बैँक तथा वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ–मेयर श्रेष्ठ



२०७५ फाल्गुण ८ गते बुधवार
लावण्य÷साँखु । ज्योति विकास बैँकको ८३ औँ शाखाका रुपमा साँखु शाखाको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र ज्योति विकास बैँकका सञ्चालक समिति सदस्य छत्रमान श्रेष्ठले यही फाल्गुण ८ गते संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
केही महिना अगाडि देखि साँखुको सलम्बुटार जाने बाटोको ओरालोमा शंखरापुर पोलिक्लिक भएको घरमा बैँकको शाखा खोलिएको हो ।
सो अवसरमा शंखरापुर नपाका मेयर श्रेष्ठले ग्रामिण भेगमा बैँक खोलिएकोमा शुभकामना दिँदै निम्न, मध्यम स्तरको व्यवसायीहरुमा लगानी गर्न, उपभोक्ता समितिहरुको खाता खोल्दा न्यूनतम मौज्दातमा खाता खोलिदिन तथा बैँक एवं वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभएको थियो ।
त्यसैगरी उप मेयर शुक्रलक्ष्मी श्रेष्ठले ३ लाख सम्मको भूकम्प पीडितलाई दिईने सामुहिक जमानीको ऋण प्रवाहमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।
ज्योति विकास बैँकका सञ्चालक समिति सदस्य छत्रबहादुर श्रेष्ठले यस शाखाले उदाहरणीय शाखाका रुपमा काम गर्न निर्देशन दिँदै बैँकको नियम विनियमलाई ध्यानमा राखी अधिकतम लगानी गर्न एवं उपभोक्ता मैत्री वातावरण सृजना गर्न भन्नुभएको थियो ।
कार्यक्रममा महानगरिय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक लक्ष्मी पाण्डे खनालले बैँकलाई आफ्नो उद्देश्य अनुरुप काम गर्न सफलता मिलोस् भन्दै उपभोक्ता हितमा काम गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमको समापन एवं धन्यवाद मन्तब्य व्यक्त गर्दै सञ्चालक समिति सदस्य नारायण प्रसाद पौडेलले केही महिनामै बैकको ९७ शाखा हुने जानकारी दिनुभएको थियो । साथै उहाँल नाफाको १ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने जानकारी समेत गराउनुभएको थियो । सो रकमको १० प्रतिशत रकम वित्तिय साक्षरता कार्यक्रममा खर्च गरिनुपनै हुँदा स्कुलहरुमा साक्षरता कार्यक्रम सञ्चालन गरिने बताउनुभएको थियो ।
कार्यक्रममा आगन्तुकहरुलाई स्वागत एवं सञ्चालन नायब महा प्रबन्धक रामहरि अधिकारीले गर्नुभएको थियो ।

Post a Comment

0 Comments