रोटरी क्लबको अध्यक्षमा लकस श्रेष्ठ निर्वाचित



२०७८ पौष १० गते

लावण्य/साँखु । शनिवार सम्पन्न रोटरी क्लब अफ साँखुको छैठौँ वार्षिक साधारणसभाबाट लकस श्रेष्ठको अध्यक्षतामा सन् २०२२/२३ को लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।

समितिको निर्वाचित अध्यक्षमा राजेश श्रेष्ठ, मनोनित अध्यक्षमा रञ्जन श्रेष्ठ, उपाध्यक्षहरुमा सुर्जनारायण श्रेष्ठ र मानबहादुर स्याङतान, सचिव सरोज कुईकेल, कोषाध्यक्ष श्रीराम खड्का, क्लब सेवा निरज केसी, क्लब व्यवस्थापक धिरेन्द्र रञ्जित, टिआरएफ विजयकृष्ण भाष्कर, जनसम्पर्क भोला विष्ट, क्लब सदस्यता वृद्धि रोजन श्रेष्ठ, सर्जन अफ आम्र्स प्रल्हाद कार्की निर्वाचित भएका छन् ।

Post a Comment

0 Comments