साँखु÷चार दलबीच भएको १६ बुँदे सहमति र संविधानको मस्यौदाको विरोध गर्दै नत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दको घोषणा गरेको छ ।
माओवादीले साउन ८ गते नेपाल बन्दको घोषणा गरेको हो । १६ बुँदे सहमति र संविधानको मस्यौदा प्रतिगामी, प्रतिक्रान्तिकारी र राष्ट्रघाती भएको उसले बताएको छ ।
माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्माले शुक्रबार विज्ञप्ति जारी गरी भनिएको छ– १६ बुँदे सहमतिले रोल्पामा भएको माओवादी र संसदवादी शक्ति बीचको वार्ता एवं सहमति, शान्ति सम्झौताको मर्म र भावना, १२ बुँदे सहमति र शान्ति प्रकृयाको क्रममा भएका सबै सहमति एवं समझदारीहरु र अन्तरिम संविधान ०६३ को समेत उलंघन गरेको छ ।’
प्रस्तावित संविधानको मस्यौदाले राज्यको अग्रगामी पूर्न संरचना गर्ने सहमतिलाई उल्टिएको उसले बताएको छ । साथै भारत र चीन बीच भएको लिपुलेख सम्झौता, भ्रष्टाचार लगायतको विरोधमा बन्द आहृवान गरिएको विप्लव माओवादीले बताएको छ ।
0 Comments
Thanks for your concerns