मेष ः
बोलीको पं्रभाव मजबुत रहेको छ । नेतृत्व क्षमताको विकास र जिम्मेवारी बहन गर्ने अवसर मिल्नेछ । बौद्धिक क्षेत्र पनि सफल देखिन्छ । पारिवारिक समस्या बढ्नेछ ।
वृष ः
अध्ययन अध्यापन प्रभावित हुनेछ । शत्रुहरु बढ्नेछन् । विश्वासपात्रबाट धोका हुने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।
मिथुन ः
व्यापारिक कार्यमा परिवर्तन आउनेछ । गरेका कार्यबाट अपेक्षाकृत लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध सामान्य रहनेछ । मनमा स्थिरता नरहन सक्छ ।
कर्कट ः
स्फूर्ति बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ । धार्मिक कार्य प्रतिको आकर्षण बढ्नेछ । समाजमा यश कीर्ति बढ्नेछ । व्यवसायमा लाभ हुनेछ ।
सिंह ः
आर्थिक अवस्था राम्रो भएतापनि खर्चका सयौँ बाटाहरु आइलाग्नेछन् । मानसिक तनाव बढ्नेछ । पत्नीसँगको सम्बन्ध सु्मधुर हुनेछ । व्यापार व्यवसाय र छोटा यात्राहरुको अवसर प्राप्त हुनेछ ।
कन्या ः
आफन्तहरुबाट सहयोग बढ्नुका साथै पराक्रममा वृद्धि हुनेछ । तपाइँको विचारको कदर हुनुका ासथै उच्च पदस्थ व्यक्तिहरुसँग मित्रता बढ्नेछ । आमाको स्वास्थ्यमा खराबी देखापर्ने तथा तपाइँको पेटसँग सम्बन्धित समस्या देखापर्नेछ ।
तुला ः
समय मध्यम रहेको छ । कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ । धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ । गरेको कार्यमा ढिलोमा त्र जस प्राप्त हुनेछ । यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको छ ।
वृश्चिकः
सरकारी कामकाजमा विशेष सफलता मिल्नेछ । पशुपालन व्यवसायबाट राम्रो आय हुनेछ । यात्रामा विशेष सतर्कता अपनाउनुहोला ।
धनु ः
व्यापार व्यवसायमा रामं्रो रहेको छ । पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । कुरा काट्नेहरु प्रशस्तै भए पनि जित तपाइँको हुनेछ ।
मकरः
पारिवारिक सुख राम्रो हुनेछ । आमासँग सामान्य विवाद हुनेछ, बौद्धिक तथा शैक्षिक स्तरमा वृद्धि हुनेछ ।
कुम्भ ः
आफन्तले धोका दिने हुँदा दैनिक कार्यबाट खासै लाभ हुने देखिँदैन । शत्रुहरु बढे पनि विजय नै हात लाग्नेछ ।
मीनः
आय आर्जनमा वृद्धि हुनुका साथै अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । वैदेशिक व्यापारमा प्रशस्त लाभ हुने देखिन्छ ।

0 Comments
Thanks for your concerns