निलशारदा वचत तथा ऋण सहकारी संस्था लिमिटेड साँखु, काठमाडौँको शेयर धनी सदस्य महानुभावहरुलाई सूचना !

मिति २०७१÷०९÷४ मा बसेको यस सहकारी संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको पाँचौं साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल गरी  निर्णय समेत गर्ने गरी साधारण सभाको बैठक बस्ने भएको हुँदा उक्त बैठकमा अनिवार्य उपपस्थितीको लागि शेयरधनी महानुभावहरुलाई उपस्थित हुन अनुरोध गर्दछु ।
कार्यक्रम ः
मिति ः २०७१ पौष १९ गते शनिबार ।
समय ः बिहान १०ः०० बजे
स्थान ः निल वाराही मन्दिर परिसर, भक्तपुर
छलफलका विषयहरु ः
१. अध्यक्षज्यूको मन्तव्य सहित संचालक समितिको बार्षिक प्रतिवेदन ।
२. लेखा परिक्षकको प्रतिवेदन सहित २०७१ आषाढ मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने ।
३. आ.व.२०७१।७२को लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने ।
४. निर्वाचन सम्वन्धमा ।
५. साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यहरु मध्ये बाट दुईजना प्रतिनिधि मनोनयन गर्ने ।
६. विविध ।
नोट ः कुनै कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी साधारणसभामा उपस्थित भई दिनुहुन अनुरोध गर्दछौँ ।
सचिव
निलशारदा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
साँखु, दुगाहिटी टोल, फोनः ४४५०३७२

Post a Comment

0 Comments