यौन चर्चा

– प्रस्तुति– नविना राई
सम्भोग ः अनिवार्य कार्य
स्त्री श्रृंगार गर्न र सुन्दर रहन चाहन्छे । त्यसले पतिलाई आकर्षित गर्न सकियोस् । उसले कुरै कुरामा घरमा नै रहने बनाउन सक्छे । सम्भोगमा यस्ता तरिका अपनाउन लगाउंछे कि पतिलाई आनन्द मिल्न सकोस् ।
यस प्रकार परस्त्रीमा लिप्न हुन पुगेको पुरुषलाई पनि पत्नीले आफ्नो वशमा ल्याउन सक्छे । यो सब तरिका, रहन(सहन, श्रृंगार तथा सम्भोगको अनेक तरिका उसले आफ्नी आमाबाट सिकेकी हुन्छे । त्यस्तै सम्भोग सम्बन्धी जानकारी दिने पुस्तकबाट पनि सिक्न सक्छे । यस्ता पुस्तक युवतीहरूले खोजी खोजी पढ्ने गर्दछन् ।
युवा वा युवतीले पुस्तकबाट यस्ता ज्ञान प्राप्त गर्न चाहन्छन् कि स्त्री र पुरुषमा भिन्नता के छ ? उनीहरूको शारीरिक वनावट कस्तो छ ? प्रजनन अंगले कुन कुन काम गर्दैछन् ? पुरुषले आफ्नो अंगको साथ साथै स्त्रीको अंगहरूको पनि जानकारी प्राप्त गर्नु पर्छ भने स्त्रीले पनि आफ्नो अंगको साथ साथै पुरुषको अंगको बारेमा जानकारी राखेको हुनु पर्छ ।
योनीको कति भाग हुन्छ ? यिनहरूले कुन कुन काम गर्छन् । सम्भोग के हो ? गर्भाशय के हो ? महिनावारी के हो र कसरी हुन्छ ? डिम्ब ग्रन्थी के हो ? भ्रूण कसरी बन्छ ? बच्चा कसरी जन्मन्छ ? योनीको सफाई कसरी गर्ने र सफाईको आवश्यकता किन पर्छ ? पुरुषले पनि यी कुराहरूमा जानकारी लिनु आवश्यक हुन्छ ।
लिङ्गको काम के हो ? यसको सफाई कसरी गर्ने ? योनीमा लिङ्ग किन प्रवेश गर्नु पर्छ, दुवैले सम्भोगको टेक्निक जान्नु पर्दछ । चरमोत्कर्ष कसरी प्राप्त हुन्छ ? सफल सम्भोगको लागि यौन अंगको कुन प्रकार उपयोग गर्नु पर्छ भन्ने कुरा जान्नु पर्छ ।
सेक्सको बारेमा ठोस र पूर्ण ज्ञान प्राप्त गरेपछि उसले पत्नीलाई पनि पूर्ण रुपले ग्रहन गर्न चाहन्छ । उसलाई सन्तुष्ट गर्न र आफू पनि सन्तुष्टि हुन सक्छ । उसको पहलमा उसकी पत्नीले बाधा दिन पनि सक्दिन कि बरु उसको इच्छामा सहयोग गर्न सक्छे, यो दुवैको साझेदारीको आवश्यकता हुन्छ भन्ने कुरालाई आत्मसाथ गरेर ।
बहुत धेरै युवा युवतीहरू जो धार्मिक वातावरणमा रहेका हुन्छन्, जो धार्मिक पुस्तकको साथ साथै यस्तो शिक्षा पाएका हुन्छन् जसमा उनीहरू स्त्री पुरुषबीच हुन जाने लैंगिक सम्बन्धलाई पाप सम्झन जान्छन् । उनीहरू विवाह हुनुभन्दा पहिला सम्भोग हुनुलाई नै पाप सम्झन्छन् । धार्मिक आस्थामा रहेकाहरू धेरै जवानीमा पनि विवाह गर्न इन्कार गर्छन् र आफ्ना कुराहरूलाई कुन्ठित गर्दछन् । समाजबाट गुप्त रुपले व्यभिचार गर्ने गर्दछन् । परिस्थिति र शारीरिक भाग सामना गर्न पनि उनीहरूले व्यभिचार गर्न पछि पर्दैनन् ।
हामीले एक यस्तो व्यक्तिको बारेमा जानकारी हासिल गरेका छौं कि, जसले विवाह गरेको हुंदैन । ऊ बह्मचार्यको व्रत पालन गर्न पर्छ भन्दछ, सम्भोग गर्नु पाप मान्दछ, पच्चीस छब्विस वर्षसम्म । तर जव उसको उमेर सत्ताइस, आइस वर्षको हुन्छ ऊ आफ्नो छिमेकमा भएका छिमेकीको छोरीलाई गायव पार्न सक्छ । जसलाई उसले भान्जी भन्नु पर्ने हुन्छ । जसको उमेर पन्ध्र वर्षकी थिई । उसको विरुद्धमा पुलिसमा रिपोर्ट गर्दा ऊ वेपत्ता भइसकेको हुन्छ । तर जव तीन वर्षपछि उनीहरू देखा पर्दछन्, त्यसबेला पति पत्नी बनिसकेका हुन्छन् । उमेर पुगेपछि केटीले अदालतमै विवाह गरेको जानकारी दिन सक्छे । यस्ता कुराहरू आउंदो दिनमा प्रकाशमा आउंछन् ।
