– प्रमिला खरेल –
कान्तिपुर क्याम्पस
कोरोना भाइरस रोग २०१९ श्वास प्रश्वास सम्बन्धी रोग हो । यो भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएको रोग हो । यो कुनै पनि उमेरको कसैलाई पनि लाग्न सक्छ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा एकदमै छिटो सर्दछ ।
यो भाइरसका लक्षणहरु खोकी लाग्ने, श्वास फेर्न कठिनाई हुने, ज्वरो आउने, काम्ने टाउको दुख्ने, मांशपेसी दुःख्ने, स्वाद वा गन्ध थाहा नपाउने हुन्छ । कोही कोही मानिसहरुलाई पेट दुःख्ने झाडाबान्ता पनि हुन्छ । यो रोग लागेर धेरै मानिसको ज्यान गयो भने थोरै मानिसलाई निको भएको छ ।
यो रोग विश्वभरी नै महामारीको रुपमा फैलिएको रोग हो । यो रोग लागेपछि मानिसहरुको ज्यान जाने सम्भावना एकदर्मै बढी हुन्छ । यो भाइरसले कमजोर व्यक्तिमाथि छिटो आक्रमण गर्दछ । यो रोग छिट्टै सर्ने भएकोले यसबाट बच्न धेरै मानिसको भीडभाडमा नजाने, घर बाहिर जाँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा ६ फीट वा २ मीटर टाढा बस्ने, साथिभाईसँग हात नमिलाउने, समय समयमा साबुन पानीले धुने, पौष्टिक खाना खाने, माक्स वा फेस माक्स लगाएरमात्र घर बाहिर हिँड्ने बोल्ने गर्नुपर्दछ आदि जस्ता धेरै कुरामा सावधानी रहन सक्यो भने मात्र यो रोगबाट बच्न सकिन्छ । यो रोगको औषधी लामो समयसम्म पत्ता लगाउन सकेको थिएन । यसकारण जनधनको क्षति भयो । हाल यो भाइरसको भ्याक्सिन निस्केको छ । धेरै मात्रामा यो रोगको रोकथाम भएको छ ।

0 Comments
Thanks for your concerns