्ययनले पुदीनाले स्मरणशक्ति बढाउने पनि पुष्टि भएको थियो । पुदीना मिसाइएको चुईङगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्मरणशक्ति पनि बढ्ने देखिएको अध्ययनमा सहभागीहरु बताउँछन ।

यसका साथै पुदीनाको नियमित उपभोगले तौल घटाउने, प्रजनन क्षमतामा वृद्धि गर्ने, मुख स्वास्थ्यमा उपयोगी हुने, एलर्जी हटाउने, क्यान्सर रोकथाम गर्नेजस्ता काम गर्छन ।

साभार ः स्वास्थखवर डटकम

विषको व्यापार

आज हाम्रो देशमा मात्र नभएर विश्व परिवेश नै दिनानु दिन खाद्य पदार्थ मा घेरै प्रकारका अखाद्य पदार्थ मिसावटका साथ साथै हामी मिठो फलफुल भनेर कतै विष त खाईरहेका छैनौ ? वजारमा व्यापक रुपमा छिमेकी देश भारत वाट समेत भित्रीने अंगुर, सुन्तला, कागती, ऐसेलु, अनार जस्ता फल फुललाई वोटमै पाकेपछी टिपिन्छ । काचै टिपने फल फुललाई तिनमा प्राकृतीको रुपमै उत्पादन हुने ईथिलेन ग्यासले विस्तारै पकाइन्छ । तिनलाई छिटो छिटो पकाउन कपडा बोरा वा भुषजस्ता बस्तुमा गुम्स्यायर राख्ने परापुर्व कालको चलन पनि थियो । यशो गर्दा तिनमा हुने ईथिलिन हावामा फैलिन नपायर फलफुल छिटो पाक्छ । तर आज भोलि व्यापारी व्यावसायीहरुले विषेश गरी आँप, केरा, मेवा, लगायतका काचो फल फुल आफुलेचाहेको समयमा पकाउन क्याल्सियम कार्वाईड जस्ता अखाद्य औद्योगिक र रासायन हाल्न थाले । प्राकृतिक रुपमा पाकेका वा पकाईएका फलफुलका दाना, कोषा, एकनासले पहेला वा राता हुदैनन्, एउटै ठाउँमा भण्डार गरेर कृतिमरुपमा पकाईयका फलफुलहरु एकैनासले पाकेका देखिन्छन । कार्वाइडको असर ः( एल्मोनिया, सल्फास डाईअक्साईड, फस्पाईनल, लगायतका ग्यासहरुले गर्दा नमिठोगन्ध आउने क्याल्सियम कार्वाईडमा हानीकारक लिड, मर्करीअर्सिनीक, फसफोरस, हाईडूाईडल लगायतका रसायन हुन्छन् । मलखाद, क्याल्सियम साईनामाईड र स्प्लि उपयोग तथा कार्वाईड बत्तीमा यो प्रयोग गरीन्छ । औद्योगिक उत्पादनमा प्रयोगहुने क्याल्सियम कावाईड बाट फल फुल पकाउदा मानव स्वास्थ्यमा असर पर्ने हुदा कतिपय देशहरुमा यस्तो प्रकृया लाई प्रतिवन्धितगरीयको छ । तर शिजन अगावै फलफुल, तरकारी आदि बजारमा ल्याउदा बडिमुल्य पाईने र काचै ढुवानी गर्दा सडे गलेर धेरै नोक्सान नहुने हुनाले व्यापारी व्यवसायीहरु यसको अन्धा धुन्द रुपमा प्रयोगरेका छन् ।

नेपाल भारत पाकिस्तान वंगलादेशमा फलफूल पकाउन सस्तो र सजिलै संग पाईने क्याल्सियम कार्वाईडको प्रयोग अत्याधिक हुदै आएको छ । औद्योगिक क्याल्सियम कार्वाईड आफैले र त्यसमा मिसीयका फस्फोरस आर्सेनीक लगायतका हानीकारक रसायनले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्दछ ।

Post a Comment

0 Comments