समाजले पुज्ने स्वामी मान्ने, अद्भूत महात्मा जो हुन्छन्, उसले कुनै स्त्रीको सतित्व नष्ट गर्न सक्छ जवकि उसलाई पवित्र मानेर समाजले नै पूजा गर्ने गरेको हुन्छ ।
यो के हो ? यो सब समाजमा सम्भोग पापकर्म हो भनेर विवाहको विरुद्धमा गलत कुरा गर्नेहरूले गर्ने कुकृत्य हो । जसले ब्रह्मचार्य पालना गर्न चाहन्छन्, जो समाजमा आफूलाई उच्च सम्झन्छन् उनीहरूले नै भूल गर्दछन्, उनीहरू नै ढोगी बन्दछन् ।
हाम्रो आशय यो होइन कि सबै मानिस ढोगी हुन्छन् । बालकहरू ब्रह्मचारी हुन्छन् जो निष्ठावान ब्रह्मचारी बन्न सक्छन् जो बिरलै पाइन्छन् । उनीहरूमा बहुतै यस्तै गृहस्थी जीवन बिताउन सक्छन् या यौवनको बेला युवतीको सम्पर्क गर्न सक्छन् । कही त यस्तो पनि हुन्छ जो नारी प्रेममा धोखा खाएर बसेकी हुन्छे त्यसको बदलामा उसले सन्यासी बन्ने चाहना राख्दछे । यसको फलस्वरुप उसले ब्रह्मचार्य पालना गर्छे । योग साधना र ज्ञान आर्जन गर्दै विद्वान बन्दछे र समाजमा पूज्य बन्दछे । फेरि यही नै सच्चाई हो कि जसले सफल र सच्चा ब्रह्मचार्य पालना गर्न सक्छ उनीहरू नै असल साधु महात्मा बन्न सक्छन् र जसले गृहस्थी पूर्ण रुपले त्याग्न सक्छन् ।
ब्रह्मचार्य उनीहरूमा स्थिर रहन सक्छ जसले गृहस्थी जीवन भोगी बसेका हुन्छन् । कोही नारी कुनै पुरुषको जीवनमा केही समय आएपछि उसको पेटमा बच्चाको भ्रूण बनेपछि त्यो पुरुषले त्यो नारीलाई छुन पनि राम्रो मान्दैन उसले भावना केवल वासनामा मात्र सीमित रहेको कुरा प्रमाणित हुन्छ । सृष्टिले नारी र पुरुषमा यस्तो प्रकारको भिन्नता गर्नमा सहयोग गरेको हुन्छ । कि तमाम जीव सम्भोगद्वारा नै प्रजनन गर्दछन् । पशु पंक्षी, कीट पतंग, वृष, पौधे, जलचर नभचर मानव, बांदर, सब भाले र पोथीको रुपमा रहेका हुन्छन् । जव नारी र पुरुषको बीचमा संसर्ग हुन्छ त्यसबाट नै सन्तान उत्पन्न हुन्छ । सन्तान उत्पादनको लागि पनि सम्भोग अनिवार्य हुन्छ । जो सन्तान चाहन्छन् उनीहरूको शरीरको माग सम्भोग अवश्यक हुने गर्छ ।
सम्भोगको लागि विवाह हुनुपर्छ । विवाह पश्चात् सम्भोग अनिवार्य नै हुन्छ । कर्तव्य हुन्छ । यो शुभ कार्य पनि हो । पवित्र कार्य हो । यसलाई पाप सम्झिनु हुदैन । यो पाप होइन । ईश्वरले नै यही आज्ञा दिएका छन् । शरीरको रचना पनि यसै प्रकारले भएको छ । सृष्टिको मूल कारण सम्भोगमा नै अडेको छ । बस आवश्यकताको कुरा यो हो कि सम्भोगको कुरा शास्त्रमा नै सिकाइएको हुन्छ । यसको तरिकाको बारेमा ज्ञान हुनु पर्छ । प्रेम भावमा यसको सम्पन्न गर्नु सही ढंगले सिक्नु पर्छ ।
प्रतिक्रियाको लागि ः चबष्लबदष्लब२ष्खिभ।अयm

Post a Comment

0 Comments