संघीय मामिला मन्त्रीमा राजेन्द्र, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?



– क्रिस्टिना श्रेष्ठ –

२०७८ असोज २२ गते

लावण्य/साँखु । काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रालय बाडफाड गरेको छ । जसपा स्रोतका अनुसार पार्टीबाट सरकारको नतृत्त्व गरेका राजेन्द्रप्रसाद श्रेष्ठले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्वेवारी पाउने भएका छन् । 

जसपाले टुग्याएको आफ्ना भागका मन्त्रीहरुको विभागीय जिम्वेवारी अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवकी विश्वास पात्र मानिने रेणु यादवले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् । 

जसपा महासचिव रामसहाय यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राजेन्द्र महतोलाई छोडेर उपेन्द्र यादवतर्फ लागेका प्रमोद यादवले भने कृषि तथा पशुपन्छि विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।


Post a Comment

0 Comments