शंखरापुर नगरपालिका वडा नं. ४ मा नेपाली काँगे्रसले प्यानल सहित जीत हासिल गरेको थियो ।
२०७८ फाल्गुन २४ गते
लावण्य/साँखु । निर्वाचन आयोगका रेकर्ड अनुसार शंखरापुर नगरपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेदवारहरुले गत २०७४ को स्थानीय तहको निर्वाचनमा पाएको मत यसप्रकार रहेको छ ।
वडा अध्यक्षको चुनावमा नेपाली काँगे्रसका स्व. बुद्धि बहादुर तामाङले ५२९ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका रामबहादुर स्याङ्बोले ३३५ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका चक्रमान श्रेष्ठले १८९ मत, राप्रपाका प्रशान्त महतले १७ मत र स्वतन्त्र उम्मेदवार जीवन स्याङतानले ० मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी वडा सदस्य खुल्ला तर्फ विजयी उम्मेदवारहरु नेपाली काँगे्रसका बुद्धि बहादुर घ्लानले ५२२ मत प्राप्त गरेका थिए भने नेपाली काँगे्रसकै जित बहादुर मोक्तानले ५०८ मत प्राप्त गरेका थिए भने पराजित उम्मेदवारहरुमा नेकपा एमालेका लक्ष्मी बहादुर स्याङ्तानले ३६२ मत, नेकपा एमालेकै सुरेन्द्र केसीले ३५० मत, माओवादी केन्द्रका अर्जुन घ्लानले ११३ मत, माओवादी केन्द्रकै अक्कल बहादुर तामाङले १११ मत, राप्रपाका कृष्णबहादुर वाईबाले ३३ मत र राप्रपाकै गणेश घ्लानले २८ मत प्राप्त गरेका थिए ।
सो चुनावमा महिला सदस्यमा नेपाली काँगे्रसका गोपिनी तिवारीले ५१२ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका शर्मिला क्षेत्रीले ३८५ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका मुना घ्लानले ११९ मत, राप्रपाका विविलक्ष्मी थिङले २८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी दलित महिला सदस्यमा नेपाली काँगे्रसका सम्झना परियारले ५३८ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका दुर्गा परियारले ३६५ मत, माओवादी केन्द्रका सिता नेपालीले १०७ मत र राप्रपाका कान्छी नेपालीले २२ मत प्राप्त गरेका थिए ।
0 Comments
Thanks for your concerns